मुख्य समाचार
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले ओपनएआईद्वारा विकसित आर्टिफिसियल इन्टेलिजेन्स (एआई) एजेन्टले आफ्नो सरकारी वेबसाइटमा अनधिकृत पहुँच बनाएको पुष्टि
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले ओपनएआईद्वारा विकसित आर्टिफिसियल इन्टेलिजेन्स (एआई) एजेन्टले आफ्नो सरकारी वेबसाइटमा अनधिकृत पहुँच बनाएको पुष्टि

। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले ओपनएआईद्वारा विकसित आर्टिफिसियल इन्टेलिजेन्स (एआई) एजेन्टले आफ्नो सरकारी वेबसाइटमा अनधिकृत पहुँच बनाएको पुष्टि गरेका छन् ।

प्रधानमन्त्री अल्बानिजका अनुसार गत जुन महिनामा ओपनएआईको उक्त एआई एजेन्टले सर्भिसेस अस्ट्रेलिया अन्तर्गतको मेडिकेयर स्टाटिस्टिक्स रिपोर्टिङ सर्भिस पोर्टलमा अनधिकृत रूपमा पहुँच पुर्‍याएको थियो ।

यस साइबर घटनालाई अस्ट्रेलिया सरकारले अत्यन्त गम्भीर रूपमा लिएको छ । घटनाको विस्तृत अनुसन्धान गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् विभागको नेतृत्वमा एउटा विशेष कार्यदल नै गठन गरिएको छ ।

यसै विषयलाई लिएर प्रधानमन्त्री अल्बानिजले ओपनएआईका प्रमुख कार्यकारी अधिकृत (सीईओ) साम अल्टम्यानसँग टेलिफोन संवाद गर्दै अस्ट्रेलियाको गम्भीर चासो र चिन्ता व्यक्त गरेका छन् ।

सरकारका अनुसार प्रारम्भिक अनुसन्धानबाट हालसम्म कुनै पनि नागरिकको व्यक्तिगत विवरण चोरी भएको पुष्टि भएको छैन । यद्यपि, एआईले कुन प्रकृतिका फाइलहरूमा पहुँच पुर्‍यायो र यसको पूर्ण प्रभाव के हुन्छ भन्नेबारे प्राविधिक अनुसन्धान जारी राखिएको जनाएको छ ।

पछिल्लो समय एआई प्रविधिको विकास तीव्र भइरहेका बेला अस्ट्रेलियामा भएको यस घटनाले सरकारी सूचना प्रणालीको साइबर सुरक्षा र एआई प्रविधिको सुरक्षित विकास तथा नियमनसम्बन्धी विश्वव्यापी बहसलाई थप पेचिलो बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: चिनियाँ राष्ट्रपति सी जिनपिङ ११ वर्षको लामो अन्तरालपछि औपचारिक राज्यभ्रमणका क्रममा अमेरिका पुगेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य विमानस्थल 'जोइन्ट बेस एन्ड्र्युज' पुगेर सीलाई आफैं स्वागत गरेका छन्। १९६२ पछि पहिलो पटक कुनै अमेरिकी राष्ट्रपतिले यस एयरबेसमा कुनै विदेशी नेताको व्यक्तिगत रूपमा स्वागत गरेका हुन्। विदेशी समकक्षीलाई स्वागत गर्न अमेरिकी राष्ट्रपति ...
संयुक्त राष्ट्रसंघको महासभामा इरानी राष्ट्रपति मसुद पेजेस्कियानले सम्बोधन गरेका छन् । उनले सम्बोधन गर्दा अमेरिकी प्रतिनिधिमण्डल भने महासभामा उपस्थित थिएन । पेजेस्कियानले सम्बोधन सुरु गरेलगत्तै अमेरिकी प्रतिनिधिमण्डल महासभाबाट बाहिरिएका थिए । यसअघि हिजो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्बोधन गर्दा इरानी र क्युबाली प्रतिनिधिमण्डल महासभाबाट बाहिरिएका थिए । महासभालाई सम्बोधन गर्दै इरानी राष्ट्रपति पेजिस्कियानले अमेरिका र इजरायलको आक्रमणको ...
दक्षिण अफ्रिकाको डरबन सहरनजिकै एक घरभित्र भएको गोलीबारीमा कम्तीमा ११ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मंगलबार राति बन्दुकधारीहरू क्वामाखुथा टाउनसिपस्थित एउटा घरमा प्रवेश गरी त्यहाँ रहेका १४ जनामाथि गोली चलाएका थिए । गोली लागेर घटनास्थलमै १० जनाको मृत्यु भएको थियो । चार जनालाई अस्पताल लगिएकोमा उपचारका क्रममा थप एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ...
: संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विश्वले सामना गरिरहेका ‘शक्तिका चार ठूला परीक्षा’ प्रस्तुत गरेका छन्। संयुक्त राष्ट्रसंघको ८१औं महासभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै गुटेरेसले मानिसले क्रमशः आफ्नो शक्ति मेसिनलाई हस्तान्तरण गरिरहेको बताएका छन्। तीव्र गतिमा विकसित भइरहेको कृत्रिम बौद्धिकता (एआई)का कारण ‘कृत्रिम प्रणालीहरू नियन्त्रणबाहिर जाने’ र स्वचालित घातक हतियार विज्ञान कथाबाट सैन्य वास्तविकतातर्फ अघि बढिरहेको ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्ध अन्त्य गर्न रूस र युक्रेनबीच सहमति हुने समय नजिकिएको दाबी गरेका छन्। ट्रम्पले दुवै पक्षले युद्धबाट आजित भएको भन्दै अब वार्तामार्फत द्वन्द्व अन्त्य हुने बताएका हुन्। तर, यस्तो निष्कर्षमा ट्रम्प कसरी पुगे भन्ने स्पष्ट छैन। पछिल्लो समय पनि रूस र युक्रेनले एकअर्काको भूभागभित्र गहिराइसम्म क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरिरहेका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम