मुख्य समाचार
चक्कु प्रहारबाट एक पुरुषको मृत्यु
चक्कु प्रहारबाट एक पुरुषको मृत्यु

: बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा करिब ३५ वर्षीय शेरबहादुर खड्का रहेका छन् ।

खड्कालाई सिमरास्थित सम्झना स्टाफ होटलभित्र खाजा खाँदै गरेको अवस्थामा चक्कु प्रहार भएको हो । चक्कु प्रहारबाट खड्काको घाटीमा गम्भीर चोट लागेको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।

घटना लगत्तै स्थानीयले घाइतेलाई जीतपुरसिमरा नगर अस्पताल हुँदै गण्डकस्थित बयोधा अस्पताल लगेका थिए । अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।

खड्कालाई चक्कु प्रहार गर्नेको नाम खुल्न सकेको छैन । होटलमा बसिरहेका बेला खड्कामाथी एक युवकले चक्कुले रेटेको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् । चक्कु प्रहार गर्ने फरार भएका छन् । प्रहरीले फरार व्यक्तिको खोजी सुरु गरेको छ ।

इलाका प्रहरी कार्यालय सिमराका प्रहरी टोलीले घटनास्थललाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । प्रहरीले अनुसन्धानका लागि दुई जनालाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक पूर्व शिक्षकको जलेर मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका-८ रामानन्दचोक स्थित घरमा जलेर ७० वर्षीय किशोरी सहनीको मृत्यु भएको हो । राति अचानक घरमा आगलागी हुँदा भाग्न नसकेका उनको जलेर मृत्यु भएको स्थानीयले बताएका छन् । महोत्तरीको लोहारपट्टी नगरपालिका-२ निवासी सहनी अवकास प्राप्त शिक्षक हुन् । उनकी नातिनीले भने भागेर ...
। नेकपा एमाले पुनर्गठन कार्यदलका लागि प्रदीप ज्ञवालीले छुट्टै प्रतिवेदन तयार पारेका छन् । अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा कार्यदलमै नरहेका नेता ज्ञवालीले प्रतिवेदन तयार पारेका हुन् । आइतबार बिहान ९ बजे बोलाइएको कार्यदल बैठकका लागि भनेर ज्ञवालीले २९ पृष्ठको प्रतिवेदन तयार पारेका हुन् । गत बिहीबार गुन्डुमा भएको अनौपचारिक छलफलका क्रममा अध्यक्ष केपी शर्मा ओलीले ...
। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शक्ति राष्ट्रहरूबीचको प्रतिस्पर्धाका कारण उत्पन्न जलवायु तथा वातावरणीय समस्याको नेपालले मार खेप्न नहुने बताएकी छिन् । शनिबार काठमाडौंमा आयोजित ‘हिमाल, जलवायु र विपद् अन्तरसंवाद’ कार्यक्रममा बोल्दै उनले शक्ति राष्ट्रहरूले गर्ने अत्यधिक खर्च र विकासका कारण उत्पन्न जलवायु परिवर्तनको असर नेपालजस्ता कमजोर मुलुकले भोग्नुपरेको टिप्पणी गरिन् । पूर्वराष्ट्रपति भण्डारीले जलवायु परिवर्तनको असर न्युनीकरण तथा ...
। नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेता वर्षमान पुनले वर्तमान सरकार स्वेच्छाचारी, निरंकुश र गैरजिम्मेवार ढंगले अघि बढेको आरोप लगाएका छन् । सरकारविरुद्ध जनता विद्रोहका लागि सडकमा उत्रने तयारीमा रहेको पनि उनको दाबी छ । नेकपा गण्डकी प्रदेश सम्पर्क समितिद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा पुनले दशैं, तिहार र छठपछि सरकारविरुद्ध ठूलो विद्रोह हुने बताए । विद्रोहमा उत्रिएका ...
: राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकलाई निराशामा राखेर कुनै पनि राज्य र व्यवस्था सफल हुन नसक्ने बताएका छन्। शनिबार संविधान दिवसका अवसरमा शितल निवासमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा राष्ट्रपति पौडेलले राजनीतिक परिवर्तनलाई वास्तविक रुपमा नै नागरिकको जीवनसंग जोड्नु र व्यवहारमै लागू गर्नुपर्ने बताए। संविधानले एकात्मक र केन्द्रीकृत शासन प्रणालीको बदलामा संघीयता उपहार दिएको र यसलाई ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम