मुख्य समाचार
संयुक्त राष्ट्रसंघको महासभामा जान लागेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई भोटेकोशी विपद्सँग जोडिएको विषयमा केन्द्रित भएर सम्बोधन गर्न निर्देशन
संयुक्त राष्ट्रसंघको महासभामा जान लागेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई भोटेकोशी विपद्सँग जोडिएको विषयमा केन्द्रित भएर सम्बोधन गर्न निर्देशन

: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसंघको महासभामा जान लागेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई भोटेकोशी विपद्सँग जोडिएको विषयमा केन्द्रित भएर सम्बोधन गर्न निर्देशन दिएको छ।

आइतबार पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बसेको सचिवालय बैठकले प्रधानमन्त्री, परराष्ट्रमन्त्रीलगायतको टोलीलाई यस्तो नीतिगत निर्देशन दिएको प्रवक्ता जगदीश खरेलले जानकारी दिए।

रास्वपाले महासभामा नेपालको भोटेकोशी विपद्सँग जोडिएका बहुआयामिक पक्ष, बदलिँदो राजनीतिक परिस्थिति, समृद्धि, अन्तर्राष्ट्रिय सम्बन्ध र विश्वमञ्चमा नेपालको भूमिकाका विषयमा सम्बोधन केन्द्रित गर्न तयारी गर्न निर्देशन दिएको हो।

बैठकले भोटेकोशीमा आएको विनाशकारी बाढीपछि खोजी, उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका कामबारे सरकारमा सहभागी पार्टीका पदाधिकारी तथा सदस्यबाट जानकारी लिएको छ।

बाढीमा परी ज्यान गुमाएका तर शव पहिचान हुन नसकेकाहरूको शीघ्र डीएनए परीक्षण गर्न तथा लामो समयदेखि बेपत्ता भई परिवारले आशा मारिसकेका व्यक्तिको हकमा परिवारको सहमतिमा मृत्यु प्रमाणपत्र उपलब्ध गराउने कानुनी प्रक्रिया छिटो टुंग्याउन सरकारको ध्यानाकर्षण गराइएको छ। पीडित परिवारलाई राहत तथा अन्य सुविधा उपलब्ध गराउन पनि बैठकले आग्रह गरेको छ।

बैठकमा मधेश प्रदेशको संगठनात्मक अवस्था तथा कार्यसम्पादन अडिटसम्बन्धी प्रारम्भिक प्रतिवेदनसमेत प्रस्तुत भएको छ। पार्टीका सहमहामन्त्री तथा मधेश प्रदेश संयोजक हरि ढकालले प्रतिवेदन प्रस्तुत गरेका थिए। विस्तृत प्रतिवेदन प्राप्त भएपछि आवश्यक रणनीतिक कदम अघि बढाउने निर्णय बैठकले गरेको छ।

त्यस्तै पार्टीको केन्द्रीय अनुशासन आयोगलाई पूर्णता दिँदै विभिन्न व्यक्तिलाई सदस्यमा मनोनयन गरिएको छ। आयोग सदस्यमा अधिवक्ता हरिचन्द्र भट्टराई, अधिवक्ता सुशीला सिंखडा, रामचन्द्र कार्की, अधिवक्ता शान्ता थापा, अधिवक्ता नन्दन तिमिल्सिना, अधिवक्ता रोहन बोहजू, अधिवक्ता भविन्द्र राई, अधिवक्ता सन्तोष आचार्य, अधिवक्ता सन्तोष बिसुङ्खे र अधिवक्ता श्वेता कुमारीलाई मनोनयन गरिएको छ।

ज्ञानेन्द्र मल्ललाई युवा खेलकुद तथा सशक्तीकरण विभागको उपप्रमुखमा मनोनयन गरिएको छ। अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभागको सदस्यमा महेश भट्ट, टासी लाजोम र हिक्मत जंग कार्की तथा सार्वजनिक सेवा तथा जनगुनासो व्यवस्थापन विभागको सदस्यमा जयराम गुरुङ र राजकुमार श्रेष्ठलाई नियुक्त गरिएको छ।

बैठकमा नवमनोनित सचिवालय सदस्य विराजभक्त श्रेष्ठ र सहप्रवक्ता सुरेन्द्र चौधरीले पार्टी सभापति लामिछानेसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सरकारले जेनजी आन्दोलनका घाइतेलाई निःशुल्क कानुनी सहायता उपलब्ध गराउने भएको छ । यसका लागि निःशुल्क कानुनी सहायता सम्बन्धी ऐनमा संशोधन गरिँदै छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले यही असोज २ गते प्रतिनिधिसभामा दर्ता गरेको विधेयकको दफा ४ मा निःशुल्क कानुनी सहायता उपलब्ध गराइने असमर्थ व्यक्तिहरू सम्बन्धी व्यवस्था छ । जसमा जेनजी आन्दोलनका ...
। सरकारले निःशुल्क कानुनी सहायतामा वार्षिक १३ करोड बढी खर्च गर्ने भएको छ । यस्तो योजनासहित कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक २०८३’ ल्याएकी छन् । यही असोज २ गते प्रतिनिधिसभामा दर्ता भएको विधेयकमा असमर्थ पक्षलाई उपलब्ध गराइने कानुनी सहायता संघ, प्रदेश र स्थानीय तह गरी तीनवटै तहबाट समन्वयात्मक ढंगबाट ...
: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्रकारलाई प्रश्न सोध्दा पत्रकारिताको मर्यादा र अभ्यास पालना गर्न सुझाव दिएका छन्। आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले प्रश्न सोध्नुअघि अनुमति लिनुपर्ने र समाचार प्रकाशित गर्नुअघि सम्बन्धित व्यक्तिसँग सोध्नुपर्ने बताए। ‘पत्रकारिताको के नियम हुन्छ भने,तपाईँसँग प्रश्न सोध्न सक्छु भनेर प्रश्न सोधिन्छ। प्रश्न सोधिसकेपछि ...
। सरकारले साउन १ गतेदेखि लागु गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु भएको छ । पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले सेवाग्राहीको चाप र लामो समयदेखि देखिँदै आएको लाइसेन्स छपाइसम्बन्धी समस्यालाई सम्बोधन गर्न नयाँ प्रणालीमार्फत छपाइको काम सुरु गरेको हो । नयाँ प्रणालीले नयाँ लाइसेन्स लिने ...
: प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा चाइना प्रस्थान गरेका छन्। 'चाइना फोरम अन इन्टरनेशनल लिगल कोअपरेशन, २०२६' मा सहभागी हुन प्रधानन्यायाधीश शर्मा आइतबार चीन प्रस्थान गरेका हुन्। चीन कानुन समाजद्वारा आयोजित उक्त कार्यक्रममा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानन्यायाधीश शर्मा चीनको ग्वान्झाउ प्रस्थान गरेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए। प्रधान्यायाधीश शर्मा नेतृत्वको भ्रमण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम