मुख्य समाचार
तत्काल राजमार्गका खाल्डाखुल्डी पुर्न माग
तत्काल राजमार्गका खाल्डाखुल्डी पुर्न माग

। राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारले तत्काल राजमार्गका खाल्डाखुल्डी पुर्न माग गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले दशैं मनाउन काठमाडौं उपत्यकाबाट मात्रै बर्षेनी १५ लाख बढी नागरिक थातथलो फर्कने गरेको बताए ।

‘पहिले त टिकट पाउनै महाभारत, अनी भेडाबाख्राझैं कोचिएर यात्रा गर्न बाध्यता । एकातिर बाटोको खाल्डाखुल्डीले थिलथिलो हुनु परेको छ भने अर्कातीर मनपरी भाडाले प्रताडित,’ उनले भने, ‘यो अवस्था पोहोर साल सम्मको हो ।’

उनका अनुसार लाखौं यात्रीलाई सहज यात्रा गराउन सरकारको पूर्वतयारी अत्यावश्यक छ ।

‘म सरकारसँग माग गर्दछु, तत्काल राजमार्गका खाल्डाखुल्डी पुरियोस, अग्रिम टिकटलाई ब्यवस्थित गरियोस, भाडादर नियन्त्रण गरी सुरक्षित यात्रा सुनिश्चित गरियोस्,’ उनले भने ।

सचेतक परियारले थपेका छन्, ‘आगलागी पछि मात्र कुवा खन्ने शैली पाल्ने हैन, फाल्ने हो । तब न बालेन सरकार ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पाँचथरमा इन्सास राइफलको गोली, बारुद र खुकुरीसहित एक जना पक्राउ परेका छन् । पाँचथरको कुम्मायक गाउँपालिका–१ यासोक बजारमा धारिलो हतियार देखाएर धाकधम्की दिइरहेको सूचना पाएपछि गएको प्रहरी टोलीले ती व्यक्तिलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पाँचथरकै फिदिम नगरपालिका–६ बस्ने सुसन तुम्रोक रहेको पाँचथर प्रहरीले जनाएको छ । पक्राउपछि उनको शरीरमा खानतलासी गर्दा दुई थान खुकुरी इन्सास ...
। रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी छ । हालसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका सबै खातामा गरी रु १५ अर्बभन्दा बढी मौज्दात छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा वाणिज्य बैंकमा हाल रु ११ अर्ब २७ करोड ...
। भारी हिमपात र निरन्तर वर्षाका कारण हिमाल आरोहणका लागि मनसुन प्रतिकूल भएपछि आरोहीबीच बाटोबाटै धमाधम घर फर्किन थालेका छन्। दुईसातासम्म पर्खिँदा पनि मौसमले साथ नदिएपछि आरोही धमाधम घर फर्किन थालेका मनास्लु हिमाल नजिक रहेको चुमनुब्री गाउँपालिका-१ सामागाउँका वडाध्यक्ष कर्मा छेवाङ लामाले जानकारी दिए। मनास्लु क्षेत्रमा भइरहेको निरन्तर व्र्षापछि त्यस वरपर पाँच फिट बाक्लो हिमपात भइरहेको उनले ...
। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले त्रिपुरेश्वरमा बसभित्रै चालकको आत्मदाहको घटनाले राज्यको सुरक्षा संयन्त्र र यातायात व्यवसायीको कार्यशैलीमाथि प्रश्न खडा गरेको बताएकी छिन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा सचेतक धितालले चालक अर्जुन दोङको निधनप्रति दु:ख व्यक्त गर्दै प्रहरीको ‘पोलिसिङ’ शैली र चालकहरूको मनोसामाजिक स्वास्थ्यलाई तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराइन् । ‘आत्महत्या वा ...
। सत्तारुढ दल रास्वपाको मधेश अधिवेशन अनिश्चित बनेको छ । सांगठनिक अवस्था तथा कार्यसम्पादन अडिटका लागि पार्टीले केन्द्रीय नेताहरूलाई जिम्मेवारी दिएर मधेश पठाएपनि अधिवेशनको अन्योल भने कायमै छ । सहमहामन्त्री हरि ढकालको नेतृत्वमा संगठन विभाग प्रमुख प्रमोद न्यौपाने, प्रवक्ता जगदीश खरेल, सहप्रवक्ता सुरेन्द्र चौधरी नेताहरू अशोक कुमार चौधरी र पुनम अग्रवाललाई मधेशको वस्तुस्थिति बुझ्न पार्टीले खटाएको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम