मुख्य समाचार
रसुवा–भोटेकोशी बाढीका कारण क्षतविक्षत भएको सडक सम्पर्क पुन:स्थापित गर्ने प्रयास जारी
रसुवा–भोटेकोशी बाढीका कारण क्षतविक्षत भएको सडक सम्पर्क पुन:स्थापित गर्ने प्रयास जारी

। गत १० भदौको रसुवा–भोटेकोशी बाढीका कारण क्षतविक्षत भएको सडक सम्पर्क पुन:स्थापित गर्ने प्रयास जारी छ । दलदले माटो पन्छाउँदै र चट्टानयुक्त क्षेत्र खोस्रिँदै सडक सम्पर्क पुन:स्थापित गर्न सडक विभागका कर्मचारी तथा सुरक्षाकर्मी सक्रिय छन् ।

भदौ १० गते भोटेकोशीमा आएको बाढीले नुवाकोट, रसुवा र धादिङ क्षेत्रमा पर्ने सडक, पुल, गाउँ र बजार क्षेत्र तहसनहस पारेको थियो । हाल डोजर र एक्स्काभेटर प्रयोग गरी ढुंगे–बेत्रावती खण्डमा सडक सम्पर्क पुन:स्थापित गर्ने प्रयास भइरहेको छ ।

सडक विभागका उपमहानिर्देशक एवम् प्रवक्ता शुभराज न्यौपानेका अनुसार नुवाकोटको गेर्खुटारसम्मको सडक पुन:स्थापित भइसकेको छ । सातबिसे भन्ने ठाउँमा डेढ किलोमिटर सडक खण्ड क्षतविक्षत भएको छ । हाल उत्तरगया मावि र बेत्रावती बिचको खण्डमा काम भइरहेको छ । यो खण्डमा करिब पाँच सय मिटर सडक बगेको छ ।

‘यहाँ बाढीले पहाडको एउटा भाग नै भत्काएकाले भौगोलिक रुपमा यो खण्डमा काम गर्न त्यति सजिलो छैन । यद्यपि बेत्रावती र भैँसे दुवैतर्फबाट मेसिन परिचालन गरेर काम गरिरहेका छौं,’ सडक विभागका उपमहानिर्देशक एवम् प्रवक्ता शुभराज न्यौपानेले अनलाइनखबरसँग भने ।

उनका अनुसार रसुवा र नुवाकोट जोड्ने फलाखु खोलामा ७५ मिटर लामो बेलिब्रिज राख्ने तयारी भइरहेको छ । त्यसका लागि सडक विभागले फाउन्डेसन तयार पारिसकेको छ । यहाँ बेलिब्रिज राखेपछि धुन्चेसम्म सडक सम्पर्क पुन:स्थापित हुनेछ ।

‘फलाखु खोलामा बेलिब्रिज राख्न फाउन्डेसन तयार पार्ने, बिलिब्रिजका पार्टस् ढुवानी गर्ने, मेसिन उपकरण उपलब्ध गराउने सबै खर्च हामी गर्छौं, जोड्ने काम भने नेपाली सेनाले गर्छ, किनभने यसको विशेषज्ञता नेपालीसँग छ,’ न्यौपानेले भने ।

फलाखु खोलामा बेलिब्रिज राखियो भने रसुवा सदरमुकाम धुन्चेदेखि तलसम्म सडक सम्पर्क स्थापित हुने उनले बताए ।



त्यसपछि स्याफ्रुबेसी, धुन्चे हुँदै रसुवागढीतर्फको सडक खुलाउने काम सुरु हुने छ । स्याफ्रुबेसीतर्फ अध्ययन टोली र मेसिन उपकरण परिचालित भइसकेको उनले जानकारी दिए ।

उनले भने, ‘प्रारम्भिक अध्ययनमा तल्लो स्याफ्रुबेसी, चिलिमे र माथिल्लो स्याफ्रुबेसी गरी तीन ठाउँमा बेलिब्रिज राख्नैपर्ने देखिएको छ । यहाँ बेलिब्रिज राखियो भने रसुवागढी नाकासम्मै सडक सम्पर्क पुन:स्थापित हुने छ ।’

सडक सम्पर्क पुन:स्थापित गर्न चीनले दुईवटा र भारतले एउटा बेलिब्रिज सहयोग गरेका छन् । यी बाहेक नेपाली सेना र सडक विभागसँग रहेका बेलिब्रिज पनि प्रयोग गरिने छ ।

गल्छीदेखि रसुवागढी नाकासम्मको सडक खुलाउने र धादिङ सदरमुकामलाई त्रिशूलीमा पुल राखेर सिधा सडक सम्पर्कमा जोड्ने काम दशैंभित्र सक्ने गरी प्रयास भइरहेको सडक विभागका कर्मचारीहरू बताउँछन् । विभागका अनुसार पुल र सडक पुनर्निर्माणमा ५० अर्ब रुपैयाँ खर्च लाग्ने प्रारम्भिक अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा एमालेका सचिव महेश बस्नेतले विश्लेषक भरत दाहाललाई पक्राउ गरेकोप्रति सरकारमाथि टिप्पणी गरेका छन्। आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले प्रधानमन्त्री बालेन शाहको सचिवालयको निर्देशनमा दाहाललाई गरिएको आरोप लगाउँदै आपत्ति जनाएका हुन्। उनले ‘ग्रे जोन’ मिडियामा प्रधानमन्त्रीसहितको नाम जोडर सार्वजनिक समाचारको विषयमा टिप्पणी गरेकै भरमा गिरफ्तारी गरिएको भन्दै उक्त समाचारको खण्डन गर्न चुनौती पनि दिएका छन्। ‘भरत ...
: भोटेकोशी बाढीमा बेपत्ता भएकाहरूमध्ये १ हजार ४३६ जनाको शव फेला परेको छ। नेपाल प्रहरीका अनुसार आइतबार बिहान ११ बजेसम्म रसुवामा २२३, नुवाकोटमा २०३, धादिङमा ७२, चितवनमा ३६५, गोरखामा ७९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३२ र नवलपरासी पश्चिममा २२२ गरी एक हजार ४३४ शव फेला परेका हुन् । फेला परेका शव पहिचानका लागि ‘डिएनए’ नमूना ...
। सरकारले जेनजी आन्दोलनका घाइतेलाई निःशुल्क कानुनी सहायता उपलब्ध गराउने भएको छ । यसका लागि निःशुल्क कानुनी सहायता सम्बन्धी ऐनमा संशोधन गरिँदै छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले यही असोज २ गते प्रतिनिधिसभामा दर्ता गरेको विधेयकको दफा ४ मा निःशुल्क कानुनी सहायता उपलब्ध गराइने असमर्थ व्यक्तिहरू सम्बन्धी व्यवस्था छ । जसमा जेनजी आन्दोलनका ...
। सरकारले निःशुल्क कानुनी सहायतामा वार्षिक १३ करोड बढी खर्च गर्ने भएको छ । यस्तो योजनासहित कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक २०८३’ ल्याएकी छन् । यही असोज २ गते प्रतिनिधिसभामा दर्ता भएको विधेयकमा असमर्थ पक्षलाई उपलब्ध गराइने कानुनी सहायता संघ, प्रदेश र स्थानीय तह गरी तीनवटै तहबाट समन्वयात्मक ढंगबाट ...
: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्रकारलाई प्रश्न सोध्दा पत्रकारिताको मर्यादा र अभ्यास पालना गर्न सुझाव दिएका छन्। आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले प्रश्न सोध्नुअघि अनुमति लिनुपर्ने र समाचार प्रकाशित गर्नुअघि सम्बन्धित व्यक्तिसँग सोध्नुपर्ने बताए। ‘पत्रकारिताको के नियम हुन्छ भने,तपाईँसँग प्रश्न सोध्न सक्छु भनेर प्रश्न सोधिन्छ। प्रश्न सोधिसकेपछि ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम