मुख्य समाचार
चाडपर्वमा खाद्यान्न अभाव नहुने सरकारको दाबी
चाडपर्वमा खाद्यान्न अभाव नहुने सरकारको दाबी

। जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न भागमा भारी वर्षा हुने पूर्वानुमान गरेसँगै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा अत्यावश्यक वस्तुको पर्याप्त मौज्दात रहेको भन्दै सर्वसाधारणलाई आश्वस्त पारेको छ ।

नजिकिँदै गरेको चाडपर्व र सम्भावित प्राकृतिक विपद्लाई लक्षित गर्दै मन्त्रालयले आपूर्ति व्यवस्था सुदृढ रहेको जानकारी दिँदै कुनै पनि प्रकारको कृत्रिम अभाव र कालोबजारी नगर्न व्यवसायीहरूलाई चेतावनी दिएको छ ।

विभागले ८ देखि ११ असोजसम्म देशका विभिन्न भागमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षा हुने सूचना जारी गरेको सन्दर्भमा मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै उक्त जानकारी गराएको हो ।

मन्त्रालयका अनुसार सम्भावित मौसमी परिवर्तनका कारण निम्तिन सक्ने प्राकृतिक विपद् तथा आसन्न चाडपर्वसमेतलाई लक्षित गरी अत्यावश्यक वस्तुको आवश्यक मौज्दात कायम राख्न र आपूर्ति शृङ्खलालाई थप सुदृढ बनाउन सरकारी तथा निजी क्षेत्रका आपूर्ति सम्बद्ध संस्थाहरू र व्यवसायीहरूसँग निरन्तर समन्वय भइरहेको छ ।

हाल राष्ट्रिय खाद्य सुरक्षा भण्डार र सार्क खाद्य सुरक्षा बैंकमा पर्याप्त मात्रामा खाद्यान्न मौज्दात रहेको र बजारमा पनि खाद्यान्न लगायतका अत्यावश्यक वस्तुको बिक्री वितरण सहज रूपमा भइरहेको मन्त्रालयको भनाइ छ ।

बाढी, पहिरो वा अन्य कारणले प्रमुख राजमार्ग तथा आपूर्ति मार्ग अवरुद्ध भएमा सडक विभाग, स्थानीय प्रशासन एवम् सुरक्षा निकायसँग समन्वय गरी वैकल्पिक मार्गबाट अत्यावश्यक वस्तुको ढुवानीलाई निरन्तरता प्रदान गरिने योजना सरकारले बनाएको मन्त्रालयले बताएको छ ।

मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले उपभोक्तालाई आवश्यकताभन्दा बढी सामान सञ्चय नगर्न आग्रह गरेका छन् ।

‘दैनिक अत्यावश्यक उपभोग्य वस्तु सुपथ मूल्यमा सहजै ढङ्गबाट प्राप्त गर्ने गरी आपूर्ति व्यवस्था मिलाइएको हुँदा माग, आपूर्ति र मूल्यमा प्रतिकूल प्रभाव पर्न नदिन वस्तुको अधिक सञ्चय तथा भण्डारण नगर्न नगराउन आम उपभोक्तासमक्ष अनुरोध छ,’ विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी, आपत् विपद् र चाडपर्वको मौका छोपी कार्टेलिङ गर्ने, सिण्डिकेट गर्ने, कालोबजारी गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने, अस्वाभाविक मूल्य वृद्धि गर्ने वा अनुचित रूपमा वस्तु लुकाउने कार्य हुन नदिन मन्त्रालयले सूचना संकलन र बजार अनुगमनलाई थप सघन एवम् प्रभावकारी बनाएको मन्त्रालयको दाबी छ ।

बजार अनुगमनलाई प्रभावकारी बनाउन र उपभोक्ताको हित संरक्षण गर्न मन्त्रालयले कुनै पनि वस्तुको कृत्रिम अभाव, कालोबजारी, अस्वाभाविक मूल्यवृद्धि, जम्माखोरी वा उपभोक्ता हितविपरीतका गतिविधि भएको पाइएमा वा कुनै गुनासो भएमा सम्बन्धित निकायमा जानकारी गराउन सरोकारवाला सबैलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। तामाका भाँडा चोरी गरेको आरोपमा तीन जना कीर्तिपुरबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही घर भएका २४ वर्षीय आकाश लामा, सोही ठाउँका ३१ वर्षीय रोहित तामाङ र २४ वर्षीय कृष्ण चौधरी छन् । उनीहरूलाई प्रहरी वृत्त कीर्तिपुरले पक्राउ गरेको हो । उनीहरुले कीर्तिपुरका विभिन्न ठाउँहरुबाट ३६ थान तामाका कलसहरु, २ वटा पूजाको थाली, तामाकै वायरिङको ...
। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद यज्ञमणि न्यौपानेले फोहोरमैलामा हुने राजनीति अन्त्य गर्न आवश्यक रहेको बताएका छन् । प्रतिनिधिसभामा फोहोरमैला व्यवस्थापनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् । ‘फोहोरमैलामा हुने राजनीतिको अन्त्य हुनुपर्दछ । यो कुरा सबैको कुरा हो’, उनले भने । तर, कस्तो राजनीति भइराखेको छ भनेर थप व्याख्या ...
। नेकपा एमालेका सचिव महेश बस्नेतले दशैँ, तिहार र छठपछि सशक्त आन्दोलन हुने बताएका छन् । एमालेको केन्द्रीय कमिटी बैठकस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले त्यो आन्दोलनबाट बालेन्द्र शाह नेतृत्वको सरकारको हरिविजोग हुने बताएका छन् । ‘दशैँ, तिहार र छठपछाडि मधेशदेखि लिएर देशका सबै भूभागका एमालेलगायतका अन्य सबै दल सहभागी भएर एउटा सशक्त आन्दोलन अगाडि बढ्छ,’ नेता ...
। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद स्मृति सेञ्चुरीले जेन–जी आन्दोलनका क्रममा पक्राउ परी लामो समयदेखि थुनामा रहेका युवाहरूलाई दशैँअघि नै रिहा गर्न सरकारसँग माग गरेकी छिन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सेञ्चुरीले कानूनसम्मत प्रक्रिया अपनाएर बन्दी युवाहरूलाई दशैँमा घर फर्कने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएकी हुन् । प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै सांसद सेञ्चुरीले आन्दोलनमा सहभागी भएकै आधारमा ...
। हिमालय एयरलाइन्सले चीनको हाङझाउमा पहिलो पटक सिधा उडान गर्ने भएको छ । कम्पनीले काठमाडौं-हाङझाउ-काठमाडौं उडान घोषणा गरेको हो । कम्पनीको यो नयाँ रुट हुनेछ । यस रुटमा ३० सेप्टेम्बर २०२६ देखि उडान सुरु गर्ने घोषणा कम्पनीले गरेको छ । हिमालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हाङझाउस्थित हाङझाउ सियाओसान अन्तर्राष्ट्रिय विमानस्थलमा साताको दुई नियमित उडान तालिका सार्वजनिक गरेको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम