मुख्य समाचार
सरकारले १३ मुलुकका लागि मापदण्डविपरीत राजदूत सिफारिस गरेको भन्दै आपत्ति
सरकारले १३ मुलुकका लागि मापदण्डविपरीत राजदूत सिफारिस गरेको भन्दै आपत्ति

: राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्रबहादुर शाहीले सरकारले १३ मुलुकका लागि मापदण्डविपरीत राजदूत सिफारिस गरेको भन्दै आपत्ति जनाएका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाहीले सरकारले राजदूत नियुक्तिका लागि आफैंले मापदण्ड तोके पनि त्यसविपरीत राजदूत सिफारिस गरेको आरोप लगाए। उनले सिफारिस भएका धेरैजसो अन्तर्राष्ट्रिय संस्थागत जोडिएका पृष्ठभूमिका व्यक्तिहरू रहेको भन्दै उनले सरकारमाथि प्रश्न उठाए।

‘सरकारले आफैंले बनाएको मापदण्ड किन लागू गर्न सकेन ? यसलाई सुशासन भनिँदैन,यो कुशासन हो,'उनले भने,' यस्तो के आपत्ति आइलाग्यो ? यो दुईवटा कारणले आउन सक्छ- विदेशी दबाब कि अर्बौंको चलखेल। यसको जवाफ चाहिन्छ।’

गत शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले डा. कल्याणराज शर्मा, चीन , चिरनजंग थापा, संयुक्त राज्य अमेरिका, पूर्वप्रधानसेनापति गौरव शम्शेर जंगबहादुर राणा, बेलायत,५. जिग्यान कुमार थापा, जापान, सुरेशकुमार कर्ण, इजरायल, प्राप्ति शेरचन, स्पेन, सरू जोशी, जर्मनी, डा. पद्माक्षी राणा, ओमान, १०. चूडामणि खरेल, मलेसिया, प्रा. डा. सङ्गम श्रेष्ठ, दक्षिण कोरिया, डा. मंचल झा, श्रीलंका,. गिरीबहादुर सुनार साउदी अरेबियाका लागि राजदूत सिफारिस गरेको हो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: प्रधानमन्त्री बालेन शाहसँग प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूले भेट गरेका छन्। सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालय,सिंहदरबारमा उनीहरूबीच भेटवार्ता भएको हो। संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्न जानुअघि आवश्यक छलफलका लागि प्रधानमन्त्री बालेनले प्रमुख प्रतिपक्षी दलका प्रतिनिधिलाई बोलाएका हुन्। छलफलमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेसँगै विश्वप्रकाश शर्मा पनि उपस्थित थिए। प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन ...
: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विक्रम सिंह थापाले गृह प्रशासन देशको सबैभन्दा प्रमुख प्रशासनिक क्षेत्र रहेको बताएका छन्। राष्ट्रिय सेवा दल विधेयकमाथि भएको छलफलमा आफ्नो कुरा राख्दै उनले गृह प्रशासनलाई पनि समेट्नुपर्ने बताए। विधेयकप्रति समर्थन जनाउँदै उनले दफा ६ मा व्यवस्था गरिएको समितिमा गृह प्रशासनलाई पनि सदस्यका रूपमा राख्नुपर्ने सुझाव दिए। उक्त समितिमा रक्षामन्त्री अध्यक्ष तथा ...
: अर्थ समितिका सभापति डा.कृष्णहरि बुढाथोकीले भोटेकोशी बाढीमा बेपत्ता भएका र मृतकका परिवारका लागि आर्थिक सहायता कार्यक्रम तत्काल ल्याउन सरकारलाई ध्यानाकर्षण गराएका छन्। आज प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद बुढाथोकीले परिवारको सहारा र आम्दानीको स्रोत गुमाएकाले आवश्यकताअनुसार विशेष आर्थिक प्याकेज, रोजगारी तथा आयआर्जनका अवसर सिर्जना गर्नु राज्यको दायित्व भएको बताएका हुन्। उनले रामेछापका ४५ जनासहित देशभरका ...
: शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले अखिल नेपाल फुटबल संघ (एन्फा)को निलम्बन फुकुवाका लागि नेपाल सरकारले पहल गरिरहेको बताएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा मन्त्री पोखरेलले फिफाले २४ जुन २०२६ मा एन्फालाई अर्को सूचना नभएसम्म निलम्बन गरेको उल्लेख गर्दै निलम्बन फुकुवाका लागि उच्चस्तरीय पहल भइरहेको बताएका हुन्। निर्देशन पालना नगरी साधारण सभा तथा निर्वाचन प्रक्रिया ...
: प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले रसुवा बाढीका कारण प्रभावित बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारलाई निर्देशन दिएको छ। सिंहदरबारमा सोमबार बसेको समिति बैठकले जोखिमयुक्त भौगोलिक तथा नदीतटीय क्षेत्रका बस्तीहरूको प्राविधिक अध्ययन र नक्सांकन गरी प्रभावित बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न निर्देशन दिएको हो। बैठकले आपत्कालीन प्रशासनिक कार्यलाई छिटो, सरल र पारदर्शी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम