मुख्य समाचार
एमालेका उपमहासचिव योगेश भट्टराईले अब एमाले यथास्थितिमा अगाडि जान नसक्ने समीक्षा
एमालेका उपमहासचिव योगेश भट्टराईले अब एमाले यथास्थितिमा अगाडि जान नसक्ने समीक्षा

। नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले अब एमाले यथास्थितिमा अगाडि जान नसक्ने समीक्षा सुनाएका छन् । शुक्रबार रिपोर्टस क्लबमा आयोजित कार्यक्रममा बोल्दै उनले एमाले अगाडि बढ्न केही न केही नयाँपन चाहिने बताएका हुन् ।

‘अब हाम्रो पार्टी यथास्थितिमा जान सक्दैन, अब हाम्रो पार्टीमा केही न केही नयाँपन दिनुपर्छ,’ भट्टराईले भने, ‘त्यो नयाँपन भनेको नीतिमाथिको पुनरावलोकन, संगठनको ढाँचामाथिको पुनरावलोकन, हाम्रा व्यवहार, कार्यशैली, बोली–वचन, यी तमाम कुराको पुनरावलोकन र नेतृत्वको हस्तान्तरण । यो प्रकृयाबाट नै नेकपा एमाले पुनर्जागण हुनसक्छ ।’

गएको एक वर्षको पार्टीको समग्र समीक्षा गर्नुपर्ने पनि उनले बताए । ‘हामीले घटनाहरूलाई हेर्ने दृष्टिकोणमा कहाँकहाँ गल्ती गर्‍यौं ? त्यसलाई सच्याउने, जनतासँगको सम्बन्ध कहाँ टुट्यो ? त्यहाँ सच्याउने, नवयुवा हाम्रो पार्टीमा किन आएनन् ? त्यसलाई विश्लेषण गरेर सच्याउने । यही नै एमाले र मुलुकको आवश्यकता हो,’ उनले भने ।

एमाले पुनर्जागरण र पुनर्गठनका लागि गठित उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को कार्यदलले अहिलेसम्म निष्कर्ष दिन नसकेको उनले बताए । कार्यदलले महासचिव शंकर पोखरेललाई प्रतिवेदन लेख्ने जिम्मा दिएअनुसार प्रतिवेदन आएपनि त्यसमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले चित्त नबुझाएको उनले बताए ।

अध्यक्षकै निर्देशनअनुसार उपाध्यक्ष बादलबाट अर्को प्रतिवेदन आएकाले दुवै प्रतिवेदनमाथि छलफल भइरहेको नेता भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सुनसरीको इटहरी उपमहानगरपालिका–४ स्थित सडकमा भएको मोटरसाइकल दुर्घटनामा परेर एक जनाको निधन भएको छ । को १९ प ३१५० नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार बिहान दुर्घटना भएको थियो । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, धनकुटाको धनकुटा नगरपालिका–२ भिरगाउँ बस्ने २९ वर्षीय अनिल राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको विराट मेडिकल कलेज टिचिङ ...
। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ लाई लगानीमैत्री बनाउँदै नेपालको खनिज क्षेत्रलाई औद्योगिक रूपान्तरणसँग जोड्ने कानुनी आधारका रूपमा विकास गर्नुपर्ने बताएका छन् । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको शुक्रबार बसेको बैठकमा विधेयकमाथि भएको सैद्धान्तिक छलफलमा मन्त्री साहले विधेयक लगानीमैत्री भए आगामी एक वर्षभित्रै विदेशी लगानीकर्ता ...
। जनता समाजवादी पार्टी नेपालका सांसद मोहम्मद खालिदले संविधान निर्माणपछि बनेका अधिकांश सरकारले संघीयतालाई संविधानको मर्मअनुसार बलियो बनाउन आवश्यक कानुन र संरचना निर्माणमा पर्याप्त ध्यान नदिएको आरोप लगाएका छन् । शुक्रवार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद खालिदले वर्तमान सरकारले पनि विशेषगरी मधेशलाई निराश बनाएको बताए । संघले संविधानको अनुसूचीमा रहेका अधिकारसम्बन्धी आवश्यक कानून निर्माण नगर्दा ...
। नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले वर्तमान सरकारले पाँच वर्ष पूरा कार्यकाल काम गरोस् भन्ने आफूले चाहेपनि अवस्था त्यस्तो संकेत नगरेको बताएका छन् । शुक्रबार रिपोटर्स क्लबले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ‘यो सरकार करिब ६ महिना व्यतित हुनलागेको छ । सरकारको समग्रताको मूल्यांकन गर्ने बेला भएको छैन । यो सरकार जनताले ...
। वैदेशिक रोजगार विभागले मलेसियाको फरेन वर्कर सेन्ट्रल म्यानेजमेन्ट सिस्टम (एफडब्लूसीएमएस) मा मुख्य कम्पनीका रूपमा रहेका २५ म्यानपावर कम्पनीसँग पछिल्ला पाँच आर्थिक वर्षको आर्थिक कारोबार सहित सम्पूर्ण व्यावसायिक तथा वित्तीय विवरण माग गरेको छ । मलेसियामा नेपाली श्रमिक पठाउने प्रक्रियामा सीमित म्यानपावर कम्पनीलाई मुख्य तथा अन्यलाई सबएजेन्टका रूपमा राखिएको विषयमा विवाद भइरहेका बेला विभागले एफडब्लूसीएमएसमा मुख्य ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम