मुख्य समाचार
शंकर पोख्रेलले पार्टी भित्र समस्या भएको महसुस गर्ने तर व्यवहार नसुधार्ने हो भने त्यसले राम्रो नगर्ने धारणा
शंकर पोख्रेलले पार्टी भित्र समस्या भएको महसुस गर्ने तर व्यवहार नसुधार्ने हो भने त्यसले राम्रो नगर्ने धारणा

। एमाले महासचिव शंकर पोख्रेलले पार्टी भित्र समस्या भएको महसुस गर्ने तर व्यवहार नसुधार्ने हो भने त्यसले राम्रो नगर्ने धारणा राखेका छन् ।

पार्टीको केन्द्रीय कमिटी बैठकमा मंगलबार उनले अध्यक्ष केपी शर्मा ओलीको व्यवहारमाथि इंगित गर्दै सुधार गर्नुपर्ने धारणा राखेका हुन् ।

उनले आफूले ओलीलाई अध्यक्ष र नेता मानिरहेको उल्लेख गर्दै त्यो अर्थमा आफ्नो दुरी नरहेको धारणा राखे ।

बैठकमा सहभागी एक नेताका अनुसार महासचिव पोख्रेलले ‘तपाईंलाई भ्रम परेको छ। मैले कुनै विषयमा असहमति राख्नु भनेको तपाईंलाई नमान्नु होइन’ भनेका थिए ।

‘तपाईं र मेरो दुरी छैन’ महासचिव पोख्रेलको भनाइ उदृत गर्दै एक नेताले भने,’ पार्टी भित्र समस्या छन् रियलाइजेसन गरौं, अनि मात्रै समाधान हुन्छ ।’ तपाईंलाई नेता मानेकै छु तर नेतृत्व मिलेन। तपाईंले कार्यकर्तालाई समान रूपले हेर्ने दृष्टिकोण राख्नुपर्‍यो ।’

राजनीतिक, वैचारिक, सैद्धान्तिक सबै कुरामा समस्या देखिएको उल्लेख गर्दै उनले यही कारण मान्छेहरुले आफूहरूलाई मान्न छोडेको धारणा महासचिव पोख्रेलको थियो ।

‘रियलाइजेसनसहितको एकता हो भने त्यसले परिणाम दिन्छ,’ महासचिव पोख्रेलको आशय थियो,’ प्रतिवेदनमा रियलाइजेसन गर्ने, तर व्यवहार चाहिँ यथावत् रहने कुराले ठिक हुँदैन ।

उनले पार्टीकै सुधारका लागि निकै मिहिनेत गरेर कार्यदलको प्रतिवेदन तयार भएको उल्लेख गर्दै त्यसलाई वेवास्ता गर्न नमिल्ने धारणा राखेका थिए । जनताले जे गरेका छन्, त्यो कुरा नबुझी गरिने निर्णयले कहीँ पनि नपुर्‍याउने पोख्रेलको धारणा थियो ।

ओलीले सोमबारको बैठकमा महासचिव पोख्रेललाई कुनै भूमिका दिएका थिएनन् । त्यसपछि हिजो नै गुण्डु पुगेर पोख्रेलले उनलाई बैठकको तरिकाबारे असहमति राखेका थिए । पोख्रेलले नै अहिले अवस्थाबारे ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पाँचथरमा इन्सास राइफलको गोली, बारुद र खुकुरीसहित एक जना पक्राउ परेका छन् । पाँचथरको कुम्मायक गाउँपालिका–१ यासोक बजारमा धारिलो हतियार देखाएर धाकधम्की दिइरहेको सूचना पाएपछि गएको प्रहरी टोलीले ती व्यक्तिलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पाँचथरकै फिदिम नगरपालिका–६ बस्ने सुसन तुम्रोक रहेको पाँचथर प्रहरीले जनाएको छ । पक्राउपछि उनको शरीरमा खानतलासी गर्दा दुई थान खुकुरी इन्सास ...
। राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारले तत्काल राजमार्गका खाल्डाखुल्डी पुर्न माग गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले दशैं मनाउन काठमाडौं उपत्यकाबाट मात्रै बर्षेनी १५ लाख बढी नागरिक थातथलो फर्कने गरेको बताए । ‘पहिले त टिकट पाउनै महाभारत, अनी भेडाबाख्राझैं कोचिएर यात्रा गर्न बाध्यता । एकातिर बाटोको खाल्डाखुल्डीले थिलथिलो हुनु परेको छ भने अर्कातीर मनपरी भाडाले ...
। रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी छ । हालसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका सबै खातामा गरी रु १५ अर्बभन्दा बढी मौज्दात छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा वाणिज्य बैंकमा हाल रु ११ अर्ब २७ करोड ...
। भारी हिमपात र निरन्तर वर्षाका कारण हिमाल आरोहणका लागि मनसुन प्रतिकूल भएपछि आरोहीबीच बाटोबाटै धमाधम घर फर्किन थालेका छन्। दुईसातासम्म पर्खिँदा पनि मौसमले साथ नदिएपछि आरोही धमाधम घर फर्किन थालेका मनास्लु हिमाल नजिक रहेको चुमनुब्री गाउँपालिका-१ सामागाउँका वडाध्यक्ष कर्मा छेवाङ लामाले जानकारी दिए। मनास्लु क्षेत्रमा भइरहेको निरन्तर व्र्षापछि त्यस वरपर पाँच फिट बाक्लो हिमपात भइरहेको उनले ...
। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले त्रिपुरेश्वरमा बसभित्रै चालकको आत्मदाहको घटनाले राज्यको सुरक्षा संयन्त्र र यातायात व्यवसायीको कार्यशैलीमाथि प्रश्न खडा गरेको बताएकी छिन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा सचेतक धितालले चालक अर्जुन दोङको निधनप्रति दु:ख व्यक्त गर्दै प्रहरीको ‘पोलिसिङ’ शैली र चालकहरूको मनोसामाजिक स्वास्थ्यलाई तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराइन् । ‘आत्महत्या वा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम