मुख्य समाचार
सरकारले राष्ट्रिय प्रतिरक्षा विश्‍वविद्यालयको कुलपति प्रधानमन्त्री नै हुने गरी विधेयक ल्याएको छ
सरकारले राष्ट्रिय प्रतिरक्षा विश्‍वविद्यालयको कुलपति प्रधानमन्त्री नै हुने गरी विधेयक ल्याएको छ

। सरकारले राष्ट्रिय प्रतिरक्षा विश्‍वविद्यालयको कुलपति प्रधानमन्त्री नै हुने गरी विधेयक ल्याएको छ ।

प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन शाहले मंगलबार प्रतिनिधिसभामा दर्ता गरेको यो विधेयकको दफा १९ मा यस्तो व्यवस्था छ ।

जहाँ भनिएको छ, ‘प्रधानमन्त्री विश्वविद्यालयको कुलपति हुनेछ ।’ कुलपति विश्वविद्यालयको प्रमुख हुनेछन् ।

कुलपतिले सभाको बैठकमा र विश्वविद्यालयको दीक्षान्त समारोहमा अध्यक्षता गर्नेछन् ।

कुलपति दीक्षान्त समारोहमा उपस्थित हुन नसक्ने भएमा सभाको सह–अध्यक्षले दीक्षान्त समारोहको अध्यक्षता गर्नेछन् ।

कुलपतिले विश्वविद्यालयको निरीक्षण गर्न वा गराउन र आवश्यकताअनुसार निर्देशन दिन सक्नेछन् ।

दफा २० मा उपकुलपतिको व्यवस्था छ । जहाँ भनिएको छ,‘ विश्वविद्यालयको कार्यकारी प्रमुखको हैसियतमा कार्य सम्पादन गर्न विश्वविद्यालयमा एकजना उपकुलपति रहनेछ ।’

विधेयकमा उपकुलपतिको योग्यता पनि राखिएको छ ।

जसअनुसार कम्तीमा ४५ वर्ष उमेर पूरा भएको व्यक्ति उपकुलपति हुन सक्नेछन् ।

साथै, रक्षा, प्रतिरक्षा, सामरिक अध्ययन, रणनीतिक अध्ययन, अन्तर्राष्ट्रिय सम्बन्ध, अन्तर्राष्ट्रिय कानुन वा कूटनीति सम्बन्धी विषयमा मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको व्यक्ति हुनुपर्छ ।

सम्बन्धित क्षेत्रमा कम्तीमा २० वर्षको अनुभव प्राप्त गरेको व्यक्ति हुनुपर्ने प्रावधान पनि राखिएको छ ।

प्रस्तावित विधेयकको दफा ३ मा विश्वविधालयको स्थापना सम्बन्धी व्यवस्था छ । जहाँ यसको उदेश्य राखिएको छ ।

दफा ३ को उपदफा १ मा भनिएको छ, ‘राष्ट्रिय हितको संरक्षण, संवर्धन र प्रवर्धनमा योगदान पुर्‍याउन सक्ने दक्ष, योग्य, सक्षम, र जिम्मेवार जनशक्ति उत्पादन गर्न राष्ट्रिय सुरक्षा, प्रतिरक्षा, अन्तर्राष्ट्रिय सम्बन्ध र सामरिक विषयमा उच्च तहको अध्ययन, अध्यापन तथा अनुसन्धानका लागि विशिष्टिकृत प्राज्ञिक केन्द्रका रूपमा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय स्थापना गरिएको छ ।’

विश्वविद्यालयलाई अंग्रेजीमा नेसनल डिफेन्स युनिभर्सिटी भनिनेछ ।

विश्वविद्यालयको केन्द्रीय कार्यालय वागमती प्रदेशअन्तर्गत काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिकास्थित पेरुङ्गेडाँडामा रहनेछ ।

विधेयकको दफा ४ अनुसार विश्वविधालय स्वायत्त, स्वशासित र संगठित संस्था हुनेछ।

दफा ४ को उपदफा १ मा भनिएको छ, ‘विश्वविद्यालय अविच्छिन्न उत्तराधिकारवाला एक स्वायत्त, स्वशासित र सङ्गठित संस्था हुनेछ र यसले कानुनी व्यक्तित्व प्राप्त गर्नेछ ।’

विश्वविद्यालयले कानुनी व्यक्तिको हैसियतले प्रचलित कानुनबमोजिम अधिकारको प्रयोग, कर्तव्यको पालना र दायित्व निर्वाह गर्नेछ ।

तथापि, विश्वविद्यालयले अचल सम्पत्ति बिक्री वा अन्य कुनै तरिकाले हक हस्तान्तरण गर्नुअघि नेपाल सरकार, मन्त्रिपरिषद्को स्वीकृति लिनु पर्ने व्यवस्था प्रस्तावित छ ।

प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन शाहका अनुसार राष्ट्रिय सुरक्षा, प्रतिरक्षा, अन्तर्राष्ट्रिय सम्बन्ध र सामरिक विषयमा उच्चस्तरीय अध्ययन, अध्यापन र अनुसन्धानमार्फत राष्ट्रिय हितको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने उदेश्यले विश्वविद्यालय स्थापना गर्न लागिएको हो ।

यस निम्ति सक्षम, दक्ष र जिम्मेवार स्वदेशी तथा विदेशी मानवस्रोत उत्पादन गर्ने उद्देश्यले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक तर्जुमा गरिएको उनले बताएका छन् ।

प्रधानमन्त्री शाहले विधेयकमै लेखेका छन्, ‘भूराजनीतिक संवेदनशीलता र बदलिँदो सुरक्षा चुनौतीहरूको सामना गर्न स्वदेशमै विशिष्टीकृत प्राज्ञिक केन्द्र स्थापना गरी सैनिक तथा गैर सैनिक अधिकारीहरूलाई उच्च शिक्षा र तालिम प्रदान गर्नु यस विश्वविद्यालयको स्थापना तथा सञ्चालनको मुख्य कारण हो ।’

सरकारलाई सुरक्षा तथा सामरिक मामिलामा नीति निर्माण गर्दा प्रमाणमा आधारित तथ्यहरु सहितको राय सुझाव दिई सघाउनुका साथै देशको सुरक्षा कूटनीतिलाई सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउने उद्देश्य विधेयकको छ ।

प्रधानमन्त्री शाहका अनुसार राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको छ । यस अवस्थामा यसलाई सञ्चालन गर्न र प्राज्ञिक स्वायत्तता प्रदान गर्न स्थायी र स्पष्ट कानुनी संरचनाको आवश्यकता भएको कारणले विधेयक ल्याइएको हो ।

प्रतिनिधिसभामा दर्ता भएको विधेयक प्रक्रिया अनुसार पारित भएर राष्ट्रिय सभामा जान्छ । राष्ट्रिय सभाले पनि पारित गरेपछि पुन: प्रतिनिधिसधभामा आउँछ । सभामुख हुँदै राष्ट्रपतिकहाँ पुग्छ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐनमा रुपान्तरित हुन्छ र राजपत्रमा प्रकाशित हुन्छ । राजपत्रमा प्रकाशित भएपछि ऐन कार्यान्वयनमा आउँछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले त्रिपुरेश्वरमा बसभित्रै चालकको आत्मदाहको घटनाले राज्यको सुरक्षा संयन्त्र र यातायात व्यवसायीको कार्यशैलीमाथि प्रश्न खडा गरेको बताएकी छिन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा सचेतक धितालले चालक अर्जुन दोङको निधनप्रति दु:ख व्यक्त गर्दै प्रहरीको ‘पोलिसिङ’ शैली र चालकहरूको मनोसामाजिक स्वास्थ्यलाई तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराइन् । ‘आत्महत्या वा ...
। सत्तारुढ दल रास्वपाको मधेश अधिवेशन अनिश्चित बनेको छ । सांगठनिक अवस्था तथा कार्यसम्पादन अडिटका लागि पार्टीले केन्द्रीय नेताहरूलाई जिम्मेवारी दिएर मधेश पठाएपनि अधिवेशनको अन्योल भने कायमै छ । सहमहामन्त्री हरि ढकालको नेतृत्वमा संगठन विभाग प्रमुख प्रमोद न्यौपाने, प्रवक्ता जगदीश खरेल, सहप्रवक्ता सुरेन्द्र चौधरी नेताहरू अशोक कुमार चौधरी र पुनम अग्रवाललाई मधेशको वस्तुस्थिति बुझ्न पार्टीले खटाएको ...
। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की सांसद रचना खतिवडाले आफू जेनजी आन्दोलनका शहीद, घाइते, अपांगता भएकाहरूको आवाज उठाउन सांसद भएको बताएकी छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् । ‘आज यो गरिमामय सदनमा उभिनु मेरो लागि कुनै राजनीतिक रहर या पदको लालच थिएन । यो मेरो न्याय र खोज्ने यात्रा थियो’, सांसद खतिवडाले भनिन्, ‘मेरो ...
। नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेश कुमार मल्लले सल्यानको दार्मामा फैलियो स्क्रब टाइफस संक्राणप्रति सरकारको ध्यानाकर्षण गरेका छन् । प्रतिनिधिसभामा आकस्मिक समयमा बोल्दै उनले सल्यानको दार्मा गाउँपालिकामा पछिल्लो एक महिनामै स्क्रब टाइफस संक्रमणका कारण अस्पतालमा उपचाररत ७ जनाको निधन भइसकेको बताए । ‘संक्रमण फैलिँदै गएको छ, नागरिकहरू जोखिममा छन् तर रोग पहिचानका लागि आवश्यक परीक्षण किट समेत ...
। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालको सञ्चालक समितिको सदस्य पदमा ६ जना नियुक्त गरेको छ । नियुक्त हुनेमा रमिला शिल्पकार, सुरेन्द्र गौचन, शान्ति भुर्तेल, दिपेन्द्र दास, इशा प्रधान र डिल्लीराम भण्डारी छन् । उनीहरुलाई बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल ऐन, २०५३ को दफा ७ को उपदफा १ (च) र (ज) बमोजिम रिक्त ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम