मुख्य समाचार
कार्यवाहक प्रधानमन्त्री स्वर्णिम वाग्ले र कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीबीच भेटवार्ता
कार्यवाहक प्रधानमन्त्री स्वर्णिम वाग्ले र कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीबीच भेटवार्ता

: कार्यवाहक प्रधानमन्त्री स्वर्णिम वाग्ले र कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीबीच भेटवार्ता भएको छ।

​भेटवार्ताका क्रममा आगामी दिनमा रासायनिक मलको आपूर्ति, रसुवा बाढीबाट प्रभावित नागरिकका लागि प्राप्त राहत रकमलगायतका विषयमा छलफल भएको मन्त्री चौधरीको सचिवालयले जनाएको छ।

​त्यस अवसरमा कृषि मन्त्री चौधरीले डब्लुडब्लुएफद्वारा रसुवाका बाढी प्रभावित क्षेत्रमा राहत तथा पुनःस्थापनाका लागि उपलब्ध गराइएको १ करोड ५० लाख रुपैयाँ कार्यवाहक प्रधानमन्त्री वाग्लेलाई हस्तान्तरण गरेकी थिइन्।

​छलफलका क्रममा आगामी सिजनका लागि आवश्यक रासायनिक मलको पर्याप्त आपूर्ति र सहज वितरण सुनिश्चित गर्ने विषयमा पनि जोड दिइएको थियो। मल खरिदका लागि आवश्यक बजेट तथा स्रोत व्यवस्थापन गरी समयमै किसानसम्म मल पुर्‍याउने विषयमा पनि छलफल भएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा एमालेका केन्द्रीय सदस्य सुहाङ नेम्वाङले पार्टीमा उदाउँदै गरेको नयाँ पुस्तालाई विश्वास गर्न पार्टी नेतृत्वसमक्ष आग्रह गरेका छन् । ललितपुरमा जारी पार्टीको केन्द्रीय कमिटी बैठकमा आफ्नो धारणा राख्ने क्रममा उनले पार्टी आन्दोलन र अवस्था ठिकठाक नभएको सम्झाउँदै यस्तो आग्रह गरेका हुन् । पार्टीप्रतिको विश्वास र भरोसा टुट्दै गएकोप्रति उनले केन्द्रीय कमिटी बैठकमा चिन्ता व्यक्त गरेका ...
। नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापाले अध्यक्ष केपी शर्मा ओलीले मार्गप्रशस्त गर्नुपर्ने बहस ११ औं महाधिवेशनबाट अस्वीकृत भइसकेको यसलाई थप बहसको विषय बनाउन नहुने धारणा राखेका छन् । बुधबार केन्द्रीय समिति बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘अध्यक्षले मार्गप्रशस्त गर्नुपर्ने बहस पार्टीका विभिन्न तहका बैठक र ११औँ महाधिवेशनबाट अस्वीकृत भइसकेको विषय हो,’ उनले ...
। महिला, बालबालिकामन्त्री सीता बादी र अन्तर्राष्ट्रिय रेडक्रस तथा रेड क्रिसेन्ट महासङ्घ(आईएफआरसी) का एसिया प्रशान्त क्षेत्रीय निर्देशक अलेक्जेन्डर म्याथ्युबीच भेटवार्ता भएको छ । मन्त्रालयमा बुधबार भएको भेटवार्तामा रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, संरक्षण तथा पुनर्स्थापनालाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको मन्त्री बादीको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार विशेषगरी बाढीबाट प्रभावित महिला, बालबालिका तथा ...
। सरकारले सुरक्षा निकायको नाम, पोशाक, संकेत, चिन्ह वा कार्यक्षेत्रसँग मिल्दोजुल्दो बनाएर संस्था दर्ता गराउन रोक लगाएको छ । गृह मन्त्रालयले बुधबार सचिवस्तरीय निर्णय गरेर सुरक्षा निकायको नाम, पोशाक, संकेत, चिन्ह वा कार्यक्षेत्रसँग मिल्दोजुल्दो व्यवस्था रहेका संस्थाहरूको सम्बन्धमा नवीकरण गर्नुअघि जानकारी गराउन भनेको छ । देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई उक्त परिपत्र जारी गर्दै मन्त्रालयले त्यस्ता संस्थाहरू नवीकरण ...
। एमाले सचिव महेश बस्नेतले एमालेको हैसियत जोगाउन पुरानै संसद् पुनर्स्थापनामा लाग्नुपर्ने धारणा राखेका छन् । पार्टीको केन्द्रीय कमिटी बैठकमा उनले धारणा राख्दै संसद् पुनर्स्थापनाको एजेण्डाको वकालत गरेका हुन् । अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको प्रतिवेदनमा पनि यो प्रसंग छ । संसद् पुनरस्थापनाको मुद्दा अहिले पनि अदालतमा विचाराधीन रहेकाले त्यसको टुंगो लगाउनेतर्फ लाग्नुपर्ने धारणा राखेका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम