: रसुवाको बेत्रावतीमा बेलिब्रिज निर्माणको कार्य सुरु गरिएको छ। भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले बेत्रावतीमा रहेका २ वटा पुल गाएपछि आवतजावत ठप्प रहेको छ।
बेलिब्रिज निर्माणका लागि सडक डिभिजन कार्यालय नुवाकोटले फाउण्डेसन निर्माणको कार्य थालेको छ। आगामी तीन साताभित्र बेत्रावतीको फलाखु खोलामा बेलिब्रिज निर्माणको कार्य सम्पन्न हुनेछ। सडक डिभिजनले फाउण्डेसन निर्माण कार्य सकेपछि नेपाली सेनाको प्राविधिक टोलीले बेलिब्रिज जडानको काम गर्नेछ।
बढीमा आगामी तीन सातामा फलाखु खोलामा बेलिव्रिजको निर्माण कार्य सकिने स्थानीय युवा दिलकृष्ण श्रेष्ठले जानकारी दिए पहिले सडक डिभिजन नुवाकोटले फाउण्डेसनको निर्माण कार्य सक्ने र सेनाको प्राविधिक टोलीले ७० मिटर लम्वाइको बेलिव्रिजको निर्माण कार्य गर्ने जानकारी दिएको श्रेष्ठले बताए।
बाढी गएको तीन साता वितिसक्दा पनि नुवाकोट र रसुवाको वेत्रावतिमा संरचना नहुंदा आवतजावत ठप्प रहेको छ। प्रलयकारी बाढीबाट सडक तथा नदी तटीय क्षेत्रमा ठूलो क्षति भएपछि विदुर नगरपालिकाले प्रभावित क्षेत्रलाई सडक सञ्जालमा जोड्न बेलीब्रिज निर्माण गर्ने भएको छ।