मुख्य समाचार
यस वर्ष संविधान दिवस मनाउँदै गर्दा देश बाढी र प्राकृतिक विपत्तिको गहिरो पीडामा रहेको बताए
यस वर्ष संविधान दिवस मनाउँदै गर्दा देश बाढी र प्राकृतिक विपत्तिको गहिरो पीडामा रहेको बताए

। राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्ष संविधान दिवस मनाउँदै गर्दा देश बाढी र प्राकृतिक विपत्तिको गहिरो पीडामा रहेको बताएका छन् । संविधान दिवसका अवसरमा शनिबार राष्ट्रपति निवास शीलतनिवासमा आयोजित विशेष कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् ।

‘कैयौँ नेपालीले प्रियजन, घर र जीवनको सहारा गुमाउनुभएको छ । म यस दु:खद घडीमा दिवङ्गत आत्माहरूप्रति पुन: श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ताको खोज एवम् पहिचानको कामना पनि गर्दछु,’ राष्ट्रपति पौडेलले भनेका छन् ।

आजको दिन विपत्को पीडासँगै संविधान प्राप्तिको उत्सव र आत्मसमीक्षाको पनि दिन रहेको उनले बताए । ‘यो विपत्तिले हामीलाई सम्झाएको छ– विकास केवल सडक, पुल र भवन होइन, मानिसको जीवन, जीविका र भविष्यको सुरक्षा पनि हो,’ उनले भने, ‘यसर्थ पुनर्निर्माण गर्दा हामीले भत्किएका संरचनासँगै विस्थापित परिवारका सपना पनि फर्काउनुपर्छ ।’

संविधानमा अन्तर्निहित लोकतान्त्रिक राज्यप्रणाली जनताको सर्वोपरि हितमा जोडिएको छ भन्ने हामीले कहिल्यै बिर्सन नहुने राष्ट्रपति पौडेलले बताए ।

उनले अगाडि भने, ‘जलवायु परिवर्तनका चुनौतीबीच हाम्रो विकासका ढाँचाहरू अझ मानवीय, न्यायपूर्ण र प्रकृतिमैत्री बन्नुपर्छ भन्ने पनि म ठान्दछु ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। रास्वपा सांसद डा. तोसिमा कार्कीले २०३५ सालको औषधि ऐनले २०८३ सालको वर्तमान अवस्थालाई सम्बोधन गर्न नसक्ने बताएकी छिन् । नेपाल औषधि थोक ब्यवसायी संघ (पीडान) केन्द्रीय समितिको १० औं वार्षिक साधारणसभालाई काठमाडौँमा शनिबार सम्बोधन गर्दै डा. कार्कीले समय सापेक्ष औषधि ऐनलाई परिमार्जन गरिनुपर्ने बताइन् । ’२०३५ सालको औषधि ऐनले २०८३ सालको वर्तमान अवस्थालाई सम्बोधन गर्न सक्दैन, ...
: घरायसी विवादका क्रममा श्रीमानले धारिलो हतियार प्रहार गर्दा उदयपुरको चौदण्डीगढीमा एक महिलाको मृत्यु भएको छ। चौदण्डीगढी नगरपालिका–२, डाँडागाउँका ५८ वर्षीय गन्दु राम राईले मादक पदार्थ सेवन गरी घरायसी विवाद हुँदा आफ्नी ४५ वर्षीया श्रीमती बिमला राईमाथि हतियार प्रहार गरेका हुन्। राईले धारिलो हतियार सिकलले श्रीमतीको गर्दनमा प्रहार गरेको प्रहरीले जनाएको छ। असोज ४ गते मध्यराति ...
: कपिलवस्तु नगरपालिका–९ कुस्मास्थित बाणगंगा नदीमा फसेका तीन जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ। घाँस–दाउराका लागि नदीपारि गएका उनीहरू नदीमा अचानक बाढी आएपछि बीचमै फसेका थिए। नदीको बहाव बढेपछि उनीहरू जोखिममा परेका थिए। उद्धार गरिनेमा स्थानीय ६० वर्षीया दुर्गादेवी ज्ञवाली, ३२ वर्षीया तुलसा ज्ञवाली र १० वर्षीया बिन्दु ज्ञवाली रहेका छन्। उनीहरूको शनिबार राति करिब ८ ...
। चितवन राष्ट्रिय निकुञ्जको जंगलमा भेटिने चर्चित जंगली भाले हात्ती रोनाल्डो करेन्ट लागेर मरेको पुष्टि भएको छ । आज बिहान बिसहजारी ताल नजिकै रहेको कुमाल तालको छेउमा मृत अवस्थामा भेटिएको रोनाल्डोलाई करेन्ट लागेको हो । निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको ब्यारेकमा लगेको विद्युत्को तारबाट करेन्ट लाग्दा रोनाल्डोको घटनास्थलमा नै मृत्यु भएको थियो । सेनाले बिसहजारी ...
। माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाबाट आज (शनिबार) थप ११ वटा शव फेला परेको छ । नेपाली सेनाले जालीभित्र अल्झिएको र हिलोमा दबेको अवस्थामा ११ वटा शवहरू फेला परेको जानकारी गराएको छ । उक्त शवहरू उद्धार गरेर बाहिर निकालिएको नेपाली सेनाले जनाएको छ । गत १० भदौमा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण सम्पर्कविहीन भएकाहरूको अहिले पनि खोजी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम