मुख्य समाचार
फिलिपिन्सको एक विद्यालयमा गोली चल्दा दुई विद्यार्थीसहित कम्तीमा तीन जनाको मृत्यु
फिलिपिन्सको एक विद्यालयमा गोली चल्दा दुई विद्यार्थीसहित कम्तीमा तीन जनाको मृत्यु

फिलिपिन्सको एक विद्यालयमा गोली चल्दा दुई विद्यार्थीसहित कम्तीमा तीन जनाको मृत्यु भएको छ । घटनामा अन्य केही विद्यार्थी घाइते भएका छन् । घाइते भएका केही विद्यार्थीलाई अस्पताल लगिएको छ ।

मृतकमध्ये एक जना संदिग्ध बन्दुकधारी रहेको बताइएको छ ।

फिलिपिन्स राष्ट्रिय प्रहरीका अनुसार घटनामा तीन जनाको मृत्यु भएको पुष्टि भएको छ ।

स्थानीय समयअनुसार शुक्रबार दिउँसो करिब १:३० बजे मिन्डानाओको दक्षिण कोटाबाटो प्रान्तस्थित बांगा नेसनल हाईस्कुलमा गोली चलेको हो ।

दक्षिण कोटाबाटोका गभर्नर रेनाल्डो तामायोले दुई विद्यार्थीको मृत्यु भएको बताएका छन् । मृत्यु हुनेमा १४ वर्षीय एक छात्र र १४ वर्षीया एक छात्रा छन् ।

घटनाको कारणबारे तत्काल कुनै जानकारी सार्वजनिक भएको छैन । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । घटनास्थलमा पुगेका प्रहरी अधिकारीहरूले तत्काल क्षेत्र सुरक्षित बनाउँदै विद्यालय प्रशासन र स्वास्थ्यकर्मीहरूसँग समन्वय गरेर प्रभावित विद्यार्थी तथा कर्मचारीलाई सहयोग गरिरहेका छन् ।

एएफपीले प्रमाणीकरण गरेको फेसबुकमा सार्वजनिक एउटा भिडियोमा एक पुरुषले विद्यालयबाट घाइते बालकलाई बोकेर बाहिर ल्याइरहेको देखिन्छ ।

अर्को भिडियोमा स्थानीय भाषामा बोलिरहेकी एक शिक्षिकाले दुई जना बन्दुकधारी रहेको बताएको सुनिन्छ । एक विद्यार्थीले भने उनीहरू बाहिरबाट आएका व्यक्ति भएको बताएका छन् ।

लगातार विद्यालयमा गोलीकाण्ड

अगस्टमा फिलिपिन्सकै एक निजी विश्वविद्यालय परिसरमा एक हाईस्कुल विद्यार्थीले गोली चलाउँदा एक विद्यार्थीको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए । त्यसपछि बन्दुकधारीले आफैंलाई गोली हानेका थिए ।

यसअघि जुनमा देशको पूर्वी क्षेत्रमा रहेको टाक्लोबान सहरमा भएको अर्को विद्यालय गोलीकाण्डमा तीन विद्यार्थीको मृत्यु भएको थियो भने करिब २० जना घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि थप कडा आर्थिक प्रतिबन्ध लगाउनेसम्बन्धी विधेयकमा शुक्रबार हस्ताक्षर गरेका छन्। अमेरिकी संसद्‌बाट पारित भइसकेको उक्त विधेयक राष्ट्रपतिको हस्ताक्षरसँगै कानुनमा परिणत भएको छ। ‘लिन्डसे ओ ग्राहम स्याङ्क्सनिङ रसिया एन्ड इरान एक्ट २०२६’ नाम दिइएको ४८ पृष्ठ लामो यस कानुनले रुसबाट कच्चा तेल तथा प्राकृतिक ग्यास खरिद गर्ने प्रमुख पाँच राष्ट्रहरूमाथि १०० ...
। मलेसियाको रणनीतिक विकास कम्पनी वन–एमडीबी भ्रष्टाचार काण्डमा संलग्न भएका कारण जेल परेका मलेसियाका पूर्वप्रधानमन्त्री नाजिब रजाकलाई एक करोड १२ लाख डलर जरिवाना तिरी घरमा नै नजरबन्दमा बस्न अनुमति दिइएको अधिकारीहरूले शुक्रबार बताएका छन् । राजा सुल्तान इब्राहिमले नाजिबलाई ‘सशर्त माफी’ दिएका छन्। माफीको आदेशपछि उनलाई ‘सन् २०२८ अगस्ट २३ सम्मका लागि तोकिएको बाँकी सजाय घरमै ...
। इरानका सर्वोच्च नेता मोज्तबा खामेनेईका राजनीतिक सल्लाहकार मोहम्मद बाकिर जोल्कदरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सत्तामा रहेसम्म होर्मुज स्ट्रेट खोल्ने इरानको कुनै उद्देश्य नरहेको बताएका छन्। बिहीबार इरानी समाचार एजेन्सीहरूद्वारा प्रकाशित वक्तव्यमा जोल्कदरले इरानले आक्रामक दुश्मनको शक्ति तोड्ने र अहङ्कारी शक्तिहरूको कम्मर भाँच्ने निर्णय गरेको उल्लेख गरेका छन्। उनले डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले युक्रेनमा युद्ध समाप्त हुनुअघि नै रुससँग व्यापारिक सम्झौताहरू गर्ने विचार गरिरहेको छ। मस्कोसँगको वार्ताका लागि नयाँ नीतिको अंशका रूपमा यस्तो तयारी भइरहेको द न्युयोर्क टाइम्सले स्रोतहरूलाई उद्धृत गर्दै जनाएको छ। यस्ता सम्झौताहरूले रुससँगको सम्बन्धलाई पुनः सुरु गर्ने वाशिङ्गटनको गम्भीर मनसाय देखाउन सक्ने एक अमेरिकी अधिकारीले बताएका छन्। यो नयाँ नीति ...
पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको कोहाटमा पूर्वप्रहरी लाइन भवननजिक भएको विस्फोट हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ । ३० जनाभन्दा बढी घाइते भएका छन् । खैबर पख्तुनख्वाका प्रहरी महानिरीक्षक जुल्फिकार हमिदले प्रारम्भिक रिपोर्टअनुसार विस्फोटक पदार्थले भरिएको एउटा गाडी पुरानो प्रहरी लाइनमा ठोक्किएको बताएका छन् । विस्फोटपछि सशस्त्र चरमपन्थीहरूसँग गोली हानाहान भइरहेको उनले बताए । खैबर पख्तुनख्वाका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम