: नेपाली सेनाले बाढी प्रभावित क्षेत्रबाट अहिलेसम्म ४१९५ जनाको हवाई उद्वार गरेको छ। जसमा ३,९१२ स्वदेशी र २८३ जना विदेशी नागरिक रहेका छन्।
अहिले पनि सेना बाढीका कारण प्रभावित क्षेत्रका विभिन्न जलविद्युत आयोजनाको सुरुङमा फसेकाहरुको खोज तथा उद्वार कार्यमा निरन्तर जुटिरहेको छ। माथिल्लो त्रिशूली–१ मा नेपाली सेना र आयोजनाका प्रतिनिधिहरुको संयुक्त उद्धार टोलीले खोजी कार्य जारी राखेकाे छ।
त्रिशूली–३ ‘ए’को टनेल र पावर हाउस इलाकामा समेत आयोजनाका प्रतिनिधिहरुको संयुक्त टोलीले खोजी कार्य गरिरहेको रहेको छ। त्रिशूली–३ ‘बि’ मा नेपाली सेनासहितको संयुक्त टोलीले X Excavator र Loader को प्रयोग गरी पावर हाउस भएको स्थानमा उत्खनन गरेको छ। तर केही फेला नपरेको जनाएको छ।
प्रभावित क्षेत्र रसुवा र नुवाकोट जिल्लाका त्रिशूली पारी कोलोनी, तुप्चे, दानसिङ, सामरी भञ्ज्याङ्ग, कालिकास्थान, मान्चेतलगायतका विभिन्न स्थानहरूमा वेश स्थापना गरी पैदल गस्तीमार्फत समेत खोजी कार्य गरिरहेको सेनाले जनाएको छ।