मुख्य समाचार
नेपाल–चीन सीमा क्षेत्रमा देखिएका समस्या र सम्भावित जोखिमबारे ताक्लाकोटमा भएको अनौपचारिक छलफल
नेपाल–चीन सीमा क्षेत्रमा देखिएका समस्या र सम्भावित जोखिमबारे ताक्लाकोटमा भएको अनौपचारिक छलफल

: नेपाल–चीन सीमा क्षेत्रमा देखिएका समस्या र सम्भावित जोखिमबारे ताक्लाकोटमा भएको अनौपचारिक छलफलपछि हुम्लाको टोली स्वदेश फर्किएको छ।

चार दिनसम्म चलेको छलफलमा हिमतालबाट हुन सक्ने विपद्को जोखिम न्यूनीकरणदेखि सीमा व्यापार, आवागमन र सीमाक्षेत्रका नागरिकका समस्या समाधानसम्मका विषयमा दुई पक्षबीच छलफल भएको हो।

चीनतर्फ रहेका पाँच वटा हिमतालको प्राविधिक अध्ययन गरी सक्ने सम्भावित जोखिमको अवस्था पहिचान गर्ने विषय छलफलको महत्वपूर्ण एजेन्डा बनेको हुम्लाका प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंले बताए। जोखिम न्यूनीकरणका लागि दुवै देशका स्थानीय अधिकारीले आ–आफ्ना संघीय सरकारसँग आवश्यक पहल गर्ने विषयमा छलफल भएको उनको भनाइ छ।

रसुवाको भोटेकोशी आएको बाढीबाट भएको क्षतिपछि हिमतालबाट उत्पन्न हुन सक्ने जोखिमप्रति चिनियाँ पक्षले चासो देखाएको थियो। त्यसैलाई आधार बनाएर ताक्लाकोटका स्थानीय अधिकारीको पहलमा हिमताल तथा विपद् जोखिमबारे छलफल गरिएको हो।छलफलमा नेपाली पक्षले हिल्सा क्षेत्रमा देखिँदै आएका सीमा तथा व्यापारसम्बन्धी समस्या पनि उठाएको थियो। सीमा स्तम्भको व्यवस्थापन, नियमित सूचना आदान–प्रदानका लागि संयन्त्र निर्माण, हिल्सास्थित मितेरी पुल सञ्चालन तथा हिल्सा–सिमकोट सडक स्तरोन्नतिका विषय नेपाली पक्षले प्राथमिकताका साथ राखेको थियो।

त्यस्तै, अवैध वस्तुको आयात–निर्यात नियन्त्रणसँगै कृषि तथा पशुजन्य वस्तुको निर्यात सहजीकरण, सीमापासको व्यवस्था र व्यापार मेला सञ्चालनका विषयमा पनि छलफल भएको प्रमुख जिल्ला अधिकारी गुरागाईंले जानकारी दिए। सीमावर्ती नेपाली नागरिकलाई ताक्लाकोटमा उपचारको सुविधा उपलब्ध गराउने तथा सीमाक्षेत्रमा हुने गतिविधिबारे नियमित समन्वय गर्ने विषयसमेत नेपाली पक्षले राखेको थियो। आगामी वर्ष ताक्लाकोटका स्थानीय अधिकारीलाई हुम्ला भ्रमणका लागि निमन्त्रणा गरिएको छ ।

नेपाली पक्षबाट उठाइएका स्थानीयस्तरबाटै समाधान गर्न सकिने विषय तत्काल कार्यान्वयन गर्ने र केन्द्रबाट निर्णय आवश्यक पर्ने विषय सम्बन्धित माथिल्लो निकायमा पठाउने प्रतिबद्धता चिनियाँ पक्षले जनाएको प्रजिअ गुरागाईंले बताए। नेपाल–चीन सीमावर्ती क्षेत्रबीच सुरक्षा, विपद् व्यवस्थापन, व्यापार तथा नागरिक आवागमनका विषयमा स्थानीयस्तरमै संवाद र समन्वय बढाउने प्रयासका रूपमा यो छलफललाई हेरिएको छ ।

चिनियाँ सरकारको निमन्त्रणामा सेप्टेम्बर १४ देखि १७ तारिखसम्म पुलान काउन्टीमा भएको छलफलमा हुम्लाका प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईं, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शंकर खड्का, सशस्त्र प्रहरी बलका प्रहरी नायब निरीक्षक नन्दबहादुर साउद र नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामा सहभागी हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: जीतपुरसिमरा उपमहानगरपालिका-२ मा शनिबार साँझ भएको चक्कु प्रहार तथा हत्या प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका ६ जनाको नाम प्रहरीले सार्वजनिक गरेको छ। ३५ वर्षीय स्थानीय धिरज भनिने शेरबहादुर खड्काको हत्या प्रकरणमा प्रहरीले मुख्य अभियुक्त जीतपुरसिमरा उपमहानगरपालिका-१६ का आयुश राईसहित पाँच जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार जीतपुरसिमरा-१६ की ४३ वर्षीया ...
: बाँकेमा १०७ ग्राम ५५० मिलिग्राम खैरोहेरोइनसहित श्रीमान–श्रीमती पक्राउ परेका छन्। पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका–१३ का ३० वर्षीय देशराज चौहान (लोनिया) र उनकी श्रीमती २५ वर्षीया पुजा लोनिया रहेका छन्। खैरो हेरोइने बिक्रि गरिरहेको अवस्थामा उनीहरुलाई लागूऔषध नियन्त्रण ब्यूरो नेपालगञ्जबाट खटिएको टोलीलले नेपालगञ्ज उपमहानगरपालिका–२ बाट पक्राउ गरिएको हो। उनीहरुको साथबाट खैरो हेरोइनसहित २ थान मोबाइल र ...
: फागुन २१ को निर्वाचनमा लज्जास्पद हारपछि एमालेमा तातेको पार्टी पुनर्गठनको बहस तत्काललाई थाती राखिएको छ। आइतबार बसेको सचिवालय बैठकले पुनर्गठनको मुद्दा थाती राख्दै राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक बोलाउने निर्णय गरेको हो। बैठकले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए। उनले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले बुझाएको ...
: पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दियाको बारबर्दिया नगरपालिका–७ रम्भापुरस्थित ५ नम्बर चोकमा ईभी हाईस गाडीमा आगलागी भएको छ। बाँकेको कोहलपुरबाट कैलालीतर्फ जाँदै गरेको सु.प.प्र. ०१–००२ ज ४३३ नम्वरको भाडाको ईभी हाईस गाडीमा गुडिरहेको अवस्थामा एक्कासी आगलागी भएको हो। कैलालीको धनगढी उपमहानगरपालिका–३ का ३८ वर्षीय नरेन्द्र नेगीले चलाएको भाडाको ईभी हाईस गाडीमा गुडिरहेको अवस्थामा एक्कासी आगलागी भएको जिल्ला प्रहरी ...
। वसन्तपुर दरबार स्क्वायरमा इन्द्रजात्राको तयारी भइरहेको छ। हरेक वर्ष हुने यस जात्राका लागि रथ निर्माण, सरसफाइ लगायतका काम भइरहेको छ । दरबार स्क्वायर परिसरमा रहेका काष्ठमण्डप, कुमारी घर, शिवपार्वती मन्दिर लगायत सम्पदामा रङरोगन गर्ने र रातो ध्वजा फेर्ने काम पनि भइरहेको छ। खास गरी नेवारी समुदायले मनाउने यो पर्व काठमाडौंसहित ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम