मुख्य समाचार
कैलालीमा घरबाट बेपत्ता भएका एक व्यक्ति मृत फेला
कैलालीमा घरबाट बेपत्ता भएका एक व्यक्ति मृत फेला

। कैलालीमा घरबाट बेपत्ता भएका एक व्यक्ति मृत फेला परेका छन् ।

चुरे गाउँपालिका–१ निगालीका ५२ वर्षीय यज्ञबहादुर बोहरा स्थानीय जंगलको भिरमा मृत भेटिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी हिरा सिंह महराले घरबाट हराएका बोहरा खोजी गर्ने क्रममा बोहरा चुरे गाउँपालिका–१ तुलिखेतस्थित जंगलको भिरमा मृत अवस्थामा फेला परेको जानकारी दिए ।

उनकाअनुसार घटनाअघि बोहरासहित ८ जना एकै ठाउँमा बसेर मदिरा सेवन गरेको खुलेको छ ।

सोही क्रममा साथमा रहेका व्यक्तिहरूले बोहरालाई ‘मारिदिन्छु’ भन्दै गरेको भिडियोसमेत फेला परेको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिएका व्यक्तिहरूको पहिचान प्रहरीले खुलाएको छैन ।

उनीहरूलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मालाखेती ल्याइँदै गरिएको प्रहरीले जनाएको छ ।

घटनास्थलबाट मृतकको टोपी, मोबाइल र चप्पलसमेत फेला परेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको र विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले जानकी मन्दिर क्षेत्रलाई संरक्षित स्मारक क्षेत्रको रूपमा घोषणा गर्ने मन्त्रिपरिषद्को निर्णयको स्वागत गरेका छन् । प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उनले चुनावी प्रतिबद्धताअनुसार मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने प्रक्रिया अघि बढेकोमा सरकारप्रति आभार व्यक्त गरे । सांसद झाले गत वर्ष चुनावी अभियानको क्रममा जनकपुरमा गरिएको जानकी मन्दिरलाई ...
। नेपाली कम्युनिष्ट पार्टीका सांसद प्रेमबहादुर बयकले विदेशी भुक्तानी सेवा प्रदायकहरूको नेपाल आगमनले आर्थिक क्षेत्रमा नयाँ अवसर सिर्जना गर्ने बताएका छन् । प्रतिनिधि सभाको बुधवारको बैठकमा ‘भुक्तानी तथा फर्छ्यौट (पहिलो संशोधन) विधेयक, २०८३’ माथि सैद्धान्तिक छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् । उनले पुँजी पलायन, साइबर सुरक्षा र स्वदेशी कम्पनीको संरक्षणमा सरकार थप सजग हुनुपर्नेमा ...
। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले असोज २१ गते प्रदेश अधिवेशन गर्ने भएको छ। पार्टी प्रचार विभाग प्रमुखसमेत रहेका प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार सातै प्रदेशको अधिवेशन असोज २१ गतेका लागि तय भएको हो। अहिलेसम्म ७२ जिल्लाको अधिवेशन सम्पन्न भइसकेको उनको भनाइ छ। राप्रपाको केन्द्रीय महाधिवेशन मंसिर २६-२८ गतेसम्म काठमाडौंमा हुँदैछ। जिल्ला अधिवेशन सम्पन्न भएसँगै प्रदेशको तयारी सुरु ...
। जिल्ला प्रहरी परिसर काठमाडौंले स्वीप अपरेशन चलाएर १२१ जनालाई पक्राउ गरेको छ । २४ घण्टाको अवधिमा काठमाडौंका विभिन्न ठाउँहरूबाट १२१ जना पक्राउ परेका हुन् । जसमा १०५ पुरुष, १५ महिला र १ अन्य छन् । अपराध रोकथाम तथा नियन्त्रणका माध्यमद्वारा समााज शान्ति, सुव्यवस्था कायम गर्ने सन्दर्भमा यो अपरेशन चलाएर अवैध गतिविधि गर्नेलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको ...
। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा सहभागी गराउने प्रक्रिया अघि बढाएको छ । बुधबार प्रतिनिधिसभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाईंमन्त्री विराजभक्त श्रेष्ठले सुरक्षाकर्मीहरूले विपद्को समयमा गरेको कामको प्रशंसा गर्दै उनीहरूलाई जलविद्युत् आयोजनाको २ प्रतिशत प्राथमिक शेयर (आईपीओ) उपलब्ध गराउनेगरी कानूनी प्रक्रिया अघि बढाइएको जानकारी दिए । ‘उहाँहरूको समर्पण र योगदानको उच्च सम्मान गर्दै ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम