मुख्य समाचार
मालिन्दो र फ्लाइ दुबईको जहाजबाट झन्डै २० जना शंकास्पद् यात्रा गर्ने बंगलादेशी नागरिकलाई प्रहरीले नियन्त्रणमा
मालिन्दो र फ्लाइ दुबईको जहाजबाट झन्डै २० जना शंकास्पद् यात्रा गर्ने बंगलादेशी नागरिकलाई प्रहरीले नियन्त्रणमा

: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै तेस्रो मुलुक जान लागेका करिब २० जना बंगलादेशी नागरिकलाई प्रहरीले प्रकाउ गरेको छ।

नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जान लागेका उनीहरूको भ्रमण शंकास्पद् देखिएपछि प्रहरीले प्रस्थान अनुमति रद्द गरेर नियन्त्रणमा लिएको हो।

शुक्रबार मालिन्दो र फ्लाइ दुबईको जहाजबाट झन्डै २० जना शंकास्पद् यात्रा गर्ने बंगलादेशी नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनीहरूमध्ये अधिकांशले प्रस्थान अनुमति पाइसकेको र केहीले लिन बाँकी रहेको प्रहरी स्रोतले जानकारी दिएको छ।


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख सिर्जना थपलियाले अनुसन्धान प्रायोजनका लागि प्रहरीले उनीहरूलाई पक्राउ गरेको जानकारी दिइन्। थपलियाले अन्नपूर्णसँग भनिन्, 'प्रस्थान अनुमति पाइसकेका बंगलादेशीहरूसमेत समातिएका छन्। सायद, प्रहरीले अनुसन्धान प्रयोजनका लागि समातेको होला। यसमा अध्यागमनको कुनै भूमिका छैन।'

प्रहरीले बंगलादेशका रुदावा अदननी, इस्माइल हुसैन, रियोद हुसैन, अल अमिन सुहो, रसिदुल इस्लाम, रिपोन, ऐसिन आराफात, एमडी रासेद, अहसानुर हसैन, रोसेल अहमेद, रियोद मियादगायतलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो।

प्रहरी अनुसन्धानका अनुसार ती बंगलादेशी नागरिकहरू ३० भदौमा नेपाल प्रवेश गरेका थिए। नेपाल प्रवेश गरेको चार दिनमै उनीहरू मलेसिया प्रस्थान गर्न खोजेको अनुसन्धानमा संलग्न प्रहरी स्रोतले जानकारी दिएको छ।

पछिल्लो समय बंगलादेशी नागरिकहरूले नेपाललाई ट्रान्जिट बनाउन थालेपछि प्रहरीले अनुसन्धानको दायरा बढाएको छ। उनीहरूको भ्रमण नै शंकास्पद् देखिएपछि नियन्त्रणमा लिई थप अनुसन्धान थालेको प्रहरी स्रोतको भनाइ छ।

प्रहरीका अनुसार यसअघि पनि बंगलादेशी नागरिकले पटक-पटक नेपाली भूमिको प्रयोग गरी तेस्रो मुलुक जाने प्रयास गरेका थिए। त्यस्तै चिनियाँ नागरिकले बंगलादेशका युवतीहरूलाई नेपाल ल्याएर यहाँबाट चीन लाने गरेका समेत छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले शिष्टाचार भेटवार्ता गरेका छन् । भेटवार्तामा नेपाल र पाकिस्तानबीच जलवायु परिवर्तन, पर्वतीय विषय, विपद् जोखिम न्यूनीकरण, प्रारम्भिक सूचना प्रणाली, हिमनदीको अनुगमन, कृषि तथा पुन:निर्माणलगायत क्षेत्रमा सहकार्यलाई थप प्रभावकारी र व्यावहारिक बनाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । सो अवसरमा मन्त्री चौधरीले नेपाल ...
: काठमाडौं जिल्ला अदालत परिसरमा पैसाको लेनदेन गर्ने दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा नुवाकोटका अजय थापा मगर र हरिराम गिरी छन्। लागुऔषध मुद्दाका प्रतिवादी विमल घलेलाई धरौटीमा छुटाइदिने प्रलोभन दिएर उनकी पत्नीबाट ४ लाख ७९ हजार रुपैयाँ लिएका उनीहरूलाई पक्राउ गरिएको अदातलले जानकारी दिएको छ।
: अर्थमन्त्री स्वर्णिम वाग्ले र भारतीय परराष्ट्रमन्त्री एस जयशंकर बीच भेटवार्ता छ। भारत भ्रमणको दोस्रो दिन अर्थमन्त्री वाग्ले र भारतीय विदेश मन्त्री जयशंकर बीच नयाँदिल्लीमा भेटवार्ता भएको हो। भेटमा न्यानो, बलियो भरपर्दो सम्बन्धको आडमा द्विपक्षीय सहकार्य, उन्नयन र समुन्नतिको पहल विभित्र विषयमा छलफल भएको छ। नयाँदिल्लीस्थित नेपाली दूतावासकाअनुसार भेटमा मन्त्री वाग्लेले रसुवामा भर्खरै गएको आकस्मिक ...
। निर्वाचन आयोगले आगामी फागुन अन्तिम साता स्थानीय तहको निर्वाचन गर्ने गरी तयारी अघि बढाएको छ। निर्वाचन आयोगका आयुक्त राजीव सुब्बाले नियमानुसार नै आयोगले तयारी गरिरहेको बताए। उनका अनुसार स्थानीय तहका हालका जनप्रतिनिधिको कार्यकाल २ महिना बाँकी रहेकै अवस्थामा निर्वाचन गर्नुपर्ने प्रावधान छ। ‘नियम संगतले फागुनमा निर्वाचन गर्नुपर्छ। आयोगले आफ्नो काम सबै गरिरहेको छ। सरकारलाई भन्नमात्रै बाँकी ...
: प्रहरी र नेपाली सेनामा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पूर्वी नवलपरासीको देवचुली नगरपालिका–७ घर भएर काठमाडौंको बूढानीलकण्ठ–८ बस्ने ३८ वर्षीय मोहन केसी भनिने राज श्रेष्ठ रहेका छन्। प्रहरी र सेनामा जागिर लगाइदिन्छु भन्दै श्रेष्ठले २७ लाख ३० हजार ठगी गरेको कसुरमा इलाका प्रहरी कार्यालय भजनी, कैलालीबाट ठगी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम