मुख्य समाचार
जेन–जी आन्दोलनका क्रममा पक्राउ परी लामो समयदेखि थुनामा रहेका युवाहरूलाई दशैँअघि नै रिहा गर्न सरकारसँग माग
जेन–जी आन्दोलनका क्रममा पक्राउ परी लामो समयदेखि थुनामा रहेका युवाहरूलाई दशैँअघि नै रिहा गर्न सरकारसँग माग

। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद स्मृति सेञ्चुरीले जेन–जी आन्दोलनका क्रममा पक्राउ परी लामो समयदेखि थुनामा रहेका युवाहरूलाई दशैँअघि नै रिहा गर्न सरकारसँग माग गरेकी छिन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सेञ्चुरीले कानूनसम्मत प्रक्रिया अपनाएर बन्दी युवाहरूलाई दशैँमा घर फर्कने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै सांसद सेञ्चुरीले आन्दोलनमा सहभागी भएकै आधारमा र क्यामेरामा अनुहार देखिएकै भरमा युवाहरूलाई राज्यले लामो समयदेखि थुनामा राखेको भन्दै आपत्ति जनाइन् ।

केही दिनअघि सदनमा शहीदकी आमाले न्यायका लागि बगाएको आँसु स्मरण गर्दै उनले सरकारको जवाफदेहितामाथि प्रश्न उठाएकी हुन् ।

‘कोही सडकबाट सदनसम्म आइपुगे, तर आन्दोलनमा सहभागी युवाहरू अझै आफ्नो घरको आँगनसम्म पुग्न पाएका छैनन्,’ उनले भनिन्, ‘हामीले पटक–पटक सम्बन्धित मन्त्रालयमा कुरा पुर्‍यायौँ र सरकारको ध्यानाकर्षण गरायौं, तर यो विषय अझै किन टुङ्गेन ?’

सरकार कुन प्रक्रियामा अड्किएको हो र कसको निर्णयको पर्खाइमा छ भन्दै उहाँले तत्काल स्पष्ट पार्न आग्रह गरिन् ।

दशैँको समयमा देशभर खुशीयाली छाउँदा केही परिवारमा भने अझै पनि आफ्ना सन्तान घर फर्किएलान् कि भन्ने आशा र पीडाको मिश्रित प्रतीक्षा रहेको भन्दै उहाँले मानवीय संवेदनाका आधारमा पनि रिहाइ आवश्यक रहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालस्थित अस्ट्रेलियाली दूतावासले अस्ट्रेलिया जान चाहने नेपाली नागरिकहरूलाई भिसासम्बन्धी ठगी र दलालहरूको झुटा आश्वासनबाट सावधान रहन आग्रह गरेको छ। दूतावासले शतप्रतिशत भिसा ग्यारेन्टी गर्ने, मोटो रकम अग्रिम माग्ने, पर्यटक भिसामा पनि काम गर्न पाइने वा अस्ट्रेलिया पुगेपछि सजिलै अर्को भिसामा परिणत गर्न सकिने जस्ता प्रलोभन देखाउने एजेन्टहरूदेखि सचेत रहन चेतावनी दिएको छ। यस्ता प्रलोभन र झुटा ...
। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले संवैधानिक तथा राजनीतिक नियुक्तिमा पेन्सन तथा उपदान नपाउने गरी कानुन परिमार्जन गर्ने बताएकी छन् । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ माथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले यस्तो बताएकी हुन् । पेन्सन तथा उपदान सरकारी सेवा ...
। नेकपा एमालेको सचिवालय बैठकले केन्द्रीय समिति बैठकबाट पारित अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन एकरूपताका साथ बुझेर कार्यकर्तास्तरसम्म लैजाने निर्णय गरेको छ । बिहीबार केन्द्रीय समिति बैठकअघि बसेको सचिवालय बैठकले यो निर्णय लिएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए । ‘हिजोको अध्यक्षको प्रतिवेदनले नयाँ कुरा दिएको छ । एउटा एकताको भाव पैदा गरेको छ,’ भट्टले भने, ...
। तामाका भाँडा चोरी गरेको आरोपमा तीन जना कीर्तिपुरबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही घर भएका २४ वर्षीय आकाश लामा, सोही ठाउँका ३१ वर्षीय रोहित तामाङ र २४ वर्षीय कृष्ण चौधरी छन् । उनीहरूलाई प्रहरी वृत्त कीर्तिपुरले पक्राउ गरेको हो । उनीहरुले कीर्तिपुरका विभिन्न ठाउँहरुबाट ३६ थान तामाका कलसहरु, २ वटा पूजाको थाली, तामाकै वायरिङको ...
। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद यज्ञमणि न्यौपानेले फोहोरमैलामा हुने राजनीति अन्त्य गर्न आवश्यक रहेको बताएका छन् । प्रतिनिधिसभामा फोहोरमैला व्यवस्थापनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् । ‘फोहोरमैलामा हुने राजनीतिको अन्त्य हुनुपर्दछ । यो कुरा सबैको कुरा हो’, उनले भने । तर, कस्तो राजनीति भइराखेको छ भनेर थप व्याख्या ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम