मुख्य समाचार
१५ ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुई जना पक्राउ
१५ ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुई जना पक्राउ

। कञ्चनपुरबाट १५ ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका–२ वाणीका ३१ वर्षीय हेमराज जोशी र भीमदत्त नगरपालिका–६ ऐठपुरका ४२ वर्षीय महेशप्रसाद भट्ट रहेका छन् ।

भीमदत्त नगरपालिका–१० गज्जरस्थित गौरीशंकर मन्दिरबाट उनीहरू दुवै जनालाई खैरो हेरोइनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूको साथबाट १५ दशमलव ६७ ग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरी निरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

उनकाअनुसार उनीहरू सवार सुपप्र०१ ००८प ६३४३ नम्बरको मोटरसाइकल र दुई थान मोबाइल पनि बरामद गरिएको छ ।

गोप्य सूचनाका आधारमा खटिएको प्रहरीले सोमबार साँझ करिब ७ बजे उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाको न्युयोर्कमा परराष्ट्रमन्त्री शिशिर खनाल र भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेबीच भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको क्रममा तोग्बेसँग पराष्ट्रमन्त्री खनालको साइडलाइन वार्ता भएको हो । भेटको क्रममा प्रधानमन्त्री तोग्बेले नेपालमा हालै आएको बाढीका कारण भएको मानवीय क्षति र विनाशप्रति गहिरो दुःख व्यक्त गरे । साथै नेपाली जनताको दुःखमा भुटानको साथ रहेको उनले बताएका थिए । ...
। परराष्ट्रमन्त्री शिशिर खनालले युरोपेली संघ (ईयू) की कार्यकारी उपाध्यक्ष टेरेसा रिबेरासँग भेटवार्ता गरेका छन् । संयुक्त राष्ट्रसंघको मुख्यालय, न्युयोर्कमा जारी संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा भएको भेटवार्तामा नेपाल-ईयू साझेदारीका विभिन्न पक्षमा छलफल भएको छ । भेटमा परराष्ट्रमन्त्री खनालले भोटेकोशी बाढीपछि नेपालको कठिन परिस्थितिप्रति संवेदना र ऐक्यबद्धता व्यक्त गर्दै रिबेराले दिएको सन्देशप्रति कृतज्ञता व्यक्त गरेका थिए । त्यस ...
। सर्वोच्च अदालतले जोखिमपूर्ण अवस्थाबाहेक पक्राउ परेका सबै व्यक्तिहरूलाई हत्कडी नलगाउन प्रहरीका नाममा आदेश जारी गरेको छ । पक्राउ परेको व्यक्तिले अपराध अनुसन्धानको सिलसिलामा तीन प्रकारको हानी गरेमा मात्रै हत्कडी लगाउनुपर्ने भन्दै सर्वोच्च अदालतले अरु अवस्थामा जो कोहीलाई हत्कडी नलगाउन आदेश दिएको हो । पक्राउ परेको व्यक्ति भाग्ने जोखिम भएमा, उसको व्यवहार हिंसात्मक भएमा र उसले आफू ...
। प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिनका लागि प्रधानमन्त्री शाह ४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज साँझ त्यसतर्फ जान लागेका हुन् । प्रधानमन्त्री शाहले महासभामा ८ असोजमा सम्बोधन गर्ने कार्यक्रम छ । उनले भोटेकोशी बाढीका कारण ठूलो जनधनको क्षति भएपछि यसपटक जलवायु ...
। सर्वोच्च अदालतले राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी र श्रीकान्त पौडेलको इजलासले राहदानी विभागबाट भएको ठेक्कापट्टा र त्यसलाई सदर गर्ने सार्वजनिक खरिद पुनरावलोकन समितिको निर्णय कानुनसम्मत रहेको ठहर गरेको हो । राहदानी विभागले जर्मनी कम्पनी भेरिडोसलाई पासपोर्टको ठेक्कापट्टा दिएपछि प्रतिस्पर्धी फ्रान्सेली कम्पनी आइडिमिया सार्वजनिक खरिद पुनरावलोकनको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम