मुख्य समाचार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो पटक अन्तरदेशीय उडान सुरु हुँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो पटक अन्तरदेशीय उडान सुरु हुँदै

: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो पटक बुधबारदेखि अन्तरदेशीय उडान सुरु हुँदैछ। फ्लाई दुबईले दुबई–पोखरा, पोखरा–दुबई दैनिक नियमित व्यावसायिक उडान सेवा सुरु गर्न लागेको हो।

बुधबार साँझ ६ः१५ बजे फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दै छ। बुधबार साँझ नै जहाजले पोखराबाट प्यासेन्जर लिएर दुबईका लागि उडान भर्नेछ। पोखराबाट दुबईमा ट्रान्जिट भएर विभिन्न देशको यात्रा गर्न सकिने गरी पहिलो पटक अन्तर्राष्ट्रिय उडान सुरु भएपछि पोखराको स्थानीय र पर्यटन व्यवसायी उत्साहित छन्। यसअघि चीनका केही सहरमा सातामा एक पटक व्यावसायिक उडान भए पनि यसले निरन्तरता पाउन सकेको थिएन।

यसभन्दा अघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सले सन् २०२५ को मार्चदेखि सन् २०२६ को मार्च २३ सम्म सातामा एक पटक चीनमा व्यावसायिक उडान गरेको थियो। यात्रु अभावका कारण अहिले स्थगन गरेको छ। यसैगरी सिचुवान एयरलाइन्सले पोखराबाट चीनमा ६ महिना चार्टर उडान गरेको थियो। यसले पनि यात्रुको अभावमै नियमित उडान गर्न सकेको थिएन। सिचुवान एयरलाइन्सले छेन्दु पोखरा २६ वटा मुभ्मेन्ट गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख जगन्नाथ निरौलाले बताए।

हिमालयन एयरलाइन्सले ५२ वटा डिपार्चर र ५२ वटा एराइभल गरेर १ सय ४ वटा मोभ्भेन्ट सञ्चालन गरेको पनि उनले सुनाए। हिमालयनले ल्हासा–पोखरा, पोखरा–ल्हासा उडान गरेको थियो। भुटान एयरलाइन्स र ड्रक एयरलाइन्सले पोखरा–भुटान चार्टर उडान गरेको थियो। मेडिमल सेवा उपलब्ध गराउने गरी पोखराबाट भारत पनि एउटा उडान भएको थियो। फ्लाई दुबईले उडान भर्ने भएपछि फ्लाइट क्याटरिङ पोखराको
सोल्टी होटलले गर्दैछ।

अन्तर्राष्ट्रिय उडान भए पनि अन्तर्राष्ट्रिय उडान भएबापत लिनुपर्ने शुल्क २०८५ को भदौसम्म पूर्णरूपमा छुट रहेको छ। यसैले अन्तर्राष्ट्रिय उडानतर्फको आम्दानी भने शून्यकै अवस्थामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रमुख निरौलाले बताए। आन्तरिक वायु सेवा कम्पनीबाट लिनु पर्ने शुल्कबाट पोखरा विमानस्थलले गएको आर्थिक वर्ष २०८१÷८२ मा ३५ र अघिल्लो वर्षमा जेन–जी आन्दोलन र हवाई इन्धनको मूल्यवृद्धिको कारण घटेर ३४ करोड रुपैयाँ आम्दानी भएको विमानस्थलले जनाएको छ। यसअघिको पोखराको पुरानो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा रहँदा १० देखि ११ करोड रुपैयाँ आम्दानी हुने पनि उनले बताए।

पहिलो पटक आजदेखि दुबई–पोखरा, पोखरा–दुबई नियमित व्यावसायिक उडान सुरु गरेपछि यसले निरन्तरता पाउने र पर्यटक आगमनमा वृद्धि हुने पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले बताए। फ्लाई दुबईको जहाजबाट दुबई हुँदै युरोप, अमेरिका, अस्ट्रेलियालगायतका देशमा कनेक्टिङ फ्लाइटबाट जान सकिने भएकोले पनि उडान नियमित हुने विश्वास पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठको छ।

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने भएसँगै यहाँका पर्यटकीय पूर्वाधारमा तीन अर्ब रुपैयाँ बढीको लगानी थपिएको भए पनि नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा पर्यटन व्यवसायी चिन्तित थिए। पदयात्रा पर्यटनका लागि विश्वमा चिनिएको अन्नपूर्ण, धौलागिरि, मनास्लु पदयात्राको गेट वेसमेत रहेको पोखरामा विभिन्न देशबाट सोझै आउन चाहने पर्यटक धेरै रहेकोले उडान सुरुसँगै उत्साह थपिएको टान गण्डकीका अध्यक्ष
कृष्ण आचार्य बताउँछन्।

फ्लाई दुबईले १ सय २० भन्दा बढी गन्तव्यमा सिधा उडान गर्दै आएको छ। पोखरा दुबई उडानको सफलतासँगै अन्य अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनी पोखरामा आकर्षित हुने विश्वास पोखराका पर्यटन व्यवसायीको छ। फ्लाई दुबई र इमिरेट्स एयरलाइन्सबीच रणनीतिक कोडसेयर साझेदारीअन्तर्गत पोखरा दुबई उडान सेवा सञ्चालन हुन लागेको हो। अन्तर्राष्ट्रिय उडानलाई दिगो तुल्याउन बजारीकरण तथा प्रवर्द्धनमा सरकारी निकाय र निजी क्षेत्रबाट पहल हुँदै आएको होटल संघ नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले बताए।

वैदेशिक रोजगारी, अध्ययन, घुमफिर आदिका लागि अरब मुलुकसहित अन्य देशमा जाने यात्रु तथा सर्वसाधारणका लागि यो उडान लाभदायी हुनेछ। यस उडानले अन्तर्राष्ट्रिय यात्राका लागि काठमाडौं नै जानुपर्ने बाध्यतालाई केहीहदसम्म टार्नेछ। पोखरा दुबई उडानबाट हिमालको काखका रहेको पोखरामा सिधै आउन सक्छन्। यसले केन्द्रीकृत रहेको हवाई चापलाई विकेन्द्रीकरणसँगै पर्यटन प्रवद्र्धनसमेत हुनेछ। यसले पोखरा र गण्डकी प्रदेशकै आर्थिक गतिविधि पनि बढाउने रेवान पोखराका अध्यक्ष वसन्त गौतम बताउँछन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले राष्ट्रसंघको ८१औँ अधिवेशनको नाराले नेपालका आधारभूत मूल्य–मान्यतासँग मेल खाएको बताएका छन्। सामाजिक सञ्जाल फेसुबकमार्फत खनालले अधिवेशनको नाराले संयुक्त राष्ट्रसंघको बडापत्र र अन्तर्राष्ट्रिय कानुनप्रति नेपालको अटल विश्वास, विश्व शान्ति प्रवर्द्धन, मानव मर्यादाको रक्षा र दिगो विकासलाई अघि बढाउने नेपालको दृढ प्रतिबद्धतालाई प्रतिविम्बित गरेको ...
: सादा पोसाकका प्रहरी हौं भन्दै रकम असुल्ने २ जना पक्राउ परेका छन्। काठमाडौंको चन्द्रागिरी नगरपालिका–७ थानकाेटस्थित एक स्वास्थ्य क्लिनिकबाट रकम असुल्ने चन्द्रागिरी–२ का ३१ वर्षीय रोशन सुर्खेती र २६ वर्षीया संजय बिसुंखे पक्राउ परेका हुन्। उनीहरुले आफूहरु सादा पोसाकका प्रहरी भएको र मेडिकल अनुगमनमा आएको भन्दै क्लिनिकमा गएर डर, त्रास र धाकधम्की देखाएर रकम ...
: सरकारले जेनजी आन्दोलनका सहिद परिवार तथा गम्भीर र अति गम्भीर घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा उपलब्ध गराउने व्यवस्था गरेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले स्वीकृत गरेको तयार ‘जेन–जी आन्दोलनका सहिद परिवार तथा घाइतेलाई निःशुल्क शिक्षा प्रदान गर्नेसम्बन्धी मापदण्ड, २०८३’ मा सहिदका छोराछोरी, सहोदर दाजुभाइ–दिदीबहिनी तथा गम्भीर वा अति गम्भीर घाइते परिचयपत्रवाहकलाई लाभग्राहीका रूपमा समेटिएको छ। मापदन्डअनुसार ...
: भोटेकोशी बाढीबाट १५ महिनाका शिशुदेखि १८ वर्षमुनिका करिब १७ हजार बालबालिका प्रभावित भएका छन्। राष्ट्रिय बाल अधिकार परिषद्का अनुसार होल्डिङ सेन्टरहरूमा १ हजार २ सय ३३ जना भेटिएका थिए। हाल होल्डिङ सेन्टरको संख्या ४० बाट घटेर १२ मा आएको छ। दोस्रो चरणको विस्तृत स्क्रिनिङका क्रममा ५ सय ९ जना बालबालिकाको व्यक्तिगत प्रोफाइल तयार पारिएकोमा रसुवामा ...
: नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले कम्युनिस्ट घटकहरुसँग पार्टी एकताको पहल गर्न वार्ता समिति गठन गरेको छ। पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कार्यसंयोजन समितिको बैठकले तीन सदस्यीय वार्ता समिति गठन गरेको नेकपा प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए। समितिमा समितिमा प्रकाश ज्वाला, देव गुरुङ र गंगानारायण श्रेष्ठ रहेका छन्। वार्ता समितिले बुधबारबाट नै काम सुरु गर्ने र ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम