मुख्य समाचार
सरकारले विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठलाई नियुक्त
सरकारले विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठलाई नियुक्त

: सरकारले विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठलाई नियुक्त गरेको छ। मन्त्रिपरिषद्को असोज २ गतेको निर्णयअनुसार काठमाडौँ महानगरपालिका–१४ निवासी श्रेष्ठलाई बढीमा चार वर्षका लागि बोर्डको अध्यक्ष नियुक्त गरिएको हो।

नवनियुक्त अध्यक्ष श्रेष्ठले आज सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्। शपथपछि सूचना तथा सञ्चारमन्त्री डा तिमिल्सिनाले नवनियुक्त अध्यक्ष श्रेष्ठलाई विज्ञापन क्षेत्रको नियमन, व्यवस्थापन र सुधारका लागि परिणाममुखी ढङ्गले काम गर्न निर्देशन दिए। उनले विज्ञापन क्षेत्रलाई व्यवस्थित बनाउन बोर्डले आफ्नो अधिकार र जिम्मेवारीअनुसार प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए।

सञ्चारमन्त्री तिमिल्सिनाले बोर्डको आवश्यकता, औचित्य र स्वीकार्यता थप स्थापित गर्ने गरी कार्ययोजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिए। उनले विज्ञापन बोर्डको वर्तमान अवस्था, समस्या, अवसर र सम्भावनाको गम्भीर समीक्षा गरी सुधारका स्पष्ट योजनासहित काम गर्नुपर्ने बताए।

लोककल्याणकारी विज्ञापन वितरणलाई समेत वैज्ञानिक, वस्तुनिष्ठ, पारदर्शी र विधिसम्मत बनाउन आवश्यक रहेको उनको भनाई छ।। लोककल्याणकारी विज्ञापन वितरणमा पारदर्शिताको विषयमा महालेखापरीक्षकको कार्यालयले समेत प्रश्न उठाउँदै आएको सन्दर्भ उल्लेख गर्दै उनले सार्वजनिक स्रोतको पारदर्शी र प्रभावकारी उपयोग सुनिश्चित गर्नुपर्नेमा जोड दिए।

नवनियुक्त अध्यक्ष श्रेष्ठले विज्ञापनसँग सम्बन्धित नीति, ऐन तथा कानुनको प्रभावकारी कार्यान्वयनलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए। उनले सुशासन र नागरिकलाई सहज सेवा प्रवाहलाई केन्द्रमा राख्दै विज्ञापन क्षेत्र सुधारका लागि नयाँ कार्ययोजना बनाएर अघि बढ्ने बताए। नवनियुक्त अध्यक्ष श्रेष्ठले विज्ञापन क्षेत्रको नियमन, व्यवस्थापन र सञ्चालनलाई प्रभावकारी बनाउन सक्रियतापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सरकारले सुरक्षा निकायको नाम, पोशाक, संकेत, चिन्ह वा कार्यक्षेत्रसँग मिल्दोजुल्दो बनाएर संस्था दर्ता गराउन रोक लगाएको छ । गृह मन्त्रालयले बुधबार सचिवस्तरीय निर्णय गरेर सुरक्षा निकायको नाम, पोशाक, संकेत, चिन्ह वा कार्यक्षेत्रसँग मिल्दोजुल्दो व्यवस्था रहेका संस्थाहरूको सम्बन्धमा नवीकरण गर्नुअघि जानकारी गराउन भनेको छ । देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई उक्त परिपत्र जारी गर्दै मन्त्रालयले त्यस्ता संस्थाहरू नवीकरण ...
। एमाले सचिव महेश बस्नेतले एमालेको हैसियत जोगाउन पुरानै संसद् पुनर्स्थापनामा लाग्नुपर्ने धारणा राखेका छन् । पार्टीको केन्द्रीय कमिटी बैठकमा उनले धारणा राख्दै संसद् पुनर्स्थापनाको एजेण्डाको वकालत गरेका हुन् । अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको प्रतिवेदनमा पनि यो प्रसंग छ । संसद् पुनरस्थापनाको मुद्दा अहिले पनि अदालतमा विचाराधीन रहेकाले त्यसको टुंगो लगाउनेतर्फ लाग्नुपर्ने धारणा राखेका ...
: अपहरण, शरीरबन्धक तथा जबरजस्ती करणी मुद्धामा अदालतबाट १८ वर्ष कैद सजाय पाएका एक प्रतिवादीलाई बारा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहट कटहरिया नगरपालिका–७ बगही टोलका २३ वर्षीय अफरोज अंसारी रहेका छन्। अंसारीलाई कलैया उपमहानगरपालिका-६ स्थित बजार क्षेत्रबाट बुधबार पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए। घलेका अनुसार अंसारीलाई ...
: कार्यवाहक प्रधानमन्त्री स्वर्णिम वाग्ले र कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीबीच भेटवार्ता भएको छ। ​भेटवार्ताका क्रममा आगामी दिनमा रासायनिक मलको आपूर्ति, रसुवा बाढीबाट प्रभावित नागरिकका लागि प्राप्त राहत रकमलगायतका विषयमा छलफल भएको मन्त्री चौधरीको सचिवालयले जनाएको छ। ​त्यस अवसरमा कृषि मन्त्री चौधरीले डब्लुडब्लुएफद्वारा रसुवाका बाढी प्रभावित क्षेत्रमा राहत तथा पुनःस्थापनाका लागि उपलब्ध गराइएको १ करोड ५० ...
। परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डकी परराष्ट्रमन्त्री एलिना भाल्टोनेनबीच संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको साइडलाइनमा भेटवार्ता भएको छ । भेटवार्तामा फिनल्यान्डकी परराष्ट्रमन्त्री भाल्टोनेनले नेपालमा हालै आएको विनाशकारी बाढी तथा पहिरोबाट भएको जनधनको क्षतिप्रति गहिरो दु:ख व्यक्त गर्दै शोक तथा समवेदना प्रकट गरिन् । दुवै मन्त्रीहरूले नेपाल–फिनल्यान्ड सम्बन्धका विविध पक्षका साथै बहुपक्षीय मञ्चमा सहकार्यका विषयमा विचार आदानप्रदान गरेका थिए ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम