मुख्य समाचार
ग्रिनल्यान्डको सुरक्षासम्बन्धी विवाद सुल्झाउन अमेरिका र डेनमार्कबीच एउटा महत्वपूर्ण सम्झौता
ग्रिनल्यान्डको सुरक्षासम्बन्धी विवाद सुल्झाउन अमेरिका र डेनमार्कबीच एउटा महत्वपूर्ण सम्झौता

। ग्रिनल्यान्डको सुरक्षासम्बन्धी विवाद सुल्झाउन अमेरिका र डेनमार्कबीच एउटा महत्वपूर्ण सम्झौता भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बल प्रयोग गरेर ग्रिनल्यान्ड कब्जा गर्ने धम्की दिएपछि उत्पन्न भएको कूटनीतिक तनावपछि यो सम्झौता सार्वजनिक भएको हो । उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) ले यो सम्झौताले यस क्षेत्रको स्थिरता कायम गर्न सहयोग पुर्‍याउने बताएको छ ।


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस सम्झौतामार्फत डेनमार्कले अमेरिकालाई आर्कटिक क्षेत्रमा रहेको आफ्नो अर्ध–स्वायत्त भूभाग ग्रिनल्यान्डको सुरक्षा र अन्य सबै आवश्यकताहरूमा ‘स्थायी नियन्त्रण’ प्रदान गरेको दाबी गरेका छन् ।

डेनमार्क र ग्रिनल्यान्डका नेताहरूले पनि सुरक्षा सुदृढ गर्ने उद्देश्यले भएको यस सम्झौताको स्वागत गरेका छन् । आगामी साता हस्ताक्षर हुने अपेक्षा गरिएको यस सम्झौताको पूर्णपाठ भने अझै सार्वजनिक नगरिएको बीबीसीले जनाएको छ ।



ट्रम्पले महिनौँदेखि राष्ट्रिय सुरक्षा, रणनीतिक अवस्थिति र बहुमूल्य खनिज पदार्थको स्रोतलाई कारण देखाउँदै ग्रिनल्यान्डलाई नियन्त्रणमा लिने धम्की दिँदै आएका थिए । ट्रम्पले ट्रुथ सोसलमा एक पोस्ट गर्दै यो सम्झौता अमेरिकाका लागि ‘कुनै अतिरिक्त खर्चविना’ सम्भव भएको र यसले ग्रिनल्यान्डको सुरक्षा सुनिश्चित गर्न अमेरिकालाई ‘आवश्यक कदम चाल्ने’ अधिकार दिने बताएका छन् ।

सुरक्षा, स्थिरता र सहकार्यलाई प्रवर्द्धन गर्ने विश्वास

उनका अनुसार सम्झौतामा कुनै पनि अमेरिकी विरोधी राष्ट्रले ग्रिनल्यान्डमा सैन्य उपस्थिति जनाउन वा अमेरिकाको लिखित स्वीकृतिविना संवेदनशील लगानी गर्न नपाउने नियम समावेश गरिएको छ ।

नेटोका प्रवक्ताले सम्झौताको स्वागत गर्दै यसले महत्त्वपूर्ण क्षेत्रमा सुरक्षा, स्थिरता र सहकार्यलाई प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरेका छन् ।

डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिकसेनले तीनै पक्षका लागि सकारात्मक सम्झौताको सम्भावना बनेकोमा खुसी व्यक्त गर्दै आगामी साता संयुक्त राष्ट्रसङ्घको महासभाका क्रममा यसमा हस्ताक्षर हुने अपेक्षा गरिएको बताएकी छन् ।

ग्रिनल्यान्डका प्रधानमन्त्री जेन्स–फ्रेडेरिक नील्सनसँगको संयुक्त वक्तव्यमा डेनमार्ककी प्रधानमन्त्री फ्रेडरिकसेनले यो सम्झौताले आर्कटिक र उत्तर एटलान्टिक क्षेत्रमा साझा सुरक्षालाई सुदृढ बनाउने उल्लेख गरेकी छन् ।

साथै, यसले डेनमार्क अधिराज्यको सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता र ग्रिनल्यान्डका जनताको आत्मनिर्णयको अधिकारको सम्मान गर्ने उनले स्पष्ट पारिन् ।

हस्ताक्षर भएपछि सम्झौता लागू हुनका लागि आवश्यक संसदीय प्रक्रिया पूरा गर्नुपर्ने वक्तव्यमा जनाइएको छ ।

ग्रिनल्यान्डका प्रधानमन्त्रीले के भने ?

ग्रिनल्यान्डका प्रधानमन्त्री नील्सनले ग्रिनल्यान्ड, डेनमार्क, अमेरिका र पश्चिमी गठबन्धनको सुरक्षालाई सुदृढ गर्ने सम्झौता हुनु खुसीको विषय भएको बताए । उनले भने, ‘यो सम्झौताले ग्रिनल्यान्डको हित र अन्तर्राष्ट्रिय सहकार्यमा हाम्रो स्थानलाई स्वीकार गर्दछ । यो हामी सबैको हितमा छ ।’

यसैबीच, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले यो सम्झौताले टापुमाथि डेनमार्कको सार्वभौमसत्तालाई पुन: पुष्टि गरेको बताएका छन् । फ्रान्सेली समाचार एजेन्सी एएफपीका अनुसार म्याक्रोनले डेनमार्कको सार्वभौमसत्ता र अन्तर्राष्ट्रिय कानुनको पालना हुनु सकारात्मक पक्ष भएको टिप्पणी गरेका छन् ।

ट्रम्पले महिनौँदेखि ग्रिनल्यान्ड रसिया र चीनजस्ता विरोधी राष्ट्रहरूबाट जोखिममा रहेको भन्दै यसलाई किन्ने वा आफ्नो भूभागमा गाभ्ने प्रयास गर्दै आएका थिए ।

चालु वर्षको सुरुमा ग्रिनल्यान्ड कब्जा गर्ने उनका पटक–पटकका मागहरूले ग्रिनल्यान्ड, डेनमार्क र अन्य नेटो सदस्य राष्ट्रहरूमा तीव्र विरोध र असन्तोष पैदा गरेको थियो । ग्रिनल्यान्डको राजधानी नुअकमा सर्वसाधारणले ट्रम्पको नीतिको विरोधमा प्रदर्शनसमेत गरेका थिए ।

आधिकारिक पाठ सार्वजनिक नभएसम्म यो नयाँ सम्झौता सन् १९५१ मा डेनमार्कसँग भएको पुरानो सम्झौताभन्दा कसरी भिन्न छ भन्ने कुरा अझै पूर्ण रूपमा स्पष्ट हुन बाँकी छ ।
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले ग्रिनल्यान्डस्थित अमेरिकी सैन्य बेसको भ्रमण गर्दा पनि त्यसलाई कोपेनहेगन र नुअकले उक्साहटपूर्ण कदमका रूपमा लिएका थिए ।

डेनमार्कको कूटनीतिक जितका रूपमा व्याख्या

भर्खरै भएको सहमतिले लामो समयदेखि जारी सङ्कटलाई अन्त्य गर्ने आशा जगाएको छ ।

केही ड्यानिश सञ्चारमाध्यमहरूले यस सम्झौतालाई डेनमार्कको कूटनीतिक जितका रूपमा व्याख्या गरेका छन् । क्षेत्रीय अखण्डता डेनमार्क र ग्रिनल्यान्डका लागि ‘रेड लाइन’ बनेको थियो । अमेरिकी राष्ट्रपतिले भने भूभाग हस्तान्तरणको कुनै उल्लेख गरेका छैनन् ।

यद्यपि, ग्रिनल्यान्डका केही राजनीतिज्ञहरू अझै पनि पूर्ण रूपमा विश्वस्त भइसकेका छैनन् । सांसद नाजा नाथानिएलसेनले कुनै पनि सम्झौताले आत्मनिर्णयको अधिकारलाई जोगाउनु अत्यावश्यक रहेको बताएकी छन् ।

पूर्व राजनीतिज्ञ आजा चेम्निट्जले सम्झौता अन्तिम नभएसम्म आफू शङ्कास्पद नै रहने र ट्रम्पप्रति धेरै विश्वास नभएको टिप्पणी गरेकी छन् ।


उत्तर अमेरिका र आर्कटिकको बीचमा अवस्थित भएकाले ग्रिनल्यान्ड क्षेप्यास्त्र आक्रमणको पूर्वसूचना दिने प्रणाली र समुद्री जहाजहरूको निगरानीका लागि रणनीतिक रूपमा अत्यन्तै महत्त्वपूर्ण मानिन्छ । साथै, यहाँ मोबाइल फोन र विद्युतीय सवारी साधन निर्माणमा प्रयोग हुने दुर्लभ खनिज पदार्थहरूको ठूलो भण्डार रहेको छ ।

अमेरिकी विदेश मन्त्रालयका एक अधिकारीका अनुसार सम्झौतामा ग्रिनल्यान्ड भविष्यमा स्वतन्त्र देश बने पनि यो सम्झौता रद्द नहुने प्रावधान राखिएको छ ।

सम्झौताअनुसार अमेरिकालाई ग्रिनल्यान्ड वा डेनमार्कको स्वीकृतिविना अतिरिक्त सैन्य संरचनाहरू निर्माण गर्ने, स्थायी पहुँच, सैन्य बेस स्थापना गर्ने र हवाई उडानको एकपक्षीय अधिकार रहनेछ । यसका साथै, गैर–नेटो देशहरूलाई ग्रिनल्यान्डमा सैन्य बेस बनाउन र अमेरिकी विरोधी राष्ट्रहरूलाई संवेदनशील क्षेत्रमा लगानी गर्न प्रतिबन्ध लगाइएको छ ।

ट्रम्पले रुस र चीनबाट हुनसक्ने क्षेप्यास्त्र आक्रमणबाट अमेरिकालाई जोगाउन प्रस्ताव गरेको ‘गोल्डेन डोम’ रक्षा प्रणालीका लागि ग्रिनल्यान्ड अत्यावश्यक रहेको र यसमा युरोपेली सहयोगीहरूले पनि सहकार्य गर्नसक्ने बताएका छन् ।

अमेरिकाको ग्रिनल्यान्डको उत्तरी–पश्चिमी भागमा रहेको पिटुफिक बेसमा पहिलेदेखि नै १०० भन्दा बढी सैन्य कर्मचारीहरू स्थायी रूपमा खटिएका छन् ।

आधिकारिक पाठ सार्वजनिक नभएसम्म यो नयाँ सम्झौता सन् १९५१ मा डेनमार्कसँग भएको पुरानो सम्झौताभन्दा कसरी भिन्न छ भन्ने कुरा अझै पूर्ण रूपमा स्पष्ट हुन बाँकी रहेको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: लिबियाको बेन्गाजीस्थित बन्दरगाहमा युक्रेनी ड्रोन आक्रमणबाट रुसी युद्धपोत डुबेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दाबी गरेका छन् । आइतबार बिहान इन्धन तथा आवश्यक सामग्री भरेर रुस फर्किने तयारीमा रहेको रुसी युद्धपोतमा विस्फोट भएको स्थानीय अधिकारीहरूले बताएका छन् । जेलेन्स्कीका अनुसार आक्रमणमा रुसी नौसेनाको कोर्भेट युद्धपोत ‘मर्क्युरी’ डुबेको छ । उक्त आक्रमणका लागि सातवटा नौसैनिक ड्रोन प्रयोग गरिएको ...
: चीनले आफ्नो सेयर बजारलाई स्थिर बनाउन र लगानीकर्ताको विश्वास बढाउन नयाँ नीतिगत योजना अघि सारेको छ । यसअन्तर्गत ऋण लिएर सेयर खरिद गर्ने लगानीकर्ताले सुरुवाती रूपमा जम्मा गर्नुपर्ने न्यूनतम रकम घटाइएको छ । चीनका सांघाई, सेन्जेन र बेइजिङ स्टक एक्सचेन्जले मार्जिन अनुपात १०० प्रतिशतबाट घटाएर ८० प्रतिशत कायम गर्ने निर्णय गरेका छन् । यो व्यवस्था ...
; संयुक्त राष्ट्रसंघीय वैज्ञानिक प्यानलले देशहरूलाई कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा क्षमता विकास गर्न अत्याधुनिक एआई मोडेलमै निर्भर हुन आवश्यक नरहेको जनाएको छ । संयुक्त राष्ट्रसंघको स्वतन्त्र अन्तर्राष्ट्रिय वैज्ञानिक एआई प्यानलले सार्वजनिक गरेको प्रतिवेदनमा देशहरूले विद्यमान एआई प्रणाली प्रयोग गर्न, खुला मोडेललाई परिमार्जन गर्न वा आफ्नै आवश्यकता अनुसार नयाँ मोडेल विकास गर्न सक्ने उल्लेख गरेको छ । प्रतिवेदनअनुसार ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एनभिडियाका सञ्चालक समितिका सदस्यहरूलाई व्यक्तिगत रूपमा मनाएर जेन्सन हुआङलाई कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा पुन: फर्काएको दाबी गरेका छन् । हुआङको पुनरागमनले अमेरिकी राष्ट्रिय सुरक्षामा कुनै खतरा नहुने विश्वास आफूले बोर्ड सदस्यहरूलाई दिलाएको ट्रम्पको भनाइ छ । एनभिडियाले हुआङलाई पुन: सीईओ नियुक्त गरेको घोषणा गरेलगत्तै सीएनबीसीसँग फोन अन्तर्वार्तामा ट्रम्पले आफ्नो पहलमा ...
। एनभिडियाका सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेनसन हुआङ कम्पनीको मुख्यालय फर्किंदा कर्मचारीहरूले भव्य स्वागत गरेका छन् । हुआङ मुख्यालय फर्किएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएका छन् । भिडियोमा कर्मचारीहरूले नाम पुकार्दै स्वागत गरेको र अंगालो हाल्दै स्वागत गरेको देखिन्छ । कर्मचारीहरूले बारम्बार जेन्सनको नाम पुकार्दै खुसी व्यक्त गरेपछि उनले आफू दोस्रो पटक अझ राम्रो सीईओ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम