मुख्य समाचार
रसुवा बाढीबाट क्षतिग्रस्त गल्छी-स्याफ्रुबेँसी सडकखण्डमा असोज महिनाभित्र यातायात सञ्चालनमा ल्याउने
रसुवा बाढीबाट क्षतिग्रस्त गल्छी-स्याफ्रुबेँसी सडकखण्डमा असोज महिनाभित्र यातायात सञ्चालनमा ल्याउने

। रसुवा बाढीबाट क्षतिग्रस्त गल्छी-स्याफ्रुबेँसी सडकखण्डमा असोज महिनाभित्र यातायात सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । सडक विभागका अनुसार हाल अधिकांश स्थानमा सडक मर्मतपछि यातायात सञ्चालन भइसकेको छ ।

सडक विभागका महानिर्देशक डा विजय जैसीले गल्छी-स्याफ्रुबेँसीसम्मको सडक दसैँसम्म यातायात सञ्चालन गर्नेगरी काम भइरहेको बताए। उनका अनुसार धादिङ-नुवाकोट जोड्ने कोल्पुखोलामा अस्थायी मर्मत सकिएर यातायात सञ्चालन भइसकेको छ । हाल उक्त स्थानमा स्थायी मर्मतका लागि ठेक्का प्रक्रिया सकाएर निर्माण व्यवसायीले काम सुरु गरिसकेका छन् ।

सोही सडकको रातोमाटेमा करिब २०० मिटर सडक बाढीले कटान गरेकामा ‘ब्याक कटिङ’ गरी यातायात सञ्चालनमा ल्याइसकिएको छ । साथै नुवाकोटको देवीघाटमा पनि नेपाली सेनाले बेलीब्रिज जडान गरिसकेकाले गल्छीदेखि विदुरसम्म यातायात सञ्चालन भइसकेको छ ।

विभागका अनुसार विदुरदेखि बेत्रावतीसम्म करिब १० किलोमिटरमध्ये नौ किलोमिटर सडकखण्ड खुलिसकेको छ भने करिब ३०० मिटर क्षेत्रमा पहिरोका कारण सडक अवरुद्ध छ । उक्त क्षेत्रमा नेपाली सेनाले ‘ब्लास्टिङ’ गरी दुवैतर्फबाट ट्रयाक खोल्ने काम सुरु गरिसकेको छ । उक्त स्थानमा केही दिनमा यातायात सञ्चालन हुने अपेक्षा गरिएको छ । त्यसपछि बेत्रावती र स्याफ्रुबेँसीमा बेलीब्रिज जडान बाँकी हुनेछ । उक्त दुई स्थानमा बेलीब्रिज जडान भएपछि गल्छी-स्याफ्रुबेँसीसम्म यातायात सञ्चालन हुनेछ ।




“रसुवाको बेत्रावेतीमा पुरानो पुल भएकै ठाउँमा बेलीब्रिज जडान गरिनेछ । यसका लागि पुरानो फाउण्डेसन भेटिएको छ, फाउण्डेसन मर्मत सकिएपछि बेलीब्रिज जडान गरिनेछ”, महानिर्देशक जैसीले भने, “यसका लागि पहिले बिदुर-बेत्रावतीमा सडक निर्माण हुनुपर्नेछ ।” उक्त स्थानमा नेपाली सेनासँग भएको ७२ मिटर लामो बेलीब्रिज जडान गरिनेछ ।

बेत्रावतीपछि धुन्चेहुँदै स्याफ्रुबेँसीसम्म पनि सडकमा समस्या छैन । स्याफ्रुबेँसीमा भने एउटा बेलीब्रिज जडान गर्नुपर्नेछ । उक्त स्थानमा ७६ मिटरको बेलीब्रिज जडान गर्नेगरी डिजाइनको काम सुरु गरिएको छ । “स्याफ्रुबेँसीमा करिब ९० मिटरको पुल आवश्यक भए पनि उपलब्ध संरचनाअनुसार ७६ मिटरको बेलीब्रिज प्रयोग गर्ने तयारी गरिएको छ”, विभागले भनेको छ ।

स्याफ्रुबेँसीबाट रसुवागढीतर्फ करिब १५ किलोमिटर सडक बाढीका कारण पूर्ण रूपमा प्रभावित छ । उक्त स्थानमा सर्भेक्षण सुरु भइसकेको छ । बाढीले कटान गरेको मुग्लिन-गल्छी सडकखण्डमा पर्ने कृष्णभीरमा नयाँ ट्रयाक खोल्ने काम सकिएर दुईतर्फी रुपमा यातायात सञ्चालन भइसकेको छ । रासस

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। गृहमन्त्री सुधन गुरुङ र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठले नेपाल मौसम विज्ञान विभाग पुगेर असोज ९ गतेदेखि हुने भनिएको वर्षा र हिमपातबारे चासो राखेका छन् । उनीहरुले बबरमहलस्थित कार्यालय पुगेर विभागकी महानिर्देशक अर्चना श्रेष्ठ, प्रवक्ता विभूति पोखरेललगायतलाई भेटेका छन् । साथै सम्भावित जोखिम र आवश्यक तयारीबारे छलफल गरेका छन् । छलफलको क्रममा विभागका मौसमविदहरुले ...
। धनकुटामा प्रहरीले छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । धनकुटा नगरपालिका वडा नं. ९, मुलघाटमा प्रहरीले चेकजाँचका क्रममा दुई जनालाई लागुऔषधसहित पक्राउ गरेको हो । प्रहरी चौकी मुलघाटबाट खटिएको टोलीले इटहरीबाट तेह्रथुमतर्फ जाँदै गरेको प्रदेश नं. १–०२–००१ ज ४५१९ नम्बरको विद्युतीय गाडी चेकजाँच गर्दा सिटमुनि राखिएको कपडाको झोलाबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ, क्याप्सुल र ...
। भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीले नेपालको पर्यटन क्षेत्रमा ५२ अर्ब ६७ करोड ४५ लाख ७६ हजार ५ सय रुपैयाँ बराबर आर्थिक क्षति भएको प्रारम्भिक तथ्यांक सार्वजनिक भएको छ । नेपाल पर्यटन बोर्डको द्रूत प्रतिक्रिया टोली (क्यूआरटी) का संयोजक तथा बोर्डका कार्यकारी सदस्य सहदेव धमला संयोजक रहेको समितिले पर्यटन मन्त्रालयमा आफ्नो प्रारम्भिक प्रतिवेदन बुझाएको ...
। सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ परेका छन् । पक्राउ पर्नेमा कागेश्वर मनोहरा नगरपालिका–७ का ४३ वर्षीय कोमलराज उपाध्याय छन् । उनलाई प्रहरी प्रभाग काँडाघारीबाट खटिएको टोलीले पक्राउ गरेको हो । उनी ठगी मुद्दामा कारागार चलान भएका थिए । जेनजी आन्दोलनको क्रममा उनी कारागारबाट फरार भएका थिए । पक्राउ परेका उनलाई सुन्धारा कारागार पठाइएको प्रहरीले बताएको ...
। प्रधानमन्त्री वालेन्द्र शाहले मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमसँग मलेसियाको रोजगारी क्षेत्रमा रहेको सिन्डिकेट र बिचौलिया प्रथा रोक्न आग्रह गरेका छन् । उनले मलेसियाको रोजगारीमा धेरै समस्या रहेको र त्यसबाट नेपाली श्रमिकहरु प्रताडित रहेकोले समस्या समाधान गर्न ध्यानाकर्षण गराएका हन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री शाहले मलेसियाली प्रधानमन्त्री इब्राहिमसँग मंगलबार बिहान टेलिफोनमार्फत कुराकानी गरेका थिए । ‘हामीलाई सिन्डिकेट र ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम