मुख्य समाचार
ट्रम्पले युक्रेन युद्ध अन्त्य गर्न रूस र युक्रेनबीच सहमति हुने समय नजिकिएको दाबी
ट्रम्पले युक्रेन युद्ध अन्त्य गर्न रूस र युक्रेनबीच सहमति हुने समय नजिकिएको दाबी

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्ध अन्त्य गर्न रूस र युक्रेनबीच सहमति हुने समय नजिकिएको दाबी गरेका छन्। ट्रम्पले दुवै पक्षले युद्धबाट आजित भएको भन्दै अब वार्तामार्फत द्वन्द्व अन्त्य हुने बताएका हुन्।

तर, यस्तो निष्कर्षमा ट्रम्प कसरी पुगे भन्ने स्पष्ट छैन। पछिल्लो समय पनि रूस र युक्रेनले एकअर्काको भूभागभित्र गहिराइसम्म क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरिरहेका छन्।

ट्रम्पले गत वर्ष आफ्नो कार्यकाल सुरु भएयता युक्रेन युद्ध अन्त्य हुने विषयमा पटक-पटक यस्तै दाबी गर्दै आएका छन्। अप्रिल र मे महिनामा ह्वाइट हाउसका अधिकारी तथा संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत माइक वाल्ट्जले समेत केही सातामै युद्धविराम हुन सक्ने बताएका थिए। तर, त्यस्तो युद्धविराम हुन सकेन।

गत वर्षको संयुक्त राष्ट्रसंघ महासभामा ट्रम्पले सबैलाई आश्चर्यमा पार्दै रूसलाई ‘कागजी बाघ’को संज्ञा दिएका थिए। त्यतिबेला उनले युक्रेनले रूसको कब्जामा रहेको आफ्नो सम्पूर्ण भूभाग फिर्ता लिन सक्ने सम्भावनासमेत रहेको बताएका थिए।

अहिले पनि ट्रम्पको त्यही मूल्यांकन कायम छ कि छैन भन्ने स्पष्ट छैन। तर, ट्रम्पले आजै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गर्दैछन्। त्यसैले ट्रम्पले युद्ध अन्त्यका विषयमा आफू आशावादी हुनुको कारणबारे थप जानकारी दिन्छन् कि दिँदैनन् भन्नेमा विश्वको ध्यान केन्द्रित हुनेछ।

इरानबारे पनि ट्रम्पको चेतावनी

ट्रम्पले इरानसँगको सम्झौता हुने वा नहुने विषयमा आफूले ठूलो निर्णय गर्नुपर्ने बताएका छन्। उनले इरानलाई पुनर्निर्माण गर्न र विगतभन्दा अझ शक्तिशाली देश बन्ने अवसर दिने गरी सम्झौता हुन सक्ने बताएका छन्।

उनले आफूले ‘इस्लामिक गणतन्त्रलाई पूर्ण रूपमा ध्वस्त पार्न’ सक्ने चेतावनी पनि दिएका छन्। उनले इरानलाई फेरि मानिस र अन्य देशलाई क्षति पुर्‍याउने मौका नदिने बताएका छन्। ‘मलाई लाग्छ, निर्वाचनपछि हामी तत्कालै सम्झौता गर्नेछौं, किनकि उनीहरूका लागि सम्झौता नगर्नुको कुनै अर्थ छैन,’ ट्रम्पले भने।

ट्रम्पले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्लाई आफ्नो ‘२० बुँदे गाजा शान्ति योजना’ र ‘बोर्ड अफ पिस’लाई सर्वसम्मत समर्थन गरेकोमा धन्यवाद दिएका छन्।

उनका अनुसार करिब ३० देश ‘बोर्ड अफ पिस’मा सहभागी भइसकेका छन्। उनले राहतका लागि लाखौँ डलर सहयोग गर्ने सदस्य राष्ट्रहरूप्रति पनि आभार व्यक्त गरेका छन्।

ट्रम्पले अमेरिका रूस र युक्रेनका नेताहरूसँग नजिकबाट काम गरिरहेको बताएका छन्। उनले भने, ‘हामी यो काम पूरा गर्नेछौँ, मानिसहरूले बुझेभन्दा धेरै छिटो।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विश्वले सामना गरिरहेका ‘शक्तिका चार ठूला परीक्षा’ प्रस्तुत गरेका छन्। संयुक्त राष्ट्रसंघको ८१औं महासभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै गुटेरेसले मानिसले क्रमशः आफ्नो शक्ति मेसिनलाई हस्तान्तरण गरिरहेको बताएका छन्। तीव्र गतिमा विकसित भइरहेको कृत्रिम बौद्धिकता (एआई)का कारण ‘कृत्रिम प्रणालीहरू नियन्त्रणबाहिर जाने’ र स्वचालित घातक हतियार विज्ञान कथाबाट सैन्य वास्तविकतातर्फ अघि बढिरहेको ...
: मध्यपूर्वमा बढ्दो तनाव र युद्धको स्थितिबीच इरानी राष्ट्रपति मसुद पेजेस्कियान अमेरिका पुगेका छन्। मंगलबार अमेरिका पुगेका राष्ट्रपति पेजेस्कियान आज (बुधबार) संयुक्त राष्ट्रसंघको ८१ औँ महासभालाई सम्बोधन गर्दैछन्। अमेरिकी सरकारको नियम र सुरक्षा प्रतिबन्धका कारण इरानी राष्ट्रपति र उनको टोलीलाई न्युयोर्कभित्र जथाभावी हिँडडुल गर्ने अनुमति छैन। उनीहरूलाई म्यानहटनस्थित होटल र राष्ट्रसंघको मुख्यालय आवतजावत ...
: चिनियाँ राष्ट्रपति सी जिनपिङ ११ वर्षको लामो अन्तरालपछि संयुक्त राज्य अमेरिकाको औपचारिक राजकीय भ्रमणका क्रममा आज वासिङ्टन पुग्दै छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निमन्त्रणामा हुन लागेको यो उच्चस्तरीय भ्रमणलाई दुई मुलुकबिचको कुटनीतिक सम्बन्ध र रणनीतिक स्थिरतामा एक महत्त्वपूर्ण कोशेढुङ्गाका रूपमा हेरिएको छ। अमेरिकी राष्ट्रपतिका लागि निर्धारित परम्परागत कुटनीतिक मर्यादा (प्रोटोकल) भन्दा माथि उठेर राष्ट्रपति ट्रम्प ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा पट्टीमा शान्ति कायम भएको भनी गरेको दाबीमाथि फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले प्रश्न उठाएका छन्। संयुक्त राष्ट्रसङ्घको साधारण सभाको वार्षिक सत्रलाई सम्बोधन गर्दै म्याक्रोनले शान्तिको घोषणा गरिए पनि गाजामा हालसम्म कुनै पनि मानवीय सहायता मार्ग (ह्युमनिटेरियन करिडोर) पुनः सञ्चालनमा नआएको बताए। गाजाको वर्तमान स्थितिलाई लिएर अन्तर्राष्ट्रिय समुदायको भूमिकाप्रति प्रश्न उठाउँदै उनले ...
: संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले तीन वर्षअघि सगरमाथाको काखबाट दिएको चेतावनीलाई नेपालमा हालै देखिएका बाढी तथा पहिरोजस्ता विनाशकारी प्राकृतिक विपद्ले थप पुष्टि गरेको बताएका छन्। मंगलबार संयुक्त राष्ट्रसंघको ८१ औँ महासभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै महासचिव गुटेरेसले जलवायु परिवर्तनको असर सोचेभन्दा निकै छिटो र भयावह रूपमा देखापरिरहेको उल्लेख गरे। सम्बोधनका क्रममा उनले भने, 'तीन वर्षअघि ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम