मुख्य समाचार
सरकारले वैदेशिक रोजगारीका साथै देशभित्रै आन्तरिक रोजगारी सिर्जनालाई प्राथमिकता
सरकारले वैदेशिक रोजगारीका साथै देशभित्रै आन्तरिक रोजगारी सिर्जनालाई प्राथमिकता

। युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सरकारले वैदेशिक रोजगारीका साथै देशभित्रै आन्तरिक रोजगारी सिर्जनालाई प्राथमिकता दिएको बताएका छन् ।

शुक्रबार श्रम तथा रोजगार कार्यालय, जनकपुरधामले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले विगतमा ८० प्रतिशतभन्दा बढी काम वैदेशिक रोजगारीमा मात्र केन्द्रित हुने गरेको टिप्पणी गर्दै अब आन्तरिक र वैदेशिक रोजगारी दुवैलाई समान प्राथमिकता दिइने बताए ।

यस्तै, चालु आर्थिक वर्षमा एक लाख युवालाई देशभित्रै रोजगारी दिने पनि मन्त्री यादवले बताए । ‘यस चालु आर्थिक वर्षमा जब म्याचिङमार्फत रोजगारदाता र रोजगार खोज्ने युवालाई जोडेर एक लाख रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ,’ उनले भने, ‘यसका लागि सरकारले १२ वटा फ्ल्यागसिप रोजगारीका कार्यक्रमहरू लन्च गर्न लागेको छ ।’

जसमा एआई, ग्रिन जब्स, कृषि, डिजिटल रोजगारी, सिजनल काम तथा डोमेस्टिक र केयरगिभर सम्बन्धी कामहरू समावेश रहेको उनले बताए ।

यस्तै, असोज दोस्रो साता सीप तथा रोजगार मेला आयोजना गर्न लागेको पनि मन्त्री यादवले बताए । उक्त मेलामा वास्तविक रोजगारदाता र रोजगारीको खोजीमा रहेका श्रमिकहरूबीच प्रत्यक्ष म्याचिङ गराइने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभाबाट जारी संविधानका उपलब्धिलाई जनताको जीवनसँग जोड्दै बाँकी कार्यभार पूरा गर्नु आजको मुख्य दायित्व भएको बताएका छन्। संविधान दिवस २०८३ का अवसरमा शुभकामना दिँदै प्रचण्डले संविधानले परिकल्पना गरेको वास्तविक परिवर्तन पूरा गर्न सबैको एकताबद्ध प्रयास आवश्यक रहेको बताए। संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र जनताले प्राप्त गरेका अधिकारलाई ...
। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले शिष्टाचार भेटवार्ता गरेका छन् । भेटवार्तामा नेपाल र पाकिस्तानबीच जलवायु परिवर्तन, पर्वतीय विषय, विपद् जोखिम न्यूनीकरण, प्रारम्भिक सूचना प्रणाली, हिमनदीको अनुगमन, कृषि तथा पुन:निर्माणलगायत क्षेत्रमा सहकार्यलाई थप प्रभावकारी र व्यावहारिक बनाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । सो अवसरमा मन्त्री चौधरीले नेपाल ...
: काठमाडौं जिल्ला अदालत परिसरमा पैसाको लेनदेन गर्ने दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा नुवाकोटका अजय थापा मगर र हरिराम गिरी छन्। लागुऔषध मुद्दाका प्रतिवादी विमल घलेलाई धरौटीमा छुटाइदिने प्रलोभन दिएर उनकी पत्नीबाट ४ लाख ७९ हजार रुपैयाँ लिएका उनीहरूलाई पक्राउ गरिएको अदातलले जानकारी दिएको छ।
: अर्थमन्त्री स्वर्णिम वाग्ले र भारतीय परराष्ट्रमन्त्री एस जयशंकर बीच भेटवार्ता छ। भारत भ्रमणको दोस्रो दिन अर्थमन्त्री वाग्ले र भारतीय विदेश मन्त्री जयशंकर बीच नयाँदिल्लीमा भेटवार्ता भएको हो। भेटमा न्यानो, बलियो भरपर्दो सम्बन्धको आडमा द्विपक्षीय सहकार्य, उन्नयन र समुन्नतिको पहल विभित्र विषयमा छलफल भएको छ। नयाँदिल्लीस्थित नेपाली दूतावासकाअनुसार भेटमा मन्त्री वाग्लेले रसुवामा भर्खरै गएको आकस्मिक ...
। निर्वाचन आयोगले आगामी फागुन अन्तिम साता स्थानीय तहको निर्वाचन गर्ने गरी तयारी अघि बढाएको छ। निर्वाचन आयोगका आयुक्त राजीव सुब्बाले नियमानुसार नै आयोगले तयारी गरिरहेको बताए। उनका अनुसार स्थानीय तहका हालका जनप्रतिनिधिको कार्यकाल २ महिना बाँकी रहेकै अवस्थामा निर्वाचन गर्नुपर्ने प्रावधान छ। ‘नियम संगतले फागुनमा निर्वाचन गर्नुपर्छ। आयोगले आफ्नो काम सबै गरिरहेको छ। सरकारलाई भन्नमात्रै बाँकी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम