मुख्य समाचार
मधेसको अधिकारका लागि फेरि एक पटक आन्दोलन गर्नुपर्ने भएकाले रहन मधेसी जनतासँग आह्वान
मधेसको अधिकारका लागि फेरि एक पटक आन्दोलन गर्नुपर्ने भएकाले रहन मधेसी जनतासँग आह्वान

: जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसको अधिकारका लागि फेरि एक पटक आन्दोलन गर्नुपर्ने भएकाले रहन मधेसी जनतासँग आह्वान गरेका छन्।

वीरगन्जमा शनिबार आयोजित ९ दलीय अग्रगामी मोर्चाको मधेस प्रदेशस्तरीय कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै जसपा नेपालका अध्यक्ष यादवले मधेस प्रदेशमा शासन र प्रशासनमा मधेस बाहिरका मान्छेहरुको कब्जा रहेको बताएका हुन्।

यादवले भने,‘अहिले भएको जस्तो मधेस प्रदेश हामीले खोजेकै होइन। किनकि मधेस प्रदेश भएपनि यो प्रदेशमा शासन र प्रशासन दुवै मधेसका बाहिरका मानिसहरुको कब्जामा छ। हामीले शासन र प्रशासनमा मधेसी नै हुनुपर्ने प्रदेश खोजेका थियौं। प्रदेशको पुलिस,न्यायालय,कर्मचारी सबै मधेसमै जन्मेको मधेसी हुनुपर्छ।’

उनले मधेस राज्यका फेरि एक पटक मधेसी जनताले संघर्ष गर्ने बेला आइसकेको बताए। उनले भने,‘मधेसीले आफ्नो शासन र प्रशासनका लागि अब फेरि एक पटक लड्ने बेला भइसकेको छ। त्यसका लागि सबै जना तयार रहनु होला। किनकि अधिकार कसैले किस्तिमा सजाएर दिँदैन, अधिकार लडेरै लिनुपर्छ।’

मुलुकको अहिलेको संकट र दुदर्शाको जिम्मेवार नै कांग्रेस र कम्युनिष्टहरु रहेको आरोपनि उनले लगाए।‘काले काले मिली खाउँ भाले’ भने जस्तै विगतमा कांग्रेस र कम्युनिष्टले मिलेर सत्ता चलाउँदै देशलाई लुटेको उनको भनाई थियो।
मधेस आन्दोलन भएकै कारण कांग्रेस र एमालेले संघीय गणतन्त्र स्वीकार्न बाध्य भएको उनले सुनाए। उनले भने,‘यदि मधेस आन्दोलन नभइदिएको भए कांग्रेस र कम्युनिष्टले संघीय गाणतन्त्र स्वीकार नै गर्दैनथे।’अहिलेपनि कांग्रेसका केहि ठूला नेताहरूले हिन्दु राष्ट्र र संवैधानिक राजा ल्याउनु पर्छ भनेर अभियान नै चलाइरहेको उनले बताए।
रास्वपाप्रति लक्षित गर्दै जसपा नेपालका अध्यक्ष यादवले घण्टी छापवाला पार्टी र त्यसका नेताहरु पनि संघीयता विरोधी रहेको आरोप लगाए। उनले भने,‘घण्टी छापका नेताहरुले मधेसको भोट लिनका लागि जनकपुरमा संघीयता बलियो बनाउनुपर्छ भनेर भाषण गरे। तर त्यही नेताहरु चितवनमा पुगेर प्रदेश खारेज हुनुपर्छ भनेर भाषण गरे। त्यसकारण संघीयताबारे घण्टी पार्टी र त्यसका नेताहरुको द्वैध नीति र चरित्र छ।’

कार्यक्रमलाई सम्बोधन गर्दै आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले बालेन शाह नेतृत्वको सरकार लाचार बनेको टिप्पणी गरे। उनले अहिलेको सरकार विपक्षीहरूको कारण नभई रास्वपाभित्रैबाट असहयोगको कारण कमजोर र लाचार देखिएको दाबी गरे।

सुनसरी देवानगञ्जको धार्मिक दंगाको घटनादेखि रसुवा भोटेकोशी बाढीको कारण निम्तिएको विपत्तिको संकटसम्म रास्वपा नेतृत्वले प्रधानमन्त्री बालेनलाई बाईपास गरेर सक्रियता देखाएको घटनाको स्मरण गराउँदै उनले प्रधानमन्त्री बालेनलाई रास्वपाले नसघाएको आरोप लगाए। विदेश सम्बन्ध र कुटनीतिक अभ्यासको सवालमा पनि रास्वपाका सभापति रवि लामिछाने एकातिर र प्रधानमन्त्री बालेन अर्कोतर्फ उभिएको साहको भनाई थियो। साहले रास्वपाका सभापति लामिछानेले समानान्तर सरकार चलाउन खोज्दा सरकारको कार्यसम्पादनमा असर परिरहेको कुरा सचेत नागरिकले गुनासो पोख्न थालेको पनि टिप्पणी गरे।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको एक टोली आइतबार संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गर्दैछ । मन्त्री खनालको टोली आइतबार साँझ ६ बजे न्युयोर्क प्रस्थान गर्ने उनका प्रेस सल्लाहकार जगदीश्वर पाण्डेले जानकारी दिए । परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालले महासभाको उच्चस्तरीय सत्रअन्तर्गत विभिन्न उच्चस्तरीय बैठक तथा मन्त्रिस्तरीय भेलामा सहभागिता जनाउने छन् । साथै, परराष्ट्रमन्त्री ...
। बाराको जीतपुरसिमरा उपमहानगरपालिका २ सिमरा मेनरोडस्थित एक होटलमा आफ्नै साथीको हत्या गरेर भागेका मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जीतपुरसिमरा २ पाँचधुरे टोलका २५ वर्षीय आयुष राई रहेका छन् । साथीलाई चक्कु प्रहार गरेर भागेका राईलाई प्रहरीले शनिबार राति जीतपुरसिमरा १६ महेन्द्रनगर स्थित धानखेतबाट पक्राउ गरेको हो । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले ...
। जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक पूर्व शिक्षकको जलेर मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका-८ रामानन्दचोक स्थित घरमा जलेर ७० वर्षीय किशोरी सहनीको मृत्यु भएको हो । राति अचानक घरमा आगलागी हुँदा भाग्न नसकेका उनको जलेर मृत्यु भएको स्थानीयले बताएका छन् । महोत्तरीको लोहारपट्टी नगरपालिका-२ निवासी सहनी अवकास प्राप्त शिक्षक हुन् । उनकी नातिनीले भने भागेर ...
। नेकपा एमाले पुनर्गठन कार्यदलका लागि प्रदीप ज्ञवालीले छुट्टै प्रतिवेदन तयार पारेका छन् । अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा कार्यदलमै नरहेका नेता ज्ञवालीले प्रतिवेदन तयार पारेका हुन् । आइतबार बिहान ९ बजे बोलाइएको कार्यदल बैठकका लागि भनेर ज्ञवालीले २९ पृष्ठको प्रतिवेदन तयार पारेका हुन् । गत बिहीबार गुन्डुमा भएको अनौपचारिक छलफलका क्रममा अध्यक्ष केपी शर्मा ओलीले ...
। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शक्ति राष्ट्रहरूबीचको प्रतिस्पर्धाका कारण उत्पन्न जलवायु तथा वातावरणीय समस्याको नेपालले मार खेप्न नहुने बताएकी छिन् । शनिबार काठमाडौंमा आयोजित ‘हिमाल, जलवायु र विपद् अन्तरसंवाद’ कार्यक्रममा बोल्दै उनले शक्ति राष्ट्रहरूले गर्ने अत्यधिक खर्च र विकासका कारण उत्पन्न जलवायु परिवर्तनको असर नेपालजस्ता कमजोर मुलुकले भोग्नुपरेको टिप्पणी गरिन् । पूर्वराष्ट्रपति भण्डारीले जलवायु परिवर्तनको असर न्युनीकरण तथा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम