मुख्य समाचार
झापाको दमकमा घरभित्र प्रवेश गरी सुनका गरगहना तथा नगद चोरी गरेको आरोपमा एक युवक पक्राउ
झापाको दमकमा घरभित्र प्रवेश गरी सुनका गरगहना तथा नगद चोरी गरेको आरोपमा एक युवक पक्राउ

: झापाको दमकमा घरभित्र प्रवेश गरी सुनका गरगहना तथा नगद चोरी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा पाँचथरको मिक्लाजुङ गाउँपालिका–४ रवि घर भई हाल दमक नगरपालिका–५ मा डेरा गरी बस्ने १९ वर्षीय दीपक राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रहरीका अनुसार दमक–२ बस्ने ३३ वर्षीया मिनिषा तामाङको घरमा असोज २ गते साँझ करिब ७ बजे चोरी भएको थियो। घरमा कोही नभएको मौका छोपी अज्ञात व्यक्ति घरभित्र प्रवेश गरी दराज फुटाएर एक थान सुनको सिक्री, दुई थान बच्चाको तीन तोलाको सुनको चुरा, दुई थान सुनको पिँजडा, एक थान सुनको तिलहरी तथा नगद २० हजार रुपैयाँ चोरी भएको थियो।

घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले घटनास्थलमा रहेका सीसीटीभी फुटेजसमेतको आधारमा अनुसन्धान अघि बढाएको थियो। सोही अनुसन्धानका आधारमा राई पक्राउ परेको प्रहरीले जनाएको छ।

प्रहरीले उनको साथबाट नगद ७९ हजार रुपैयाँ, एक थान चाँदीको पाउजु, दुई थान सुनको पिँजडा र एक थान सुनको श्रीबन्दी बरामद गरेको छ। पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय दमकमा राखी थप अनुसन्धान भइरहेको प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा एमालेका सचिव महेश बस्नेतले विश्लेषक भरत दाहाललाई पक्राउ गरेकोप्रति सरकारमाथि टिप्पणी गरेका छन्। आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले प्रधानमन्त्री बालेन शाहको सचिवालयको निर्देशनमा दाहाललाई गरिएको आरोप लगाउँदै आपत्ति जनाएका हुन्। उनले ‘ग्रे जोन’ मिडियामा प्रधानमन्त्रीसहितको नाम जोडर सार्वजनिक समाचारको विषयमा टिप्पणी गरेकै भरमा गिरफ्तारी गरिएको भन्दै उक्त समाचारको खण्डन गर्न चुनौती पनि दिएका छन्। ‘भरत ...
: भोटेकोशी बाढीमा बेपत्ता भएकाहरूमध्ये १ हजार ४३६ जनाको शव फेला परेको छ। नेपाल प्रहरीका अनुसार आइतबार बिहान ११ बजेसम्म रसुवामा २२३, नुवाकोटमा २०३, धादिङमा ७२, चितवनमा ३६५, गोरखामा ७९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३२ र नवलपरासी पश्चिममा २२२ गरी एक हजार ४३४ शव फेला परेका हुन् । फेला परेका शव पहिचानका लागि ‘डिएनए’ नमूना ...
। सरकारले जेनजी आन्दोलनका घाइतेलाई निःशुल्क कानुनी सहायता उपलब्ध गराउने भएको छ । यसका लागि निःशुल्क कानुनी सहायता सम्बन्धी ऐनमा संशोधन गरिँदै छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले यही असोज २ गते प्रतिनिधिसभामा दर्ता गरेको विधेयकको दफा ४ मा निःशुल्क कानुनी सहायता उपलब्ध गराइने असमर्थ व्यक्तिहरू सम्बन्धी व्यवस्था छ । जसमा जेनजी आन्दोलनका ...
। सरकारले निःशुल्क कानुनी सहायतामा वार्षिक १३ करोड बढी खर्च गर्ने भएको छ । यस्तो योजनासहित कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक २०८३’ ल्याएकी छन् । यही असोज २ गते प्रतिनिधिसभामा दर्ता भएको विधेयकमा असमर्थ पक्षलाई उपलब्ध गराइने कानुनी सहायता संघ, प्रदेश र स्थानीय तह गरी तीनवटै तहबाट समन्वयात्मक ढंगबाट ...
: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्रकारलाई प्रश्न सोध्दा पत्रकारिताको मर्यादा र अभ्यास पालना गर्न सुझाव दिएका छन्। आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले प्रश्न सोध्नुअघि अनुमति लिनुपर्ने र समाचार प्रकाशित गर्नुअघि सम्बन्धित व्यक्तिसँग सोध्नुपर्ने बताए। ‘पत्रकारिताको के नियम हुन्छ भने,तपाईँसँग प्रश्न सोध्न सक्छु भनेर प्रश्न सोधिन्छ। प्रश्न सोधिसकेपछि ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम