मुख्य समाचार
नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले कम्युनिस्ट घटकहरुसँग पार्टी एकताको पहल गर्न वार्ता समिति गठन
नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले कम्युनिस्ट घटकहरुसँग पार्टी एकताको पहल गर्न वार्ता समिति गठन

: नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले कम्युनिस्ट घटकहरुसँग पार्टी एकताको पहल गर्न वार्ता समिति गठन गरेको छ।

पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कार्यसंयोजन समितिको बैठकले तीन सदस्यीय वार्ता समिति गठन गरेको नेकपा प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए। समितिमा समितिमा प्रकाश ज्वाला, देव गुरुङ र गंगानारायण श्रेष्ठ रहेका छन्। वार्ता समितिले बुधबारबाट नै काम सुरु गर्ने र विप्लव समूहबाट विभाजित नेपाल कम्युनिस्ट पार्टी, एमाले लगायतका सम्पूर्ण वामपन्थी दलहरूसँग संवाद र वार्ता अगाडि बढाउने प्रवक्ता ज्वालाको भनाइ छ।

त्यस्तै बैठकले आगामी असोज १५ देखि मंसिर १५ गतेसम्म देशव्यापी दुई महिने राष्ट्रिय जनअभियान सञ्चालन गर्ने निर्णय गरेको छ। केन्द्रदेखि वडा, टोल र जनताको घरदैलोसम्मपुग्ने गरी अभियान चलाइने र यसको विस्तृत कार्यविधि दसैँअगाडि बस्ने सचिवालय बैठकले पारित गर्ने उनले जानकारी दिए। साथै बैठकले बाढी पीडितको उद्धार, राहत, पुनस्र्थापना र पुनर्निर्माणमा पार्टीका तर्फबाट सहयोग गर्न पहिले नै गठित समन्वय समितिलाई जिम्मेवारी दिएको छ। दुई महिने अभियानपछि आवश्यकता अनुसार संसद् र सडक दुवै मोर्चाबाट जनजीविका र राष्ट्रिय स्वाधीनताका मुद्दामा आन्दोलनका कार्यक्रम अघि बढाइने समेत निर्णय भएको छ।

बैठकमा पार्टी संयोजकपुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले वर्तमान राष्ट्रिय राजनीति, राष्ट्रिय स्वाधीनता, संविधान र लोकतान्त्रिक गणतन्त्रमाथि देखिएका चुनौतीबारे बैठकमा ब्रिफिङ गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले राष्ट्रसंघको ८१औँ अधिवेशनको नाराले नेपालका आधारभूत मूल्य–मान्यतासँग मेल खाएको बताएका छन्। सामाजिक सञ्जाल फेसुबकमार्फत खनालले अधिवेशनको नाराले संयुक्त राष्ट्रसंघको बडापत्र र अन्तर्राष्ट्रिय कानुनप्रति नेपालको अटल विश्वास, विश्व शान्ति प्रवर्द्धन, मानव मर्यादाको रक्षा र दिगो विकासलाई अघि बढाउने नेपालको दृढ प्रतिबद्धतालाई प्रतिविम्बित गरेको ...
: सादा पोसाकका प्रहरी हौं भन्दै रकम असुल्ने २ जना पक्राउ परेका छन्। काठमाडौंको चन्द्रागिरी नगरपालिका–७ थानकाेटस्थित एक स्वास्थ्य क्लिनिकबाट रकम असुल्ने चन्द्रागिरी–२ का ३१ वर्षीय रोशन सुर्खेती र २६ वर्षीया संजय बिसुंखे पक्राउ परेका हुन्। उनीहरुले आफूहरु सादा पोसाकका प्रहरी भएको र मेडिकल अनुगमनमा आएको भन्दै क्लिनिकमा गएर डर, त्रास र धाकधम्की देखाएर रकम ...
: सरकारले जेनजी आन्दोलनका सहिद परिवार तथा गम्भीर र अति गम्भीर घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा उपलब्ध गराउने व्यवस्था गरेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले स्वीकृत गरेको तयार ‘जेन–जी आन्दोलनका सहिद परिवार तथा घाइतेलाई निःशुल्क शिक्षा प्रदान गर्नेसम्बन्धी मापदण्ड, २०८३’ मा सहिदका छोराछोरी, सहोदर दाजुभाइ–दिदीबहिनी तथा गम्भीर वा अति गम्भीर घाइते परिचयपत्रवाहकलाई लाभग्राहीका रूपमा समेटिएको छ। मापदन्डअनुसार ...
: भोटेकोशी बाढीबाट १५ महिनाका शिशुदेखि १८ वर्षमुनिका करिब १७ हजार बालबालिका प्रभावित भएका छन्। राष्ट्रिय बाल अधिकार परिषद्का अनुसार होल्डिङ सेन्टरहरूमा १ हजार २ सय ३३ जना भेटिएका थिए। हाल होल्डिङ सेन्टरको संख्या ४० बाट घटेर १२ मा आएको छ। दोस्रो चरणको विस्तृत स्क्रिनिङका क्रममा ५ सय ९ जना बालबालिकाको व्यक्तिगत प्रोफाइल तयार पारिएकोमा रसुवामा ...
: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो पटक बुधबारदेखि अन्तरदेशीय उडान सुरु हुँदैछ। फ्लाई दुबईले दुबई–पोखरा, पोखरा–दुबई दैनिक नियमित व्यावसायिक उडान सेवा सुरु गर्न लागेको हो। बुधबार साँझ ६ः१५ बजे फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दै छ। बुधबार साँझ नै जहाजले पोखराबाट प्यासेन्जर लिएर दुबईका लागि उडान भर्नेछ। पोखराबाट दुबईमा ट्रान्जिट भएर विभिन्न देशको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम