मुख्य समाचार
नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन थालेका छन्
नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन थालेका छन्

। नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन थालेका छन् । लोमान्थाङ–४ न्हेचुङस्थित क्वारेन्टाइन चेकपोस्टका अनुसार कोरला नाकाबाट चार हुल भेडाच्याङ्ग्रा नेपाल भित्रिएको हो ।

गत वर्षको भदौ ३१ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको यहाँस्थित नेपाल–चीन उत्तरी कोरला नाकाबाट कानुनी प्रावधानअनुसार तिब्बतबाट भेडाच्याङ्ग्रा नेपाल भित्रिन थालेका हुन् ।

पशु क्वारेन्टाइन कार्यालय पोखराका प्रमुख एवं वरिष्ठ पशुचिकित्सक गणेश केशीका अनुसार भदौ ३१ गतेदेखि लगातार तीन दिनसम्म कोरला नाका हुँदै चीनको स्वशासित क्षेत्र तिब्बतबाट चार लटमा ४१९ वटा भेडाच्याङ्ग्रा नेपाल भित्रिएका हुन् ।

वरिष्ठ पशुचिकित्सक डा केसीले भदौ ३१ गते च्याङ्ग्रा १५५, असोज १ गते च्याङ्ग्रा ११८, भेडा ४६ र असोज २ गते च्याङ्ग्रा १०० वटा कोरला नाकाबाट नेपाल भित्रिएको जानकारी दिए ।



चीनको स्वशासित क्षेत्र तिब्बतबाट खरिद गरी उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाका जनप्रतिनिधि र स्थानीय व्यापारीले पशुपालन प्रयोजनार्थ भेडाच्याङ्ग्रा नेपाल भिर्त्याएका पशु क्वारेन्टाइन कार्यालय पोखराका प्रमुख एवं वरिष्ठ पशुचिकित्सक गणेश केसीको भनाइ छ ।

पोखरा कार्यालयअन्तर्गत पोखरा अन्तरराष्ट्रिय विमानस्थल र कोरला नाकामा दुई वटा पशु क्वारेन्टाइन रहेको उनले बताए ।

क्वारेन्टाइन ऐनअनुसार कुनै एक देशबाट नेपालमा पशु खरिद गरी नेपालमा ल्याउन चाहेमा कार्यालयअन्तर्गतको चेकपोस्ट वा क्वारेन्टाइन कार्यालयमा पशु निरोगिताको स्वास्थ्य प्रमाण तथा खोप लगाएको विवरण सात दिनअगावै पूर्वजानकारी गराइनुपर्ने प्रावधान रहेको छ ।

सोही नियमअनुसार लोमान्थाङका जनप्रतिनिधि तथा स्थानीय व्यापारीले कोरला नाका हुँदै तिब्बतबाट भेडाच्याङ्ग्रा नेपाल ल्याउन सुरु गरेका वरिष्ठ पशु चिकित्सक केसीको भनाइ छ ।

कोरला नाकाबाट पूर्वजानकारी गरी नेपाल भिर्त्याइएका भेडाच्याङ्ग्राको पशु स्वास्थ्य निरोगिताको प्रमाणपत्र तथा खोप विवरणको कागजातका आधारमा पशु चेकपोस्टद्वारा स्वीकृति प्रदान गरेको हो । सीमावर्ती भेडाच्याङ्ग्रा व्यापारीले पशु निरोगिताको प्रमाणपत्र पेस गरे पनि खोप विवरण उल्लेख नभएकाले लोमान्थाङ गाउँपालिकाको समन्वयमा नेपाल भित्रिएका भेडाच्याङ्ग्राको खोप लगाउने काम भएको वरिष्ठ पशु चिकित्सक डा केसीको भनाइ छ ।

चीनबाट नेपाल भित्रिएका भेडाच्याङ्ग्रा अहिले लोमान्थाङस्थित न्याम्डो र छोसेर चरन क्षेत्रमा स्थानीय भेडाच्याङ्ग्रा बथानसँग नमिसाउने गरी बेग्लै व्यवस्थापन गरिएको छ । अन्य मुलुकबाट नेपाल भित्रिएका पशुचौपायालाई क्वारेन्टाइन ऐनअनुसार सात दिनसम्म छुट्टै व्यवस्थापन गरी राख्नुपर्ने र सोको अनुुमगन क्वारेन्टाइन चेक पोस्टका पशु प्राविधिक र प्रहरी निकायले गर्ने वरिष्ठ पशुचिकित्सक डा केसीले उल्लेख गरे ।

बर्सेनि दसैँ–तिहारजस्ता महत्त्वपूर्ण चाडपर्वमा हिमाली भेडाच्याङ्ग्राको माग बढी हुने गर्छ । मुस्ताङ, डोल्पा, मुगु र जुम्लाबाट भेडाच्याङ्ग्रा बजार पुर्‍याइने गरिन्छ । मुस्ताङको लोमान्थाङ, लोघेकर दामोदरकुण्ड, बारागुङ मुक्तिक्षेत्र र घरपझोङ गाउँपालिकाका स्थानीयले व्यावसायिक रूपमा च्याङ्ग्रापालन गर्ने गरेका छन् । यस वर्ष कोरला नाकाबाट वैधानिक रूपमा तिब्बतबाट भेडाच्याङ्ग्रा नेपाल भित्रिन थालेपछि लागि भेडाच्याङ्ग्रा केही कम मूल्य पर्न क्ने अपेक्षा गरिएको छ ।

यसैगरी, नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलोपटक १० कन्टेनर भेडाको ऊनको नेपाल भित्रिएको पशु क्वारेन्टाइन कार्यालय पोखराका प्रमुख डा गणेश केसीले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा व्यवसायीलाई नेपालमा लगानी र व्यापारका पर्याप्त अवसर रहेको बताएका छन् । भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री वाग्लेले नेपालमा रहेको लगानीको अवसरलाई सदुपयोग गर्न आग्रह गरेको उनको सचिवालयले जनाएको छ । नयाँदिल्लीस्थित इन्डिया ह्याबिट्याट सेन्टरमा कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री (सीआईआई)द्वारा शनिबार आयोजित व्यापार तथा लगानी अन्तर्क्रियामा अर्थमन्त्री वाग्लेले उदीयमान ...
। सरकारले धितोपत्रको कारोबारमा हुने लाभमा लाग्ने पुँजीगत लाभ कर घटाउने भएको छ । अर्थ मन्त्रालयले पुँजी बजार सुदृढीकरण तथा पुनरूत्थान कार्ययोजना, २०८३ मार्फत सेयर कारोबारमा पुँजीगत लाभकर अधिकतम ५ प्रतिशत कायम गर्ने घोषणा गरेको हो । कार्ययोजना अनुसार नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएको सेयरको हकमा व्यक्तिको हकमा तीन सय पैंसठ्ठी दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको ...
। नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार ७३७ मेट्रिक टन एलपी ग्यास आयात भएको जनाएको छ । उक्त परिमाणको ग्यास ३७ लाख १३ हजार ८९४ सिलिन्डर बराबर हो । इन्डियन आयल कर्पोरेसन –आईओसी) का विभिन्न रिफाइनरी तथा बोटलिङ प्लान्टबाट यही सेप्टेम्बर १० तारिखसम्म थप १९ हजार २१८ मेट्रिक टन ग्यास लोडिङ भइसकेको निगमका सहप्रवक्ता ...
। नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ-४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट १५ दिनमै रु एक अर्ब ७८ करोड ४४ लाख राजस्व सङ्कलन भएको छ । रसुवाको भोटेकोशीमा गएको बाढीका कारण (रसुवागढी–केरुङ)नाका पूर्ण रूपमा बन्द भएसँगै मुस्ताङ भन्सार कार्यालयमा चीनबाट मालवस्तुको पैठारी ह्वात्तै बढेको छ । भन्सार प्रमुख बिदुर चुडालका अनुसार रसुवागढी-केरुङनाका र तातोपानीनाका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङको ...
। रसुवागढी र तातोपानी नाका बन्द भएपछि नेपाल–चीन उत्तरी कोरला नाकाबाट चिनियाँ मालवस्तु पैठारी बढिरहेको छ । कोरला नाकाबाट भित्रिएका कन्टेनर र मालवस्तु पैठारी गर्न पुगेका सयौं कन्टेनरहरू मुस्ताङ भन्सार कार्यालय बाहिरको करिब तीन किलोमिटर सडकमा पार्किङमा राखिएको छ । कोरला नाकास्थित मुस्ताङ भन्सारले दैनिक १०० भन्दा बढी कन्टेनरहरूको जाँच गरिरहेको छ । रसुवा र तातापानी नाकाको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम