मुख्य समाचार
ईभी हाईस गाडीमा आगलागी
ईभी हाईस गाडीमा आगलागी

: पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दियाको बारबर्दिया नगरपालिका–७ रम्भापुरस्थित ५ नम्बर चोकमा ईभी हाईस गाडीमा आगलागी भएको छ। बाँकेको कोहलपुरबाट कैलालीतर्फ जाँदै गरेको सु.प.प्र. ०१–००२ ज ४३३ नम्वरको भाडाको ईभी हाईस गाडीमा गुडिरहेको अवस्थामा एक्कासी आगलागी भएको हो।

कैलालीको धनगढी उपमहानगरपालिका–३ का ३८ वर्षीय नरेन्द्र नेगीले चलाएको भाडाको ईभी हाईस गाडीमा गुडिरहेको अवस्थामा एक्कासी आगलागी भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक रेशम बोहोराले बताए। गाडीमा चालक र सहचालक मात्र भएको र कुनै पनि मानविय क्षती नभएको बताइएको छ।

गाडीमा भएको कागजपत्र तथा नगद ४२ हजार रुपैयाँ जलेर नष्ट भएको छ। ठाकुरबाबा नगरपालिकाको दमकलको सहायताले आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। गाडी फोटन कम्पनीको रहेको बताइएको छ। एकपछि अर्को गरी ईभी गाडीहरुमा आगलागी हुने थालेपछि अहिले ईभी गाडीको सुरक्षामाथि प्रश्न उठ्न थालेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: जीतपुरसिमरा उपमहानगरपालिका-२ मा शनिबार साँझ भएको चक्कु प्रहार तथा हत्या प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका ६ जनाको नाम प्रहरीले सार्वजनिक गरेको छ। ३५ वर्षीय स्थानीय धिरज भनिने शेरबहादुर खड्काको हत्या प्रकरणमा प्रहरीले मुख्य अभियुक्त जीतपुरसिमरा उपमहानगरपालिका-१६ का आयुश राईसहित पाँच जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार जीतपुरसिमरा-१६ की ४३ वर्षीया ...
: बाँकेमा १०७ ग्राम ५५० मिलिग्राम खैरोहेरोइनसहित श्रीमान–श्रीमती पक्राउ परेका छन्। पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका–१३ का ३० वर्षीय देशराज चौहान (लोनिया) र उनकी श्रीमती २५ वर्षीया पुजा लोनिया रहेका छन्। खैरो हेरोइने बिक्रि गरिरहेको अवस्थामा उनीहरुलाई लागूऔषध नियन्त्रण ब्यूरो नेपालगञ्जबाट खटिएको टोलीलले नेपालगञ्ज उपमहानगरपालिका–२ बाट पक्राउ गरिएको हो। उनीहरुको साथबाट खैरो हेरोइनसहित २ थान मोबाइल र ...
: नेपाल–चीन सीमा क्षेत्रमा देखिएका समस्या र सम्भावित जोखिमबारे ताक्लाकोटमा भएको अनौपचारिक छलफलपछि हुम्लाको टोली स्वदेश फर्किएको छ। चार दिनसम्म चलेको छलफलमा हिमतालबाट हुन सक्ने विपद्को जोखिम न्यूनीकरणदेखि सीमा व्यापार, आवागमन र सीमाक्षेत्रका नागरिकका समस्या समाधानसम्मका विषयमा दुई पक्षबीच छलफल भएको हो। चीनतर्फ रहेका पाँच वटा हिमतालको प्राविधिक अध्ययन गरी सक्ने सम्भावित जोखिमको अवस्था पहिचान गर्ने विषय ...
: फागुन २१ को निर्वाचनमा लज्जास्पद हारपछि एमालेमा तातेको पार्टी पुनर्गठनको बहस तत्काललाई थाती राखिएको छ। आइतबार बसेको सचिवालय बैठकले पुनर्गठनको मुद्दा थाती राख्दै राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक बोलाउने निर्णय गरेको हो। बैठकले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए। उनले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले बुझाएको ...
। वसन्तपुर दरबार स्क्वायरमा इन्द्रजात्राको तयारी भइरहेको छ। हरेक वर्ष हुने यस जात्राका लागि रथ निर्माण, सरसफाइ लगायतका काम भइरहेको छ । दरबार स्क्वायर परिसरमा रहेका काष्ठमण्डप, कुमारी घर, शिवपार्वती मन्दिर लगायत सम्पदामा रङरोगन गर्ने र रातो ध्वजा फेर्ने काम पनि भइरहेको छ। खास गरी नेवारी समुदायले मनाउने यो पर्व काठमाडौंसहित ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम