मुख्य समाचार
ट्रम्प र नेतन्याहु सत्ताबाट नहटेसम्म होर्मुज स्ट्रेट नखोल्ने इरानको चेतावनी
ट्रम्प र नेतन्याहु सत्ताबाट नहटेसम्म होर्मुज स्ट्रेट नखोल्ने इरानको चेतावनी

। इरानका सर्वोच्च नेता मोज्तबा खामेनेईका राजनीतिक सल्लाहकार मोहम्मद बाकिर जोल्कदरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सत्तामा रहेसम्म होर्मुज स्ट्रेट खोल्ने इरानको कुनै उद्देश्य नरहेको बताएका छन्।

बिहीबार इरानी समाचार एजेन्सीहरूद्वारा प्रकाशित वक्तव्यमा जोल्कदरले इरानले आक्रामक दुश्मनको शक्ति तोड्ने र अहङ्कारी शक्तिहरूको कम्मर भाँच्ने निर्णय गरेको उल्लेख गरेका छन्। उनले डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु सत्ताबाट हटेपछि मात्र होर्मुज स्ट्रेट खोलिने स्पष्ट पारेका छन्। जोल्कदरका अनुसार यो कदम इरानको तर्फबाट प्रतिशोधको पहिलो चरण हो।

‘इरानले आक्रामक दुश्मनको तागतलाई तोड्ने र अहङ्कारी शक्तिहरूको कम्मर भाँच्ने निर्णय गरेको छ,’ जोल्कदरले भने।

बीबीसी पर्सियनका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध वा वार्ताका विषयमा विरोधाभासी बयान दिइरहेका छन्। अर्कोतर्फ इरानभित्र अमेरिकाविरुद्ध सैन्य द्वन्द्व जारी राख्ने वा वार्ताको बाटो रोज्ने भन्ने विषयमा मतभेद गहिरिँदै गएको छ। देशका केही शीर्ष राजनीतिक नेताहरूले युद्ध अन्त्यको शर्तका रूपमा अमेरिकालाई इस्लामाबाद सम्झौता लागू गर्न आग्रह गरिरहेका छन्। राष्ट्रपति मसूद पेजेश्कियान र संसद् अध्यक्ष मोहम्मद बाकर गलीबाफ यस्ता प्रस्तावका समर्थक मानिन्छन्।

अर्कोतर्फ आईआरजीसीका सैनिक, कमाण्डर र कट्टरपन्थीहरू होर्मुज स्ट्रेट बन्द गरेर युद्ध जारी राख्नु नै अमेरिका र इजरायलको सामना गर्ने प्रभावकारी रणनीति भएको बताउँछन्। यसैबीच बढ्दो महँगी, आर्थिक प्रतिबन्ध र दक्षिणी बन्दरगाहहरूको नौसैनिक नाकाबन्दीले इरानी नागरिकहरूको दैनिकी निकै कष्टकर बनाएको छ। अन्तर्राष्ट्रिय मुद्राहरूको तुलनामा इरानी रियालको अवमूल्यनले सर्वसाधारणका आर्थिक समस्याहरू झन् बढाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले युक्रेनमा युद्ध समाप्त हुनुअघि नै रुससँग व्यापारिक सम्झौताहरू गर्ने विचार गरिरहेको छ। मस्कोसँगको वार्ताका लागि नयाँ नीतिको अंशका रूपमा यस्तो तयारी भइरहेको द न्युयोर्क टाइम्सले स्रोतहरूलाई उद्धृत गर्दै जनाएको छ। यस्ता सम्झौताहरूले रुससँगको सम्बन्धलाई पुनः सुरु गर्ने वाशिङ्गटनको गम्भीर मनसाय देखाउन सक्ने एक अमेरिकी अधिकारीले बताएका छन्। यो नयाँ नीति ...
पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको कोहाटमा पूर्वप्रहरी लाइन भवननजिक भएको विस्फोट हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ । ३० जनाभन्दा बढी घाइते भएका छन् । खैबर पख्तुनख्वाका प्रहरी महानिरीक्षक जुल्फिकार हमिदले प्रारम्भिक रिपोर्टअनुसार विस्फोटक पदार्थले भरिएको एउटा गाडी पुरानो प्रहरी लाइनमा ठोक्किएको बताएका छन् । विस्फोटपछि सशस्त्र चरमपन्थीहरूसँग गोली हानाहान भइरहेको उनले बताए । खैबर पख्तुनख्वाका ...
। यमनमा हुथी विद्रोहीको नियन्त्रणमा रहेका क्षेत्रहरूमा इन्धनको मूल्य करिब १० प्रतिशतले बढेको छ। इन्धनको मूल्य प्रति लिटर ४ हजार ७ सय ५० येमेनी रियालबाट बढेर ५ हजार २ सय ५० पुगेको छ। हुथी स्वामित्वको येमेन पेट्रोलियम कम्पनीले विश्वव्यापी रूपमा इन्धनको मूल्य बढेकाले यो निर्णय लिनुपरेको जनाएको छ। यमनमा लडाइँ पुनः सुरु भएपछि सामान ओसारपसार गर्ने ...
। रूसको तीन दिने निर्वाचनको सुरुवातका रूपमा सुदूर पूर्वी क्षेत्रमा हुने संसदीय निर्वाचनका लागि मतदान शुक्रबार बिहानै सुरू भएको छ । युक्रेनसँगको युद्धको पाँचौं वर्षमा यो चुनाव भइरहेको छ । सन् २०२२ फेब्रुअरीमा मस्कोले युक्रेनमा सेना पठाएपछि भइरहेको यो रुसको पहिलो संसदीय चुनाव हो । निर्वाचन पूर्ण नियन्त्रित भएको अवस्थामा राष्ट्रपति भ्लादिमिर पुटिनको दलको विजय लगभग ...
। डेनमार्कले उत्तरी सागरमा समुद्री सतहमुनि कार्बनडाइअक्साइड भण्डारण गर्ने सुविधा सञ्चालनमा ल्याएको छ। ऊर्जा समूह आइएनइओएसले ‘ग्रीन्स्यान्ड’ कार्बन कब्जा तथा भण्डारण (सिसिएस) परियोजनाअन्तर्गत पुरानो तेल प्लेटफर्ममुनि कार्बनडाइअक्साइड भण्डारण सुरु भएको जनाएको छ। आइएनइओएसका प्रमुख कार्यकारी डेभिड बकनलले ग्रीन्स्यान्ड युरोपेली सङ्घ (इयु) को पहिलो पूर्ण क्षमताको कार्बनडाइअक्साइड भण्डारणस्थल भएको बताए। उनका अनुसार यसले युरोपभरि यस्ता परियोजना विस्तारका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम