मुख्य समाचार
सम्भावित विपद्‌मा उच्च सतर्कता अपनाउन राष्ट्रिय सभाको अपिल
सम्भावित विपद्‌मा उच्च सतर्कता अपनाउन राष्ट्रिय सभाको अपिल

। राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले यही असोज ९ गतेदेखि ११ गतेसम्म देशभरिका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको उल्लेख गर्दै उच्च सतर्कता अपनाउन अपिल गरेका छन् ।

बिहीबारको बैठकमा अध्यक्ष दाहालले अधिकांश स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेकाले आधिकारिक र अद्यावधिक सूचनाको जानकारी लिन, अत्यावश्यक बाहेक यात्रा नगर्न, जोखिमयुक्त स्थानमा नबस्न र सुरक्षित रहन अपिल गरेका हुन् ।

नेपाल मौसम विज्ञान विभागका अनुसार उत्तर अन्डमान सागर र आसपासको क्षेत्रमा विकसित न्यून चापीय क्षेत्र हाल बङ्गालको खाडीको मध्य भूभाग आसपासमा रहेको र उक्त प्रणाली थप शक्तिशाली बन्दै बलियो न्यून चापीय क्षेत्र भई अति भारी वर्षाको सम्भावना देर्खिएको हो ।

विभागले सम्भावित वर्षाको कारणले भू–क्षय, बाढी, पहिरो तथा ग्रेगान बहावको जोखिम रहेकाले सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहने, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवनसमेत प्रभावित हुनसक्ने भएकोले पूर्वतयारी अपनाउन आह्वान गरेको छ ।




बैठकमा अध्यक्ष दाहालले जोखिम न्यूनीकरण र प्रतिकार्यको लागि सङ्घ, प्रदेश, स्थानीय तहलगायतका सरकारी संयन्त्रलाई सक्रिय एवं पूर्वतयारी अवस्थामा रहन र सम्भावित जोखिम तथा त्यसबाट पर्ने प्रभावबारे नागरिकलाई सुसूचित गराई सचेतना अभिवृद्धि गर्नसमेत सम्बद्ध सबैलाई निर्देश गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अविरल वर्षा र त्यसबाट हुन सक्ने बाढी, पहिरो तथा डुबानको विपद्जन्य जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय चितवनले नारायणगढ-मुग्लिन सडक खण्डमा रात्रिकालीन सवारी आवागमन पूर्ण रूपमा बन्द गरेको छ। जल तथा मौसम विज्ञान विभागले चितवन र आसपासका क्षेत्रमा निरन्तर वर्षा भइरहेको र आगामी केही दिनसम्म अति भारी वर्षा हुन सक्ने पूर्वानुमानसहित सूचना जारी गरेसँगै यात्रु ...
। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले प्रयोगशाला सञ्चालक समितिका सदस्यहरूको योग्यतामा परिमार्जन गर्न प्रश्ताव गरेकी छिन् । बिहीबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले विशेषज्ञको मापदण्ड तोक्दा स्नातक तहलाई मात्र आधार मान्न नहुने स्पष्ट पारिन् । बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमाथि छलफल भएको थियो ...
। सभामुख डोलप्रसाद अर्यालले बोल्नका लागि मात्रै नियमापत्ति माग गर्न सांसदहरूलाई आग्रह गरेका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले यस्तो आग्रह गरेका हुन् । ‘माननीय सदस्यहरूबाट बैठकमा छलफलका क्रममा नियमापत्ति हुनु स्वभाविकै हो । यद्यपि, जे विषयमा नियमापत्ति गरिएको हो सो भन्दा बाहिर गइ आफ्ना भनाइ राख्ने तथा बोल्नका लागि मात्र नियमापति गर्ने कार्य स्वभनिय देखिँदैन ...
। नेपालमा विकसित न्युन चापीय प्रणालीका कारण आगामी केही दिन भारी वर्षाको सम्भावना बढेसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. धनञ्जय रेग्मीले बाढी र पहिरोको जोखिमबारे गम्भीर सतर्कता अपनाउन आग्रह गरेका छन् । बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले घरमै बस्ने सूचना मात्र पर्याप्त नभई, पहिरोका पूर्वसंकेतहरू पहिचान गर्न नागरिकलाई सचेत गराउन सरकारको ...
। संयुक्त अरब इमिरेट्स (युएई) जाने नेपाली श्रमिकको प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरणमा लाग्दै आएको शुल्क ५० प्रतिशत घट्ने भएको छ। नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष डिकबहादुर खत्रीको नेतृत्वमा संघको प्रतिनिधिमण्डलले नेपालस्थित युएईका राजदूतसँग गरेको भेटवार्तामा यस्तो सहमति भएको संघले जनाएको छ। संघका अनुसार अक्टोबर २०२६ देखि युएई रोजगारीमा जाने नेपाली श्रमिकको प्रहरी रिपोर्ट प्रमाणीकरण शुल्कमा ५० ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम