। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालकी रमिशा श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएकी छन् ।
जापानको निशिओ जिम्नेसियममा मंगलबार भएको बक्सिङतर्फ महिला ५१ केजी तौल समूहको पहिलो राउन्डमा नै रमिशा पराजित भएकी हुन् । उनलाई भियतनामकी ताम न्गुएन थी ५–० ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरिन् ।
आजै नेपालका चन्दबहादुर थापाले पुरुष ५५ केजी तौल समूहमा भारतका मन्देङबाम जदुमानी सिंहसँग प्रतिस्पर्धा गर्नेछन् ।
यसअघि पुरुष ७० केजीमा नेपालका धनबहादुर दर्लामी पहिलो चरणबाटै बाहिरिसकेका छन् ।
खगेन्द्र रोकामगर, कुसुम तामाङ, अस्मिता डुवाल रविन नेपालले प्रतिस्पर्धा गर्न बाँकी छ ।