। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालको सञ्चालक समितिको सदस्य पदमा ६ जना नियुक्त गरेको छ ।
नियुक्त हुनेमा रमिला शिल्पकार, सुरेन्द्र गौचन, शान्ति भुर्तेल, दिपेन्द्र दास, इशा प्रधान र डिल्लीराम भण्डारी छन् ।
उनीहरुलाई बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल ऐन, २०५३ को दफा ७ को उपदफा १ (च) र (ज) बमोजिम रिक्त सदस्य पदका लागि भएको अन्तर्वार्ताबाट योग्यताक्रमअनुसार नियुक्त गरिएको मन्त्री निशा मेहताको सचिवालयले जनाएको छ ।
नवनियुक्त सदस्यहरूले मंगलबार मन्त्री मेहता र अस्पतालका अध्यक्ष प्रा. डा. योगेन्द्र प्रसाद सिंह समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।