मुख्य समाचार
२०औं एसियन गेम्समा सहभागी हुन जापान जाने नेपाली क्रिकेट टोलीको बिदाइ
२०औं एसियन गेम्समा सहभागी हुन जापान जाने नेपाली क्रिकेट टोलीको बिदाइ

। २०औं एसियन गेम्समा सहभागी हुन जापान जाने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ ।

शनिबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा एक कार्यक्रम गरी टोलीको बिदाइ गरिएको हो । नेपाली टोलीलाई राखेप सदस्य सचिव रामचरित्र मेहता, क्यानका सचिव पारस खड्का लगायतले बिदाइ गरे ।

क्यानका सचिव पारस खड्का देशमा आएको बाढीको दुखद घटनापछि समग्र देशलाई नै खुसी दिने अवसर भएको बताए । ‘देशमा आएको बाढीको दुखद घटनापछि समग्र देशलाई नै खुसी दिने अवसर छ,सबैजनालाई आफ्नो बेस्ट दिनुहोला भन्न चाहन्छु,’ उनले भने ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रामचरित्र मेहता क्रिकेटले पदक जित्नेछ भन्ने विश्वास व्यक्त गरे । उनले भने, ‘क्रिकेट टोलीलाई‌ शुभकामना छ, क्रिकेटले पदक जित्नेछ भन्ने विश्वास राखेका छौं, सबैजना राम्रो गर्नुहोला ।’



कप्तान दीपेन्द्रसिंह ऐरीले पदक जित्ने लक्ष्यसहित एसियन गेम्समा सहभागी हुन लागेको बताए । ‘ हाम्रो लक्ष्य पदक जित्ने नै हो, त्यसैको लागि जाँदै छौं । खेलाडीहरूको मनोबल उच्च छ,’ उनले भने ।

प्रशिक्षक स्टुअर्ट लले क्वाटरफाइनलबाट अगाडि बढ्न राम्रो क्रिकेट खेल्नुपर्ने उल्लेख गरे । उनले भने, ‘हामीले क्वाटरफाइनलबाट अगाडि बढ्न राम्रो क्रिकेट खेल्नुपर्छ, हाम्रा खेलाडीहरूले त्यो गर्न सक्छन् भन्ने विश्वास छ । आशा छ हामी कुनै पदक अवश्य जित्न सक्नेछौं ।’

नेपालले एसियन गेम्समा अफगानिस्तान र जापानसँग समूह चरणमा प्रतिस्पर्धा गर्नेछ । क्वाटरफाइनलमा नेपालको भेट भारत वा श्रीलंकासँग हुनेछ ।

नेपालको टोली : दीपेन्द्रसिंह ऐरी (कप्तान), रोहित कुमार पौडेल,‍ सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, आरिफ शेख, आसिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, गुल्सन कुमार झा, नन्दन यादव, लोकेश बम, सन्दीप जोरा, शेर मल्ल र कुशल मल्ल

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। माइकल ओलिसेको ह्याट्रिक तथा ह्यारी केनको कीर्तिमानी १००औं गोलको मद्दतमा बायर्न म्युनिखले बुन्डेसलिगामा युनियन बर्लिनलाई ७–० ले पराजित गरेको छ । बायर्नको जितमा ओलिसेले तीन गोल गर्दा केनले दुई गोल गरे । जमाल मुसियाला र इस्माइल सैबारीले पनि एक–एक गोल थपे । जितसँगै जर्मन च्याम्पियन बायर्नले जारी सिजनको अपराजित यात्रा कायम राखेको छ । अल्फोन्सो डेभिसको ...
। एसियाको सबैभन्दा ठूलो खेलमेला २०औं एसियन गेम्सको शनिबार जापानको आइची नागोयामा उद्घाटन भएको छ । जापानको आइची–नागोयास्थिय पालोमा मिजोहु स्टेडियममा उद्घाटन भएको छ । जापानका एम्पेरर नारुहितोले २०औं एसियन गेम्स २०२६ को औपचारिक उद्घाटन भएको घोषणा गरे । जापानको राष्ट्रिय गानसँगै फ्ल्याग होस्ट गर्दै उद्घाटन समारोह सुरु भएको थियो । अन्तिममा एसियाडको टर्च बालेपछि २०औं एसियन ...
। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले सार्वजनिक गरेको खेल तालिकाअनुसार पहिलो खेलमा साविक विजेता लुम्बिनी लायन्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्स खेल्नेछन् । उक्त खेल कात्तिक ९ गते हुनेछ । कात्तिक २९ गतेसम्म लिग चरणका खेलहरु हुनेछ । मंसिर एक गते पहिलो क्वालिफायर खेल हुनेछ । ...
। ट्राभिस हेडको विस्फोटक शतकमा अस्ट्रेलियाले जिम्बाबेलाई दोस्रो ओडीआईमा पनि पराजित गर्दै तीन खेलको शृङ्खला एक खेलअघि नै आफ्नो पक्षमा पारेको छ । हरारेमा शुक्रबार भएको दोस्रो ओडीआईमा अस्ट्रेलिया ८४ रनले विजयी भयो । अस्ट्रेलियाले दिएको ३५७ रनको लक्ष्य पछ्याएको जिम्बाबे ४८.३ ओभरमा २७२ रनमै समेटियो । कप्तान सिकन्दर रजाले सर्वाधिक ४५ रन बनाउँदा ब्रेन्डन टेलरले ३९, ...
: नेपाली फुटबल अहिले मैदानबाहिर व्यस्त छ। एकातिर फिफाको निलम्बनपछि नेपाली फुटबलको नियमित गतिविधि रोकिएको छ। अर्कोतिर अखिल नेपाल फुटबल संघ (एन्फा) सोमबारदेखि नियमित काममा फर्कने तयारीमा छ। तर, त्यसअघि सरकार र एन्फाबीचको विवाद टुंगिनु पर्नेछ। नेपाल सरकारले एन्फामाथिको हस्तक्षेप नहटाए सोमबारदेखि नियमित काममा फर्कने दाउमा रहेको एन्फाले बताएको छ। यता सरकार भने कार्यकाल सकिएको कार्यसमितिले ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम