मुख्य समाचार
प्रहरीले हवाई फायर गरी खैरो हेरोइनसहित एक भारतीय नागरिकलाई पक्राउ
प्रहरीले हवाई फायर गरी खैरो हेरोइनसहित एक भारतीय नागरिकलाई पक्राउ

: बाँकेको नेपालगञ्जमा प्रहरीले हवाई फायर गरी खैरो हेरोइनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। भारतबाट लागूऔषध खैरो हेरोइन संकलन गरी लुम्बिनी र कर्णाली प्रदेशका जिल्लामा बिक्री गर्ने गिरोहलाई निगरानी गर्ने क्रममा भारतको उत्तर प्रदेश बहराइच जिल्ला, रुपैडिया थाना चकिया रोडका २४ वर्षीय नदिम राईलाई पक्राउ गरिएको लागूऔषध नियन्त्रण ब्युरोका प्रहरी नायव उपरीक्षक जिवन निरौलाले जानकारी दिए।

उनका अनुसार भारतबाट मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका व्यक्तिलाई शंका लागी रोक्न खोज्दा भागेपछि प्रहरीले २ राउन्ड हवाई फायर गरेको थियो । त्यसपश्चात टायरमा २ गोली हानी नेपालगञ्ज उपमहानगरपालिका–१४ बाट पक्राउ गरिएको हो। निरौलाका अनुसार मोटरसाइकलसहित नियन्त्रणमा लिई खानतलासी गर्दा उनका साथबाट लागूऔषध खैरो हेरोइन १०३ ग्राम ७९० मिलिग्राम बरामद भएको हो।

प्रहरीले पक्राउ परेका राईलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाएको छ ।

ब्युरोका अनुसार लागूऔषध (नियन्त्रण) ऐन, २०३३ अनुसार बरामद लागूऔषध खैरो हेरोइन कारोबारमा संलग्न व्यक्तिलाई १५ वर्षदेखि जन्मकैदसम्मको सजाय र ५ लाखदेखि २५ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था रहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: श्रम स्वीकृतिबिना कुवेत जान लागेका एक यात्रुलाई प्रस्थान अनुमति दिएको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका एक अधिकृतको जिम्मेवारी खोसिएको छ। २०८३ असोज ५ गते श्रम भिसामा कुवेत प्रस्थान गर्न लागेका ती यात्रुलाई श्रम स्वीकृति नभएको अवस्थामा समेत प्रस्थान अनुमति दिइएको विषयमा प्रारम्भिक अनुसन्धान गर्दा अध्यागमन अधिकृतको संलग्नता हुन सक्ने देखिएपछि उनलाई जिम्मेवारीबाट अलग गरिएको ...
: प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन मंगलबार अमेरिका प्रस्थान गर्दा विगतमा अभ्यास हुँदै आएको औपचारिक बिदाइको तामझाम देखिएन। राष्ट्रपति र प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुँदै आएको ‘गार्ड अफ अनर’देखि उच्चपदस्थ अधिकारीको लामबद्ध बिदाइसम्मको परम्परा तोड्दै प्रधानमन्त्री सामान्य रूपमा अमेरिका उडे। सचिवदेखि मन्त्रीसम्म लाइन लागेर राष्ट्रपति, प्रधानमन्त्रीको स्वागत र सम्मानमा ...
: गृहमन्त्री सुधन गुरुङ र ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री विराजभक्त श्रेष्ठले आगामी मौसमी प्रणालीका बारेमा ब्रिफिङ लिएका छन्। मंगलबार काठमाडौंको बबरमहलस्थीत मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा पुगेर मन्त्रीद्वयले बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावबाट नेपालमा पर्न सक्ने असरका बारेमा जानकारी लिएका हुन्। सो क्रममा बिभागका मौसमविद्हरुले आगामी शुक्रबारदेखि सोमबारसम्म देशका विभिन्न स्थानमा भारीदेखि ...
: भक्तपुरको चाँगुनारायण नगरपालिका–०२ दुवाकोटमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा अन्दाजी ६५ वर्षीय पुरुष पैदलयात्री रहेका छन्। उनको पहिचान खुल्न बाँकी छ। मगंलबार दिउँसो ३ बजेतिर के.एम.सी.अस्पतालबाट महाकालचोकतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००३ प ३७०७ नम्बरको मोटरसाइकलले दुवाकोटस्थित सिटी ब्याङ्केट नजिक पैदलयात्रीलाई ठक्कर दिएको थियो । ठक्कबारबाट गम्भीर घाइते भएका उनको के.एम.सी.अस्पतालमा ...
: जेनजी आन्दोलनका बेला फरार भएका एक कैदी पक्राउ परेका छन्। आन्दोलनको क्रममा सुन्धारा केन्द्रीय कारागारबाट फरार भएका ४३ वर्षीय कोमलराज उपाध्याय काठमाडौंको कागेश्वरी मनोहरा–७ पोखरीबाट पक्राउ परेका हुन्। ठगी मुद्दामा कैद भुक्तान गरिरहेका उनी २४ भदौ २०८२ मा भएको जेनजी आन्दोलनका बेला फरार भएपनि प्रहरीले उनको खोजी गरिरहेको थियो। प्रहरी प्रभाग काँडाघारीबाट खटिएको टोलीले ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम