मुख्य समाचार
'चाइना फोरम अन इन्टरनेशनल लिगल कोअपरेशन, २०२६' मा सहभागी हुन प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान
'चाइना फोरम अन इन्टरनेशनल लिगल कोअपरेशन, २०२६' मा सहभागी हुन प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान

: प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा चाइना प्रस्थान गरेका छन्। 'चाइना फोरम अन इन्टरनेशनल लिगल कोअपरेशन, २०२६' मा सहभागी हुन प्रधानन्यायाधीश शर्मा आइतबार चीन प्रस्थान गरेका हुन्।

चीन कानुन समाजद्वारा आयोजित उक्त कार्यक्रममा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानन्यायाधीश शर्मा चीनको ग्वान्झाउ प्रस्थान गरेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए।

प्रधान्यायाधीश शर्मा नेतृत्वको भ्रमण दलमा उनकी पत्नि उमा शर्मा,मुख्यरजिष्ट्रार विमल पौडेल र उपरजिष्ट्रार राजेन्द्र पौडेल सहभागी छन् । प्रधानन्यायाधीश शर्मा यही असोज ८ गते स्वदेश फर्किने कार्यसूची छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सप्तरीबाट करिब २० क्विन्टल गाँजाजस्तो देखिने पदार्थसहित दुईजना पक्राउ परेका छन्। सप्तरी डाक्नेश्वरी नगरपालिका -६ फतेपुर टोलमा भण्डारण गरी राखिएको अवस्थामा करिब २० क्विन्टल (२ हजार केजी) गाँजाजस्तो देखिने पदार्थ बरामद भएको हो । गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको टोलीले भोला सदा र मंगल मुखियाको घरमा खानतलासी गरेको थियो । सो ...
: छथर जोरपाटी गाउँपालिका वडा नं ३ बन्चरेमा सुमो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । आइतबार बिहान करिब ८:१५ बजे काजीमानेबाट धनकुटातर्फ आउँदै गरेको को १ ज २४९४ नम्बरको सुमो काजीमाने–धनकुटा भित्री सडकखण्डमा ब्रेक फेल भई सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले ...
। पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्रकारहरूले प्रश्न सोध्दा पत्रकारिताको मर्यादा र अभ्यासलाई ध्यान दिन सुझाव दिएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा नेकपा एमाले निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ओलीले प्रश्न सोध्नुअघि अनुमति लिनुपर्ने र प्रकाशित गर्नुअघि पनि सम्बन्धित व्यक्तिलाई जानकारी गराउनुपर्ने अन्तर्राष्ट्रिय अभ्यास पालना ...
: काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा सञ्चालन गर्न ९ वटा स्थानीय तह एउटै कार्यक्रममा आवद्ध भएका छन्। काठमाडौं महानगरपालिकाको नेतृत्वमा साझा यातायातसँग सहकार्य गरेर वैशाख १ गतेबाट सुरु परीक्षणका रुपमा सञ्चालन गरिएको रात्रिकालीन यातायात सेवालाई विस्तार गरेर अगाडि बढाउन आवश्यकताका आधारमा दायित्व वहन गर्ने गरी स्थानीय तहहरु साझा कार्यक्रममा आवद्ध भएका हुन्। रातको समयमा आवतजावत ...
। नेकपा एमालेका सचिव महेश बस्नेतले विश्लेषक भरत दाहाललाई पक्राउ गरेकोप्रति सरकारमाथि टिप्पणी गरेका छन्। आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले प्रधानमन्त्री बालेन शाहको सचिवालयको निर्देशनमा दाहाललाई गरिएको आरोप लगाउँदै आपत्ति जनाएका हुन्। उनले ‘ग्रे जोन’ मिडियामा प्रधानमन्त्रीसहितको नाम जोडर सार्वजनिक समाचारको विषयमा टिप्पणी गरेकै भरमा गिरफ्तारी गरिएको भन्दै उक्त समाचारको खण्डन गर्न चुनौती पनि दिएका छन्। ‘भरत ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम