मुख्य समाचार
प्यालेन्टोलोजिस्टहरूले उत्तर अमेरिका बाहिर पहिलो पटक डिप्लोडोकस डाइनासोरको उपस्थिति पुष्टि
प्यालेन्टोलोजिस्टहरूले उत्तर अमेरिका बाहिर पहिलो पटक डिप्लोडोकस डाइनासोरको उपस्थिति पुष्टि

प्यालेन्टोलोजिस्टहरूले उत्तर अमेरिका बाहिर पहिलो पटक डिप्लोडोकस डाइनासोरको उपस्थिति पुष्टि गरेका छन् । यो खोजले अन्तिम जुरासिक कालमा यो चर्चित डाइनासोर कहाँ–कहाँ बस्थ्यो भन्नेबारे वैज्ञानिकहरूको बुझाइलाई बदलेको छ ।

फन्डासियोन कोन्हुन्तो प्यालेन्तोलोहिको दे तेरुएल–दिनोपोलिसका अनुसन्धानकर्ताहरूले यो जीवाश्मलाई जर्नल अफ भर्टिब्रेट प्यालेन्टोलोजीमा वर्णन गरेका छन् । यो नमुना युरोपमा फेला परेका डिप्लोडोसिड कङ्कालहरूमध्ये सबैभन्दा पूरा मानिएको छ ।

यो जीवाश्म स्पेनको तेरुएलस्थित एल कास्तेयारको ला तेहेरिया क्षेत्रमा भेटिएको हो । उत्खननका क्रममा अनुसन्धानकर्ताहरूले १४ वटा पुच्छरका हड्डी र केही चेभ्रोन हड्डीहरू फेला पारेका थिए । यो खोजभन्दा अगाडि डिप्लोडोकसका सबै नमुना पश्चिमी अमेरिकाको मोरिसन फर्मेसनमा मात्र भेटिएका थिए ।

अध्ययनको क्रममा अनुसन्धानकर्ताहरूले शारीरिक संरचना र विकासवादी विश्लेषणका आधारमा यसलाई डिप्लोडोकसका रूपमा पहिचान गरेका हुन् ।



दिनोपोलिसका अनुसन्धानकर्ता सर्हियो सान्चेज फेनोयोसाले भने, ‘यो उत्खननको नतिजा अन्तिम जुरासिक कालमा महासागर पार गरी दुई महाद्वीपहरू बीच जीवहरूको आउजाउ भएको सबैभन्दा बलियो प्रमाण हो ।’

स्पेनमा भेटिएको यो डिप्लोडोकस करिब १५ करोड वर्ष पहिले जुरासिक कालको अन्त्यतिर अस्तित्वमा थियो । युरोपमा यसको उपस्थितिले त्यस समयमा उत्तर अमेरिका र युरोपबीच डाइनासोरहरू आवतजावत गर्न सक्थे भन्ने प्रमाण दिन्छ ।

अनुसन्धानकर्ताहरूका अनुसार प्रोटोनर्थ एटलान्टिक महासागरमा समुद्री सतह घट्दा बनेका अस्थायी जमिनका पुलहरू प्रयोग गरेर यी जनावरहरूले महासागर पार गरेका हुन सक्छन् ।

यो स्पेनिस डिप्लोडोकस करिब २५ मिटर लामो थियो। दिनोपोलिसका सह–लेखक डा. अल्बर्टो कोबोसले भने, ‘यी सबै डाइनासोरका जीवाश्महरूले तेरुएललाई यो ठूलो विविधता अध्ययन गर्ने स्थल बनाएका छन् ।’

यस नमुनाको उत्कृष्ट अवस्थाका कारण अनुसन्धानकर्ताहरूले धेरै शारीरिक विशेषताहरू पहिचान गर्न सकेका छन् । उनीहरूले परम्परागत शारीरिक तुलना र उन्नत फाइलोगिनेटिक विश्लेषणहरू मिलाएर अध्ययन गरेका थिए । उनीहरूको नतिजाले यो नमुना डिप्लोडोकस प्रजातिकै भएको र यो डिप्लोडोकस हेलोरमको नजिकको नातेदार रहेको देखाएको छ ।

यी जीवाश्महरूलाई अहिले तेरुएलको दिनोपोलिसमा रहेको मुसेओ अरागोनेस दे प्यालेन्तोलोहियाको डाइनासोर हलमा राखिएको छ । डिप्लोडोकस संसारमा फेला परेका सबैभन्दा प्रसिद्ध डाइनासोरहरूमध्ये एक हो ।

यो २५ मिटरसम्मको लम्बाइ, लामो साबुक जस्तो पुच्छर र सानो टाउकाका लागि चिनिन्छ । सन् १८७८ मा अमेरिकामा पहिलो पटक भेटिएपछि यसका कङ्कालका ढाँचाहरू विश्वका ठूला सङ्ग्रहालयहरूमा राखिएका थिए ।

यस खोजले अन्तिम जुरासिक कालमा पूर्वी इबेरियाको डाइनासोर विविधताबारे नयाँ जानकारी थपेको छ । यस क्षेत्रमा सरोपोड, थेरोपोड, स्टेगोसोर र अर्निशोपोड जस्ता धेरै डाइनासोर समूहका अवशेषहरू भेटिएका छन् । यी जीवाश्महरूले त्यस समयको तटीय वातावरणमा जटिल र विविध डाइनासोर इकोसिस्टम रहेको सङ्केत गर्छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। संयुक्त राज्य अमेरिकाले संविधान दिवसको अवसरमा नेपाली जनतालाई शुभकामना व्यक्त गरेको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले शुभकामना सन्देश जारी गर्दै हालै नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको उद्धार तथा पुनर्लाभमा सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका छन्। शुभकामना सन्देशमा विदेशमन्त्री रुबियोले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। ‘हालैको आकस्मिक बाढीबाट प्रभावित अमेरिकी नागरिकसहित सम्पूर्ण परिवार र समुदायप्रति हाम्रो ...
अमेरिकाले लगाएको प्रतिबन्धका कारण अत्याधुनिक ईयूभी उपकरण नपाएपछि चीनले पुराना प्रविधि प्रयोग गरेर ३–एनएमभन्दा साना चिप निर्माण गर्ने कार्य थालेको छ । चिनियाँ अनुसन्धानकर्ताहरूले पुराना ईयूभी लिथोग्राफी प्रविधिबाट नै यो सफलता हासिल गरेका हुन् । वर्तमान अमेरिकी निर्यात नियन्त्रण नियमका कारण डच कम्पनी एएसएमएलले ७–एनएमभन्दा साना चिप बनाउन चाहिने अत्याधुनिक ईयूभी मेसिन चीनलाई बिक्री गर्न पाउँदैन । ताइवानी ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना छोरा डोनाल्ड ट्रम्प जुनियरले रुसी ओलिगारकको पैसा फिर्ता गर्ने बताएका छन् । ट्रम्प जुनियरले बहामासमा भएको आफ्नो विवाहको खर्च बेहोर्ने रुसी व्यवसायीलाई पैसा फिर्ता दिने जानकारी दिएका हुन् । अन्तर्राष्ट्रिय बक्सिङ संघका अध्यक्ष तथा धनी रुसी व्यवसायी उमर क्रेमलेभले ट्रम्प जुनियरको विवाहको भोजका लागि लाखौं डलर खर्च गरेका थिए । यो ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि थप कडा आर्थिक प्रतिबन्ध लगाउनेसम्बन्धी विधेयकमा शुक्रबार हस्ताक्षर गरेका छन्। अमेरिकी संसद्‌बाट पारित भइसकेको उक्त विधेयक राष्ट्रपतिको हस्ताक्षरसँगै कानुनमा परिणत भएको छ। ‘लिन्डसे ओ ग्राहम स्याङ्क्सनिङ रसिया एन्ड इरान एक्ट २०२६’ नाम दिइएको ४८ पृष्ठ लामो यस कानुनले रुसबाट कच्चा तेल तथा प्राकृतिक ग्यास खरिद गर्ने प्रमुख पाँच राष्ट्रहरूमाथि १०० ...
फिलिपिन्सको एक विद्यालयमा गोली चल्दा दुई विद्यार्थीसहित कम्तीमा तीन जनाको मृत्यु भएको छ । घटनामा अन्य केही विद्यार्थी घाइते भएका छन् । घाइते भएका केही विद्यार्थीलाई अस्पताल लगिएको छ । मृतकमध्ये एक जना संदिग्ध बन्दुकधारी रहेको बताइएको छ । फिलिपिन्स राष्ट्रिय प्रहरीका अनुसार घटनामा तीन जनाको मृत्यु भएको पुष्टि भएको छ । स्थानीय समयअनुसार शुक्रबार दिउँसो करिब १:३० ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम