मुख्य समाचार
देउवाको समूहले १५ औं महाधिवेशनका लागि ५५ जिल्लामा संयोजकहरू तोके
देउवाको समूहले १५ औं महाधिवेशनका लागि ५५ जिल्लामा संयोजकहरू तोके

। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहले १५ औं महाधिवेशनका लागि ५५ जिल्लामा संयोजकहरू तोकेको छ ।

महाधिवेशनका लागि गठन गरिएको १५ औं केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले सात प्रदेशका ५५ जिल्लाहरूमा संयोजक तोकेका हुन् ।

देउवा समूहको चुनदेवी सम्पर्क कार्यालयका अनुसार अहिलेसम्म कोशी प्रदेशका ८, बागमती प्रदेशका ११, गण्डकी प्रदेशका आठ, लुम्बिनी प्रदेशका १२, कर्णाली प्रदेशका आठ र सुदूरपश्चिमका आठ जिल्लामा संयोजकहरू तोकिएका छन् ।

कोशीको पाँचथरमा डेकेन्द्रकुमार तामाङ, झापामा कृष्ण हुमागाईं, संखुवासभामा रामकुमार जीसी, भोजपुरमा धर्मराज राई, मोरङमा सुभाष पौडेल, (सहसंयोजक विनायक पन्त), खोटाङमा रोजन राई, अ‍ेखालढुंगामा बालगोविन्द राजभण्डारी, उदयपुरमा बसन्त बस्नेतलाई महाधिवेशन संयोजनको जिम्मेवारी दिइएको छ ।

सम्पर्क कार्यालयले उदयपुरमा गोविन्द चाम्लिङलाई सहसंयोजकको जिम्मेवारी दिइएको पनि जनाएको छ । देउवा समूहले कोशी प्रदेशका ताप्लेजुङ, इलाम, तेह्रथुम, धनकुटा, सुनसरी र सोलुखुम्बुमा संयोजक तोक्न बाँकी छ ।

यस्तै बागमती प्रदेशको दोलखामा ताराकुमार खड्का (सहसंयोजक जयराज श्रेष्ठ) रामेछापमा जीतबहादुर मगर, रसुवामा उपेन्द्र लम्साल, धादिङमा गोपाल बिक, नुवाकोटमा श्रीराम श्रेष्ठ, सिन्धुपाल्चोकमा लालकाजी तामाङ, चितवनमा मिलन श्रेष्ठ, मकवानपुरमा भीम लामा, भक्तपुरमा दुर्लभ थापा, ललितपुरमा सुदर्शन घिमिरे, काठमाडौंमा जयकृष्ण महर्जनले संयोजन गर्ने भएका छन् ।

बागमती प्रदेशका सिन्धुली र काभ्रेपलाञ्चोकमा संयोजक तोक्न बाँकी रहेको छ । देउवा समूहले मधेश प्रदेशका कुनै पनि जिल्लामा संयोजक तोकेको छैन ।

गण्डकी प्रदेशको गोरखामा भूगोल थापा, लमजुङमा रामकृष्ण कँडेल, कास्कीमा ऋषिराम काफ्ले, मनाङमा नाचोङ गुरूङ, पर्वतमा रामकृष्ण मल्ल, म्याग्दीमा हिराबहादुर पुनमगर, बाग्लुङमा सागर छन्त्याल र नवलपुरमा अशोक बस्ताकोटीले देउवा समूहको महाधिवेशनको जिम्मा लिएका छन् । गण्डकी प्रदेशको तनहुँ, मुस्ताङ र स्याङ्जामा संयोजक चुनिएको छैन ।

लुम्बिनी प्रदेशको नवलपरासीमा विकास घिमिरे, रुपन्देहीमा गुनाखर भुर्तेल, कपिलवस्तुमा अब्दुल मन्नान खाँ, (सहसंयोजक खुर्सेद अहमद खाँ), पाल्पामा माधव नेपालले जिम्मेवारी पाएका छन् ।

यस्तै अर्घाखाँचीमा लक्ष्मण पाण्डे, गुल्मीमा वेदबहादुर थापा, रुकुम पूर्वमा दत्तबहादुर बस्नेत, रोल्पामा मानबहादुर खत्री, प्यूठानमा ईश्वरीसिंह बिष्ट, दाङमा गोपालराज शर्मा, बाँकेमा कृष्ण कार्की र बर्दियामा जग्गाप्रसाद पाण्डेलाई संयोजक बनाइएको छ ।

कर्णाली प्रदेशको डोल्पामा देउप्रसाद बुढा, जुम्लामा हेम बुडथापा, मुगुमा कर्ण रावल, हुम्लामा सूर्यबहादुर शाही, कालिकोटामा मातृका सिंह, जाजरकोटमा राजजंग शाह, दैलेखमा मीनबहादुर विश्वकर्मा (मिलन) र सुर्खेतमा ललित भट्टराईलाई संयोजक तोकिएको छ । रुकुम पश्चिम र सल्यानमा संयोजक तोक्न बाँकी छ ।

देउवाको गृह प्रदेश सुदूरपश्चिम प्रदेशका बाजुरामा धनराज पण्डित, बझाङमा हर्कजंग बहादुर सिंह्, डोटीमा नरेन्द्रबहादुर सिंह, दार्चुलामा सुरेन्द्र अवस्थी, बैतडीमा बीरबहादुर बिष्ट, डडेल्धुरामा डिल्लीराज जोशी, कञ्चनपुरमा पदम बोगटी र कैलालीमा खेमबहादुर डगौरा थारुलाई संयोजक बनाइएको छ ।

उक्त समूहले कैलालीका नेता रामसमझ रानालाई सहसंयोजकको जिम्मेवारी दिएको छ । देउवा समूहले सुदूरपश्चिमका आठ जिल्लामा संयोजक तोके पनि अछाममा बाँकी छ ।

पूर्वमहामन्त्री कोइरालाको संयोजकत्वमा रहेको समितिले १५ असोजमा वडा अधिवेशनको कार्यतालिका तय गरेको छ । कार्यतालिकाअनुसार २१–२३ मंसिरमा काठमाडौंमा केन्द्रीय महाधिवेशन हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। तामाका भाँडा चोरी गरेको आरोपमा तीन जना कीर्तिपुरबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही घर भएका २४ वर्षीय आकाश लामा, सोही ठाउँका ३१ वर्षीय रोहित तामाङ र २४ वर्षीय कृष्ण चौधरी छन् । उनीहरूलाई प्रहरी वृत्त कीर्तिपुरले पक्राउ गरेको हो । उनीहरुले कीर्तिपुरका विभिन्न ठाउँहरुबाट ३६ थान तामाका कलसहरु, २ वटा पूजाको थाली, तामाकै वायरिङको ...
। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद यज्ञमणि न्यौपानेले फोहोरमैलामा हुने राजनीति अन्त्य गर्न आवश्यक रहेको बताएका छन् । प्रतिनिधिसभामा फोहोरमैला व्यवस्थापनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् । ‘फोहोरमैलामा हुने राजनीतिको अन्त्य हुनुपर्दछ । यो कुरा सबैको कुरा हो’, उनले भने । तर, कस्तो राजनीति भइराखेको छ भनेर थप व्याख्या ...
। नेकपा एमालेका सचिव महेश बस्नेतले दशैँ, तिहार र छठपछि सशक्त आन्दोलन हुने बताएका छन् । एमालेको केन्द्रीय कमिटी बैठकस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले त्यो आन्दोलनबाट बालेन्द्र शाह नेतृत्वको सरकारको हरिविजोग हुने बताएका छन् । ‘दशैँ, तिहार र छठपछाडि मधेशदेखि लिएर देशका सबै भूभागका एमालेलगायतका अन्य सबै दल सहभागी भएर एउटा सशक्त आन्दोलन अगाडि बढ्छ,’ नेता ...
। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद स्मृति सेञ्चुरीले जेन–जी आन्दोलनका क्रममा पक्राउ परी लामो समयदेखि थुनामा रहेका युवाहरूलाई दशैँअघि नै रिहा गर्न सरकारसँग माग गरेकी छिन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सेञ्चुरीले कानूनसम्मत प्रक्रिया अपनाएर बन्दी युवाहरूलाई दशैँमा घर फर्कने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएकी हुन् । प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै सांसद सेञ्चुरीले आन्दोलनमा सहभागी भएकै आधारमा ...
। हिमालय एयरलाइन्सले चीनको हाङझाउमा पहिलो पटक सिधा उडान गर्ने भएको छ । कम्पनीले काठमाडौं-हाङझाउ-काठमाडौं उडान घोषणा गरेको हो । कम्पनीको यो नयाँ रुट हुनेछ । यस रुटमा ३० सेप्टेम्बर २०२६ देखि उडान सुरु गर्ने घोषणा कम्पनीले गरेको छ । हिमालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हाङझाउस्थित हाङझाउ सियाओसान अन्तर्राष्ट्रिय विमानस्थलमा साताको दुई नियमित उडान तालिका सार्वजनिक गरेको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम