। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरिमोहन भण्डारीले संसद्को क्यान्टिन महंगो भएको बताएका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘क्यान्टिनको बारेमा बोल्दा उहाँ (सोल्टी होटल)लाई नै दिए पनि हुन्छ । तर, रेटको कम्प्रमाइजको कुरा र सस्तो आइटमहरूको पनि केही कुरा गर्नुपर्छ जस्तो लाग्छ’, उनले भने ।
कुन रेट र कस्तो रेट भनेर थप व्याख्या गरेनन् । तर महंगो भएको बताए । ‘नत्र यो माननीयको तलबले घरभाडा तिर्ने हो कि यता चल्ने कि उता हिँड्ने की, बसभाडा तिर्ने हो । यो क्यान्टिन पनि महंगो भयो जस्तो लागिरहेको छ’, उनले भने ।
सस्तो क्यान्टिनको अविलम्ब व्यवस्था गर्न जरुरी रहेको उनले बताए ।
बाहिर गए सचेतक फोन हानिहाल्ने र भित्र महंगो हुने हुँदा भोकभोकै बस्नुपर्ने अवस्था आएको भनेर उनले बताए ।
साथै, संसदभित्र लामखुट्टेले टोक्ने अवस्था रहेको पनि उनले बताए ।