मुख्य समाचार
नेपाल वायुसेवा निगम (नेवानि) का ठूलो आकार (वाइडबडी) जहाज दुई वटै ‘ग्राउन्डेड’ हुँदा उडान अस्तव्यस्त
नेपाल वायुसेवा निगम (नेवानि) का ठूलो आकार (वाइडबडी) जहाज दुई वटै ‘ग्राउन्डेड’ हुँदा उडान अस्तव्यस्त

। नेपाल वायुसेवा निगम (नेवानि) का ठूलो आकार (वाइडबडी) जहाज दुई वटै ‘ग्राउन्डेड’ हुँदा उडान अस्तव्यस्त बनेको छ ।

निगमले यो साता जापानको नारितामा निर्धारित उडान रद्ध गरेको छ । अन्य गन्तव्यमा पूर्वनिर्धारित उडानमा डिले र रिसेड्युल गर्दै उडाइरहेको छ । यसले निगमको टिकटमा यात्रा गर्ने हजारौंको यात्रा प्रभावित बनेको छ ।

निगम प्रवक्ता (प्राविधिक) देवेन्द्र पुनका अनुसार अहिले निगमको एउटा वाइडबडी जहाज जापानमा ग्राउन्डेड छ । जसको मर्मत जारी छ । अर्को, जहाज नियमित मर्मतका लागि इटाली लगिएको छ ।

जहाज अवतरण क्रममा इन्जिन ब्लेडमा कुनै वस्तु ‘हिट’ भएको र त्यसले ल्यान्डिङ गियरमा समेत असर परेको पाइएपछि उक्त जहाज नारितामै ग्राउन्डेड भएको हो ।

उनका अनुसार इन्जिन निर्माता कम्पनीसँगको परामर्शमा अहिले इन्जिन मर्मत भइरहेको छ । ‘अब ३/४ दिनमा जहाज मर्मत भइसक्ने र नारिताबाट सेड्युल उडान नै गर्ने हाम्रो लक्ष्य छ,’ उनले भने ।

अर्को वाइडबडी भने अर्को सातामात्र उडानमा आउने अपेक्षा गरिएको छ । यसले वाइडबडी मात्र उड्ने नारिताको सबै उडान ठप्प भएको छ ।

त्यसबाहेक दुई न्यारोबडी जहाज भने उडिरहेका छन् । यद्यपि, सबैजसो गन्तव्यको उडान डिले हुने समस्या छ । ‘हामीसँग कुल चार जहाज हो, दुई जहाज ग्राउन्डेड हुँदा स्वाभाविक रूपमा निर्धारित उडान प्रभावित हुनै नै भयो,’ उनले भने, ‘तर, हामीले नारिता बाहेक अन्यमा उडान रद्ध नगरी व्यवस्थापन गरिरहेका छौं ।’

कम्पनीले यात्रुको उडान रिसेड्युलिङ सुविधा दिएको समेत उनले बताए । जहाज थोरै हुनु र एकसाथ ग्राउन्डेड हुँदा निगमको सेवा प्रभावित बनेको हो ।

निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले अगस्ट पहिलो साता एउटा वाइडबडी नियमित मर्मत (सिचेक) का लागि इटाली पठाइएको जानकारी दिए ।

उनका अनुसार त्यो जहाज सेप्टेम्बर पहिलो साता नेपाल आउनुपर्ने थियो । तर, थप मर्मतको काम गर्नुपर्ने भएकाले आउन ढिलाइ भएको छ ।

यहीबीच अर्को वाइडबडी जापानमा ग्राउन्डेड भएको उनले बताए । ‘त्यसमा ढुंगा वा चरा ठोक्किएको हुन सक्छ, त्यसको पनि मर्मत भइसकेको छ,’ उनले भने, ‘तर, इन्जिन निर्माता कम्पनी रोल्स रोयसले त्यसमा केही थप काम गर्नुपर्ने बताएकाले ढिलाइ भएको छ, सोमबारसम्म जहाज मर्मत गरी फर्केला ।’

नारितामा न्यारोबडी जहाजले उडान गर्न सक्दैन । सोहीकारण वाइडबडीको विकल्प छैन ।

निगमले १४ सेप्टेम्बरमा निर्धारित काठमाडौं-दोहा उडानलाई १५ तारिखमा सारेको थियो । १५ तारिखको काठमाडौं-क्वालालम्पुर उडान १७ तारिखमा सारिएको थियो ।

काठमाडौं-दोहा, काठमाडौं-दुबई र काठमाडौं-ग्वाङझाओ रुटका उडान समेत एक/एक दिन पछाडि सारिएको छ । काठमाडौं-नारिताका लागि १७, १८ र २० तारिखलाई निर्धारित उडान भने रद्ध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले शिष्टाचार भेटवार्ता गरेका छन् । भेटवार्तामा नेपाल र पाकिस्तानबीच जलवायु परिवर्तन, पर्वतीय विषय, विपद् जोखिम न्यूनीकरण, प्रारम्भिक सूचना प्रणाली, हिमनदीको अनुगमन, कृषि तथा पुन:निर्माणलगायत क्षेत्रमा सहकार्यलाई थप प्रभावकारी र व्यावहारिक बनाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । सो अवसरमा मन्त्री चौधरीले नेपाल ...
: काठमाडौं जिल्ला अदालत परिसरमा पैसाको लेनदेन गर्ने दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा नुवाकोटका अजय थापा मगर र हरिराम गिरी छन्। लागुऔषध मुद्दाका प्रतिवादी विमल घलेलाई धरौटीमा छुटाइदिने प्रलोभन दिएर उनकी पत्नीबाट ४ लाख ७९ हजार रुपैयाँ लिएका उनीहरूलाई पक्राउ गरिएको अदातलले जानकारी दिएको छ।
: अर्थमन्त्री स्वर्णिम वाग्ले र भारतीय परराष्ट्रमन्त्री एस जयशंकर बीच भेटवार्ता छ। भारत भ्रमणको दोस्रो दिन अर्थमन्त्री वाग्ले र भारतीय विदेश मन्त्री जयशंकर बीच नयाँदिल्लीमा भेटवार्ता भएको हो। भेटमा न्यानो, बलियो भरपर्दो सम्बन्धको आडमा द्विपक्षीय सहकार्य, उन्नयन र समुन्नतिको पहल विभित्र विषयमा छलफल भएको छ। नयाँदिल्लीस्थित नेपाली दूतावासकाअनुसार भेटमा मन्त्री वाग्लेले रसुवामा भर्खरै गएको आकस्मिक ...
। निर्वाचन आयोगले आगामी फागुन अन्तिम साता स्थानीय तहको निर्वाचन गर्ने गरी तयारी अघि बढाएको छ। निर्वाचन आयोगका आयुक्त राजीव सुब्बाले नियमानुसार नै आयोगले तयारी गरिरहेको बताए। उनका अनुसार स्थानीय तहका हालका जनप्रतिनिधिको कार्यकाल २ महिना बाँकी रहेकै अवस्थामा निर्वाचन गर्नुपर्ने प्रावधान छ। ‘नियम संगतले फागुनमा निर्वाचन गर्नुपर्छ। आयोगले आफ्नो काम सबै गरिरहेको छ। सरकारलाई भन्नमात्रै बाँकी ...
: प्रहरी र नेपाली सेनामा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पूर्वी नवलपरासीको देवचुली नगरपालिका–७ घर भएर काठमाडौंको बूढानीलकण्ठ–८ बस्ने ३८ वर्षीय मोहन केसी भनिने राज श्रेष्ठ रहेका छन्। प्रहरी र सेनामा जागिर लगाइदिन्छु भन्दै श्रेष्ठले २७ लाख ३० हजार ठगी गरेको कसुरमा इलाका प्रहरी कार्यालय भजनी, कैलालीबाट ठगी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम