मुख्य समाचार
ओलीले नेपाललाई कुबाटोमा धकेल्नका लागि विभिन्न प्रकारका शक्तिहरू सक्रिय रहेको आरोप
ओलीले नेपाललाई कुबाटोमा धकेल्नका लागि विभिन्न प्रकारका शक्तिहरू सक्रिय रहेको आरोप

। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई कुबाटोमा धकेल्नका लागि विभिन्न प्रकारका शक्तिहरू सक्रिय रहेको आरोप लगाएका छन् ।

संविधान दिवसका अवसरमा शनिबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रमामा उनले यस्ते आरोप लगाएका हुन् । ‘केही नेपाललाई कुबाटोमा धकेल्नका लागि विभिन्न प्रकारका शक्तिहरू सक्रिय छन्,’ उनले भने, ‘देखिएरै गरेका छन् । आश्चर्य लाग्ने तरिकाले गरेका छन् ।’

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले २१ फागुनमा सम्पन्न निर्वाचनका माध्यमबाट नेपाललाई कुबाटोमा धकेल्ने कोसिस गरेको आरोपसमेत लगाए । ‘हामीले देखेका छौं । मौन अवधिभित्र बीबीसीले नेपाललाई झुट कुरा सम्प्रेषण गरेर, अल्मल्याएर, गलत बाटोतिर निर्वाचनको माध्यमबाट धकेल्न कोसिस ग¥यो,’ उनले भने, ‘यो भन्न अप्ठ्यारो मान्न पर्दैन ।’

पूर्वप्रधानमन्त्री ओलीले लोकतान्त्रिक विधि–प्रक्रिया र प्रणालीबाट चल्ने कुराहरूलाई तोड्नका लागि गत वर्ष भदौ २३–२४ मा षडयन्त्रपूर्ण उपद्रवको आयोजना गरिएको दाबीसमेत गरे । ‘संविधान भनेको देशको मूल कानुन, त्यसअनुसार चल्ने चलाउने लोकतान्त्रिक विधि–प्रक्रिया, प्रणालीबाट चल्ने कुराहरुलाई तोड्नका लागि गत वर्ष भदौ २३–२४ को षडयन्त्रपूर्ण उपद्रवको आयोजना गरियो नेपालमा,’ उनले भने ।

अध्यक्ष ओलीले भदौ २३ र २४ को आन्दोलनमा संलग्नहरूका बारेमा खुल्दै गएकोसमेत जिकिर गरे । ‘को–को संलग्न थिए, के–के संलग्न थिए, त्यसबारे खुल्दै गएका छन्, बोल्दै गएका छन्, छाप्दै गएका छन्, लेख्दै गएका छन्,’ उनले भने, ‘अहिले मैले धेरै केही भनिरहनु पर्दैन ।’

अध्यक्ष ओलीले संविधान जारी भएपछिका पछिल्ला वर्षहरूमा अनेक चुनौतीहरूको सामना गरेर संविधानको रक्षा र कार्यान्वयन गर्दै गएको पनि बताए ।

‘अहिले हामी १२ दिवस मनाइरहेका छौं । यसबीचका समयहरू सहज रहेनन् । अप्ठ्याराहरू रहे, उतार चढावहरू रहे । यसबीचमा लोकतन्त्रलाई लोकतन्त्रको हिसाबले सञ्चालन गर्न, रक्षा गर्न र अगाडि बढाउन साना चुनौतीहरूको सामना गर्नुपरेन,’ उनले भने, ‘ठूला चुनौतीहरूको हामीले सामना गर्‍यौं । निरन्तरका चुनौतीहरुको सामना गर्‍यौं । निरन्तरको आक्रमहणहरुको सामना गर्‍यौंं । र, संविधानको रक्षा र कार्यान्वयन गर्दै गयौं ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। चितवन राष्ट्रिय निकुञ्जको जंगलमा भेटिने चर्चित जंगली भाले हात्ती रोनाल्डो करेन्ट लागेर मरेको पुष्टि भएको छ । आज बिहान बिसहजारी ताल नजिकै रहेको कुमाल तालको छेउमा मृत अवस्थामा भेटिएको रोनाल्डोलाई करेन्ट लागेको हो । निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको ब्यारेकमा लगेको विद्युत्को तारबाट करेन्ट लाग्दा रोनाल्डोको घटनास्थलमा नै मृत्यु भएको थियो । सेनाले बिसहजारी ...
। माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाबाट आज (शनिबार) थप ११ वटा शव फेला परेको छ । नेपाली सेनाले जालीभित्र अल्झिएको र हिलोमा दबेको अवस्थामा ११ वटा शवहरू फेला परेको जानकारी गराएको छ । उक्त शवहरू उद्धार गरेर बाहिर निकालिएको नेपाली सेनाले जनाएको छ । गत १० भदौमा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण सम्पर्कविहीन भएकाहरूको अहिले पनि खोजी ...
। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५ औं महाधिवेशनबाट संविधानका आधारभूत मूल्य र मान्यताहरूलाई जगेर्ना गर्ने संकल्प गरेर आउने बताएका छन् । संविधान दिवसको अवसरमा शनिबार शुभकामना सन्देश दिँदै उनले महाधिवेशनबाट संविधानका आधारभूत मूल्य र मान्यताहरूलाई जगेर्ना गर्ने संकल्प गरेर आउने बताएका हुन् । ‘नेपाली कांग्रेसले यो अधिवेशनबाट संकल्प गरेर आउने छ,’ भिडियो सन्देशमा सभापति थापाले ...
। गत भदौमा पाँच अर्ब नौ करोड २४ लाख बढीको विद्युत् निर्यात भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार उक्त अवधिमा भारत र बङ्गलादेशतर्फ कुल ५६ करोड ५६ लाख छ हजार ४४३ युनिट विद्युत् निर्यात भएको हो । द्विपक्षीय सम्झौता र विद्युत् बजार (एक्सचेन्ज मार्केट) मार्फत विद्युत् बिक्री गरिएको हो । द्विपक्षीय सम्झौतामार्फत ४२ करोड १६ लाख युनिटभन्दा ...
। आज संविधान दिवस । संविधान दिवसको अवसर पारेर राष्ट्रपति निवास शीतलनिवासमा एक विशेष कार्यक्रम आयोजना भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आयोजना गरेको उक्त समारोहमा सहभागी हुनका लागि प्रधानमन्त्री बालेन शाह पनि पुगेका छन् । यसअघि आजै सरकारले टुँडिखेलमा संविधान दिवस आयोजना गरेको थियो ।
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम