मुख्य समाचार
कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले शिष्टाचार भेटवार्ता
कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले शिष्टाचार भेटवार्ता

। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले शिष्टाचार भेटवार्ता गरेका छन् ।

भेटवार्तामा नेपाल र पाकिस्तानबीच जलवायु परिवर्तन, पर्वतीय विषय, विपद् जोखिम न्यूनीकरण, प्रारम्भिक सूचना प्रणाली, हिमनदीको अनुगमन, कृषि तथा पुन:निर्माणलगायत क्षेत्रमा सहकार्यलाई थप प्रभावकारी र व्यावहारिक बनाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

सो अवसरमा मन्त्री चौधरीले नेपाल र पाकिस्तान पर्वतीय देश भएकाले जलवायु परिवर्तनका असर, हिमनदी तथा विपद्का जोखिमलगायत साझा चुनौती सामना गर्न सूचना, तथ्याङ्क, प्रविधि र अनुभवको आदानप्रदान महत्त्वपूर्ण रहेको बताइन् । उनले कृषि तथा अन्य सम्भावित क्षेत्रमा द्विपक्षीय सहकार्यलाई आगामी दिनमा थप विस्तार गर्न नेपाल इच्छुक रहेको धारणा व्यक्त गरेकी थिइन् ।

राजदूत खानले हालैका विपद्का घटनापछि पाकिस्तान सरकार नेपालसँग व्यावहारिक तथा ठोस सहकार्य विस्तार गर्न इच्छुक रहेको बताउँदै जलवायु परिवर्तन तथा विपद् व्यवस्थापनका क्षेत्रमा अनुभव, प्रविधि र सूचनाको आदानप्रदान गर्न सकिने धारणा व्यक्त गरे ।

पाकिस्तानले विपद्पछिको पुन:निर्माण तथा जलवायु उत्थानशील प्रविधिमा गरेका प्रयास र अनुभव नेपालसँग आदानप्रदान गर्न तयार रहेको उनले बताए ।

भेटमा दुवै देशले साझा पर्वतीय विषय तथा जलवायु मुद्दालाई क्षेत्रीय तथा अन्तरराष्ट्रिय मञ्चमा अघि बढाउन सहकार्य गर्न सकिने विषयमा समेत छलफल भएको थियो ।

राजदूत खानले पाकिस्तानका प्रधानमन्त्रीले नेपालमा हालै भएको विपद्प्रति चासो व्यक्त गरेको उल्लेख गर्दै पुन:निर्माण तथा विपद्पछिको सहयोगमा पाकिस्तान सहकार्य गर्न तयार रहेको जानकारी गराए ।

साथै, नेपालबाट पाकिस्तानमा चिया निर्यातलगायत व्यापार तथा आर्थिक सहकार्यका सम्भावनाबारे छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले चाडपर्वपछि सरकारका गलत कदमविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन्। शुक्रबार ललितपुरमा अखिल नेपाल किसान महासंघको केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रचण्डले नयाँ भनिएको सरकारले दमन, ज्यादती र अत्याचार सुरु गरेको टिप्प्णी गरे। उनले संसदभित्र प्रतिपक्षीहरूलाई एकताबद्ध गर्ने र सडकमा सुकुम्वासी, मजदुर, किसान, विद्यार्थी तथा ट्रेड युनियनहरूलाई समेटेर ...
: रसुवाको बेत्रावतीमा बेलिब्रिज निर्माणको कार्य सुरु गरिएको छ। भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले बेत्रावतीमा रहेका २ वटा पुल गाएपछि आवतजावत ठप्प रहेको छ। बेलिब्रिज निर्माणका लागि सडक डिभिजन कार्यालय नुवाकोटले फाउण्डेसन निर्माणको कार्य थालेको छ। आगामी तीन साताभित्र बेत्रावतीको फलाखु खोलामा बेलिब्रिज निर्माणको कार्य सम्पन्न हुनेछ। सडक डिभिजनले फाउण्डेसन निर्माण कार्य सकेपछि ...
। सिरहाको नरहा गाउँपालिका-३ रोजी मेडिकलस्थित पूर्व-पश्चिम महेन्द्र राजमार्गमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ भने एकजना साइकलयात्री घाइते भएका छन्। जिल्ला प्रहरी कार्यलय सिरहाका अनुसार शनिवार बिहान करिब ७ः३५ बजे गोलबजारबाट मिर्चैयातर्फ आउँदै गरेको ना.४ ख ८५०४ नम्बरको ट्रकले साइकलयात्री र पैदलयात्रीलाई ठक्कर दिएको थियो। ट्रकको ठक्करबाट नरहा गाउँपालिका–३ निवासी करिब ५०/५१ वर्षीय रामपृत मण्डलको ...
: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रसुवा बाढीपछि अहिले पनि खोज, उद्धार र राहतलाई पहिलो प्राथमिकता नै राख्नुपर्ने बताएका छन्। शुक्रबार सानेपामा आयोजित ग्रीन टेबल कार्यक्रममा सभापति थापाले खोज, उद्धार र राहतको कार्य सम्पन्न भएपछि मात्रै दीर्घकालीन पुनःस्थापना तथा निजी एवं सार्वजनिक पूर्वाधार पुनर्निर्माणमा लाग्नुपर्ने बताए। उनले विपद् व्यवस्थापन र पुनर्निर्माणका कार्यमा सरकारलाई कांग्रेसको ...
: नेपाली सेनाले बाढी प्रभावित क्षेत्रबाट अहिलेसम्म ४१९५ जनाको हवाई उद्वार गरेको छ। जसमा ३,९१२ स्वदेशी र २८३ जना विदेशी नागरिक रहेका छन्। अहिले पनि सेना बाढीका कारण प्रभावित क्षेत्रका विभिन्न जलविद्युत आयोजनाको सुरुङमा फसेकाहरुको खोज तथा उद्वार कार्यमा निरन्तर जुटिरहेको छ। माथिल्लो त्रिशूली–१ मा नेपाली सेना र आयोजनाका प्रतिनिधिहरुको संयुक्त उद्धार टोलीले खोजी कार्य ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम