। सुनसरीको इनरूवा नगरपालिका–१० जाल्पापुर चम्राही टोलबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब १ हजार ४ सय ५४ किलो ८ सय ७० ग्राम सहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भोक्राहा नरसिंह गाउँपालिका–५ बस्ने ३० वर्षीय राम बहादुर यादव रहेका छन् ।
उनलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले को.१ च ८२७९ नम्बरको पिकअप गाडीमा लोड गर्दै गरेको ४७ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा जस्तो देखिने पदार्थ फेला पारी चालक राम बहादुरलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।