मुख्य समाचार
कारोबार अवरुद्धपछि सेबोनको नेप्सेलाई निर्देशन-एकहप्ताभित्र सुधारसहितको प्रतिवेदन पेश गर्नू
कारोबार अवरुद्धपछि सेबोनको नेप्सेलाई निर्देशन-एकहप्ताभित्र सुधारसहितको प्रतिवेदन पेश गर्नू

: नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा प्राविधिक समस्याका कारण धितोपत्र कारोबार स्थगित भएपछि नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पाँच सदस्यीय निरीक्षण टोली खटाएको छ।

बोर्डले नेप्सेको कारोबार अवरुद्ध हुनुको कारण पहिचान गर्न उपकार्यकारी निर्देशकको नेतृत्वमा पाँच सदस्यीय निरीक्षण टोली खटाएको जनाएको छ।

नेपालमा धितोपत्रको दोस्रो बजार सञ्चालन गर्ने नेप्सेबाट आइतबार बिहानदेखि धितोपत्र दलाल व्यवसायीको कारोबारसम्बन्धी सर्भर राखिएको डाटा सेन्टरमा प्राविधिक समस्या आएको जानकारी प्राप्त भएको बोर्डले जनाएको छ। उक्त समस्याका कारण सोमबार कारोबार स्थगित गरिएको थियो।




बोर्डका अनुसार धितोपत्र दलाल व्यवसायीको कार्य गर्ने अनुमतिपत्र प्राप्त ९२ कम्पनीमध्ये ७२ वटा व्यवसायीहरुको सर्भर राखिएको डाटा सेन्टरमा प्राविधिक समस्या आएको हो। यस विषयमा बोर्डको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नेप्सेलाई आवश्यक अध्ययन तथा जाँचबुझ गरी यस्ता घटना पुनः दोहोरिन नदिन गर्नुपर्ने सुधारसहितको प्रतिवेदन असोज १२ गतेभित्र पेस गर्न निर्देशन दिइएको छ।

बोर्डले नेप्सेबाट जानकारी प्राप्त हुनासाथ प्राविधिकलगायतका समस्या पहिचान गरी कारोबार सञ्चालनमा अवरोध आउनुको कारण पत्ता लगाउन निरीक्षण टोली खटाएको जनाएको छ।

निरीक्षण टोलीले पेस गर्ने सुझावका आधारमा आगामी दिनमा नेपालको धितोपत्र बजारलाई स्वच्छ,सुरक्षित एवं पारदर्शी बनाउन थप कार्यक्रम अघि बढाइने बोर्डले प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: प्रधानमन्त्री बालेन शाहसँग प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूले भेट गरेका छन्। सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालय,सिंहदरबारमा उनीहरूबीच भेटवार्ता भएको हो। संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्न जानुअघि आवश्यक छलफलका लागि प्रधानमन्त्री बालेनले प्रमुख प्रतिपक्षी दलका प्रतिनिधिलाई बोलाएका हुन्। छलफलमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेसँगै विश्वप्रकाश शर्मा पनि उपस्थित थिए। प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन ...
: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विक्रम सिंह थापाले गृह प्रशासन देशको सबैभन्दा प्रमुख प्रशासनिक क्षेत्र रहेको बताएका छन्। राष्ट्रिय सेवा दल विधेयकमाथि भएको छलफलमा आफ्नो कुरा राख्दै उनले गृह प्रशासनलाई पनि समेट्नुपर्ने बताए। विधेयकप्रति समर्थन जनाउँदै उनले दफा ६ मा व्यवस्था गरिएको समितिमा गृह प्रशासनलाई पनि सदस्यका रूपमा राख्नुपर्ने सुझाव दिए। उक्त समितिमा रक्षामन्त्री अध्यक्ष तथा ...
: अर्थ समितिका सभापति डा.कृष्णहरि बुढाथोकीले भोटेकोशी बाढीमा बेपत्ता भएका र मृतकका परिवारका लागि आर्थिक सहायता कार्यक्रम तत्काल ल्याउन सरकारलाई ध्यानाकर्षण गराएका छन्। आज प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद बुढाथोकीले परिवारको सहारा र आम्दानीको स्रोत गुमाएकाले आवश्यकताअनुसार विशेष आर्थिक प्याकेज, रोजगारी तथा आयआर्जनका अवसर सिर्जना गर्नु राज्यको दायित्व भएको बताएका हुन्। उनले रामेछापका ४५ जनासहित देशभरका ...
: शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले अखिल नेपाल फुटबल संघ (एन्फा)को निलम्बन फुकुवाका लागि नेपाल सरकारले पहल गरिरहेको बताएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा मन्त्री पोखरेलले फिफाले २४ जुन २०२६ मा एन्फालाई अर्को सूचना नभएसम्म निलम्बन गरेको उल्लेख गर्दै निलम्बन फुकुवाका लागि उच्चस्तरीय पहल भइरहेको बताएका हुन्। निर्देशन पालना नगरी साधारण सभा तथा निर्वाचन प्रक्रिया ...
: प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले रसुवा बाढीका कारण प्रभावित बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारलाई निर्देशन दिएको छ। सिंहदरबारमा सोमबार बसेको समिति बैठकले जोखिमयुक्त भौगोलिक तथा नदीतटीय क्षेत्रका बस्तीहरूको प्राविधिक अध्ययन र नक्सांकन गरी प्रभावित बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न निर्देशन दिएको हो। बैठकले आपत्कालीन प्रशासनिक कार्यलाई छिटो, सरल र पारदर्शी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम