। शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेल पनि २०औं एसियन गेम्सका लागि जापान नजाने भएका छन् । यसअघि जापान जाने सूचीमा रहेका सचिव पौडेलले एसियन गेम्समा नजाने निर्णय गरेका हुन् ।
हालको विषम परिस्थितिमा एसियन गेम्समा जानुभन्दा जाँदा लाग्ने खर्च विपद्बाट प्रभावितलाई सहयोग गर्ने उद्देश्यले नजाने निर्णय गरेको सचिव पौडेलले बताए ।
यसअघि खेलकुद मन्त्री सस्मित पोखरेल र राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रामचरित्र मेहताले पनि एसियन गेम्सका लागि जापान नजाने निर्णय गरिसकेका छन् ।