मुख्य समाचार
सर्वोच्च अदालतले पक्राउ परेका सबैलाई अनिवार्य हतकडी नलगाउन अन्तरिम आदेश
सर्वोच्च अदालतले पक्राउ परेका सबैलाई अनिवार्य हतकडी नलगाउन अन्तरिम आदेश

: सर्वोच्च अदालतले पक्राउ परेका सबैलाई अनिवार्य हतकडी नलगाउन अन्तरिम आदेश दिएको छ।

न्यायाधीशद्वय नहकुल सुवेदी र शान्तिसिंह थापाको संयुक्त इजलासले सोमबार हतकडी लगाउनैपर्ने अवस्था नदेखिएका व्यक्तिका हकमा अन्यथा कानुनी व्यवस्था वा मापदण्ड नबनेसम्म पक्राउ परेका हरेक व्यक्तिलाई यान्त्रिक तवरले अनिवार्य रूपमा हतकडी लगाउने कार्य नगर्न, नगराउन प्रहरी प्रधान कार्यालयलाई अन्तरिम आदेश दिएको हो।

रोशन आउजीसमेतले दायर गरेको रिट निवेदनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेतलाई विपक्षी बनाइएको थियो।

आदेशमा प्रचलित कानुनअनुसार पक्राउ परेका व्यक्तिलाई भाग्नबाट रोक्न वा पक्राउ गर्ने क्रममा आवश्यक बल प्रयोग गर्न सकिने व्यवस्था भए पनि हतकडी लगाउने वा नलगाउने सम्बन्धमा स्पष्ट कानुनी व्यवस्था, कार्यविधि वा मापदण्ड नरहेको उल्लेख छ।

अदालतले पक्राउ परेका व्यक्तिको हकमा हतकडी लगाउने कार्यलाई केवल सुरक्षात्मक उपायका रूपमा मात्र बुझ्नुपर्ने जनाएको छ। व्यक्तिको मौलिक हक र व्यक्तिगत स्वतन्त्रताको सम्मान गर्दै कानुनको शासनका न्यूनतम मान्यतासमेत पालना गर्नुपर्ने आदेशमा उल्लेख छ।

त्यस्तै कुनै व्यक्तिमाथि जाहेरी वा प्रतिवेदन परेकै आधारमा, पक्राउ पुर्जी जारी भएकै कारण वा आफूउपर अभियोग लागेकै आधारमा मात्र यान्त्रिक वा स्वचालित रूपमा हतकडी लगाउनु संवैधानिक तथा कानुनी व्यवस्थाको मर्मअनुकूल नहुने अदालतको ठहर छ।

अदालतले पक्राउ परेका व्यक्तिलाई भाग्न सक्ने जोखिम, निजको व्यवहार, आफू वा अरूलाई क्षति पुर्‍याउन सक्ने खतरा लगायतका वस्तुगत अवस्थाको विश्लेषण गरी हतकडी प्रयोग नगरी नहुने अपरिहार्य परिस्थिति देखिएमा मात्र त्यसको अभिलेख राखेर हतकडी लगाउन सकिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले विदाई भेट गरेका छन्। भेटका क्रममा सभामुख अर्यालले नेपालका लागि भारतीय राजदूतका रूपमा सफलतापूर्वक कार्यकाल सम्पन्न गरेकोमा श्रीवास्तवलाई बधाई तथा शुभकामना व्यक्त गरे। उनले राजदूत श्रीवास्तवको कार्यकालमा नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुगेको बताए। सभामुख अर्यालले पछिल्लो समय नेपालले सामना गरिरहेको विनाशकारी ...
: सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले विदाई भेट गरेका छन्। भेटका क्रममा सभामुख अर्यालले नेपालका लागि भारतीय राजदूतका रूपमा सफलतापूर्वक कार्यकाल सम्पन्न गरेकोमा श्रीवास्तवलाई बधाई तथा शुभकामना व्यक्त गरे। उनले राजदूत श्रीवास्तवको कार्यकालमा नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुगेको बताए। सभामुख अर्यालले पछिल्लो समय नेपालले सामना गरिरहेको विनाशकारी ...
: प्रधानमन्त्री बालेन शाहसँग प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूले भेट गरेका छन्। सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालय,सिंहदरबारमा उनीहरूबीच भेटवार्ता भएको हो। संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्न जानुअघि आवश्यक छलफलका लागि प्रधानमन्त्री बालेनले प्रमुख प्रतिपक्षी दलका प्रतिनिधिलाई बोलाएका हुन्। छलफलमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेसँगै विश्वप्रकाश शर्मा पनि उपस्थित थिए। प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन ...
: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विक्रम सिंह थापाले गृह प्रशासन देशको सबैभन्दा प्रमुख प्रशासनिक क्षेत्र रहेको बताएका छन्। राष्ट्रिय सेवा दल विधेयकमाथि भएको छलफलमा आफ्नो कुरा राख्दै उनले गृह प्रशासनलाई पनि समेट्नुपर्ने बताए। विधेयकप्रति समर्थन जनाउँदै उनले दफा ६ मा व्यवस्था गरिएको समितिमा गृह प्रशासनलाई पनि सदस्यका रूपमा राख्नुपर्ने सुझाव दिए। उक्त समितिमा रक्षामन्त्री अध्यक्ष तथा ...
: अर्थ समितिका सभापति डा.कृष्णहरि बुढाथोकीले भोटेकोशी बाढीमा बेपत्ता भएका र मृतकका परिवारका लागि आर्थिक सहायता कार्यक्रम तत्काल ल्याउन सरकारलाई ध्यानाकर्षण गराएका छन्। आज प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद बुढाथोकीले परिवारको सहारा र आम्दानीको स्रोत गुमाएकाले आवश्यकताअनुसार विशेष आर्थिक प्याकेज, रोजगारी तथा आयआर्जनका अवसर सिर्जना गर्नु राज्यको दायित्व भएको बताएका हुन्। उनले रामेछापका ४५ जनासहित देशभरका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम