मुख्य समाचार
सर्वोच्च अदालतले जोखिमपूर्ण अवस्थाबाहेक पक्राउ परेका सबै व्यक्तिहरूलाई हत्कडी नलगाउन प्रहरीका नाममा आदेश जारी
सर्वोच्च अदालतले जोखिमपूर्ण अवस्थाबाहेक पक्राउ परेका सबै व्यक्तिहरूलाई हत्कडी नलगाउन प्रहरीका नाममा आदेश जारी

। सर्वोच्च अदालतले जोखिमपूर्ण अवस्थाबाहेक पक्राउ परेका सबै व्यक्तिहरूलाई हत्कडी नलगाउन प्रहरीका नाममा आदेश जारी गरेको छ ।

पक्राउ परेको व्यक्तिले अपराध अनुसन्धानको सिलसिलामा तीन प्रकारको हानी गरेमा मात्रै हत्कडी लगाउनुपर्ने भन्दै सर्वोच्च अदालतले अरु अवस्थामा जो कोहीलाई हत्कडी नलगाउन आदेश दिएको हो ।

पक्राउ परेको व्यक्ति भाग्ने जोखिम भएमा, उसको व्यवहार हिंसात्मक भएमा र उसले आफू वा अरुलाई क्षति पुर्‍याउनसक्ने भएमा त्यसको बस्तुनिष्ठ विश्लेषण गरेर आवश्यक परेमा मात्रै हत्कडी लगाउनू भनेको हो ।

न्यायाधीशहरू डा. नहकुल सुवेदी र शान्तिसिंह थापाको इजलासले प्रहरी प्रधान कार्यालयको नाममा जारी गरेको आदेशमा भनिएको छ, ‘खतरासमेतको वस्तुनिष्ठ विश्लेषण गरी प्रहरी अधिकारीलाई कानूनले प्रदान गरेको जिम्मेवारी प्रभावकारी रूपमा सम्पादन गर्नका लागि हतकडी प्रयोग नगरी नहुने अपरिहार्य परिस्थिति देखिएमा मात्र सोको अभिलेख राखी हतकडी लगाउन सक्ने…..।’

सर्वोच्च अदालतले त्यसरी हत्कडी लगाउदा समेत अभिलेख राख्न प्रहरी अधिकारीहरूको नाममा आदेश दिएको छ । सर्वोच्चले हत्कडीको प्रयोग विरुद्ध परेको रिट निवेदनको अन्तिम टुंगो नलाग्दासम्म जो कोहीलाई मनमौजी रुपमा हत्कडी नलगाउन आदेश दिएको हो ।

जो कोही पक्राउ हुनासाथ हत्कडी लगाउने अभ्यास रहेको भन्दै सर्वोच्च अदालतले त्यस्तो काम संवैधानिक तथा कानुनी व्यवस्थाको मर्मको अनुकूल नहुने भनेको हो ।

प्रहरी ऐन, २०१२ तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ मा पक्राउ हुने व्यक्ति भाग्न खोजेमा वा जोरजुलुम गरेमा उम्कन नदिन आवश्यक बल प्रयोग गर्नसक्ने व्यवस्था छ । त्यही व्यवस्थाका आधारमा प्रहरीले पक्राउ हुने सबैलाई हत्कडी लगाएर राख्ने गरेका थिए । उनीहरूले पक्राउ परेकाहरूलाई अदालतको इजलासमा पुर्‍याउँदा मात्रै हत्कडी खोल्ने गरेका थिए ।

हत्कडीको गैरकानुनी प्रयोग भएको भन्दै विवेक चौधरी, रोशन आउजा र विकास यादवले सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाको न्युयोर्कमा परराष्ट्रमन्त्री शिशिर खनाल र भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेबीच भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको क्रममा तोग्बेसँग पराष्ट्रमन्त्री खनालको साइडलाइन वार्ता भएको हो । भेटको क्रममा प्रधानमन्त्री तोग्बेले नेपालमा हालै आएको बाढीका कारण भएको मानवीय क्षति र विनाशप्रति गहिरो दुःख व्यक्त गरे । साथै नेपाली जनताको दुःखमा भुटानको साथ रहेको उनले बताएका थिए । ...
। परराष्ट्रमन्त्री शिशिर खनालले युरोपेली संघ (ईयू) की कार्यकारी उपाध्यक्ष टेरेसा रिबेरासँग भेटवार्ता गरेका छन् । संयुक्त राष्ट्रसंघको मुख्यालय, न्युयोर्कमा जारी संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा भएको भेटवार्तामा नेपाल-ईयू साझेदारीका विभिन्न पक्षमा छलफल भएको छ । भेटमा परराष्ट्रमन्त्री खनालले भोटेकोशी बाढीपछि नेपालको कठिन परिस्थितिप्रति संवेदना र ऐक्यबद्धता व्यक्त गर्दै रिबेराले दिएको सन्देशप्रति कृतज्ञता व्यक्त गरेका थिए । त्यस ...
। कञ्चनपुरबाट १५ ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका–२ वाणीका ३१ वर्षीय हेमराज जोशी र भीमदत्त नगरपालिका–६ ऐठपुरका ४२ वर्षीय महेशप्रसाद भट्ट रहेका छन् । भीमदत्त नगरपालिका–१० गज्जरस्थित गौरीशंकर मन्दिरबाट उनीहरू दुवै जनालाई खैरो हेरोइनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट १५ दशमलव ६७ ग्राम खैरो हेरोइन बरामद ...
। प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिनका लागि प्रधानमन्त्री शाह ४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज साँझ त्यसतर्फ जान लागेका हुन् । प्रधानमन्त्री शाहले महासभामा ८ असोजमा सम्बोधन गर्ने कार्यक्रम छ । उनले भोटेकोशी बाढीका कारण ठूलो जनधनको क्षति भएपछि यसपटक जलवायु ...
। सर्वोच्च अदालतले राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी र श्रीकान्त पौडेलको इजलासले राहदानी विभागबाट भएको ठेक्कापट्टा र त्यसलाई सदर गर्ने सार्वजनिक खरिद पुनरावलोकन समितिको निर्णय कानुनसम्मत रहेको ठहर गरेको हो । राहदानी विभागले जर्मनी कम्पनी भेरिडोसलाई पासपोर्टको ठेक्कापट्टा दिएपछि प्रतिस्पर्धी फ्रान्सेली कम्पनी आइडिमिया सार्वजनिक खरिद पुनरावलोकनको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम