मुख्य समाचार
पाकिस्तानी वायुसेनाले अफगानिस्तानका १० स्थानमा हवाई हमला गरेको दाबी
पाकिस्तानी वायुसेनाले अफगानिस्तानका १० स्थानमा हवाई हमला गरेको दाबी

पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारले पाकिस्तानी वायुसेनाले अफगानिस्तानका १० स्थानमा हवाई हमला गरेको दाबी गरेका छन् । उनका अनुसार ती स्थानबाट ड्रोन भण्डारण तथा सञ्चालन भइरहेको थियो ।

बीबीसी उर्दूका अनुसार पाकिस्तानले भने हमला गरिएका स्थानहरूको विस्तृत विवरण सार्वजनिक गरेको छैन ।

यसअघि बुधबार पाकिस्तानले अफगानिस्तानबाट आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेका आठ वटा ड्रोन खसालेको दाबी गरेको थियो ।

तालिबान सरकारको रक्षा मन्त्रालयका प्रवक्ता सिद्दीकुल्लाह नुसरतले बुधबार बीबीसीसँग कुरा गर्दै पाकिस्तानमा अफगानिस्तानको तर्फबाट कुनै हमला नभएको दाबी गरेका छन् ।

‘पाकिस्तानमा अफगानिस्तानको तर्फबाट कुनै हमला भएको छैन। अफगान वायुसेनाले अहिलेसम्म कुनै ड्रोन हमला गरेको छैन,’ उनले भनेका छन्, ‘जवाफी कारबाहीको समय र स्वरूप अफगान वायुसेनाले नै तय गर्नेछ ।’

उता अफगानिस्तानको टोलो न्युजले खोस्तका गभर्नरका प्रवक्ता मुस्तगफुर गुरबुजलाई उद्धृत गर्दै पाकिस्तानले बिहान करिब ३:३० बजे हमला गरेको जनाएको छ ।

उनका अनुसार गुरबुज जिल्लाको क्याम्प गुल्लन क्षेत्रका साथै इस्माइल खेल र मन्दोजी जिल्लाका केही क्षेत्रलाई लक्षित गरी हमला गरिएको थियो । उनले ती हमलामा कुनै मानवीय क्षति नभएको दाबी गरेका छन् ।

तालिबान सरकारले भने हमला भएका स्थानहरूको स्पष्ट विवरण सार्वजनिक गरेको छैन। यद्यपि एएफपी समाचार एजेन्सीका तस्बिरहरू गेटी इमेजेजमार्फत सार्वजनिक भएका छन् । ती तस्बिरमा कान्दाहारमा हवाई हमलापछि आगोको लप्का र धुवाँको मुस्लो उठिरहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसले नेपालसहित ४७ देशका नागरिकलाई आफ्नो युद्धमा प्रयोग गरिरहेको उल्लेख गर्दै युसी युद्धको हिस्सा नबन्न सबै देशलाई अनुरोध गरेका छन् । संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै जेलेन्स्कीले रुसले विभिन्न देशका नागरिकलाई छलकपट तथा विभिन्न प्रलोभनमार्फत आफ्नो देशमा पुर्‍याएर युद्धमा प्रयोग गरिरहेको दाबी गरेका छन् । उनले नेपाल, घाना, ताजिकिस्तान, भारत, यमन, केन्या, ...
। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको महासभामा बोल्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले विश्वभर युद्धको सङ्क्रमण फैलाइरहेको भन्दै यो सङ्क्रमण थप फैलिनुअघि नै उनलाई रोक्न नेटो सहयोगीहरूलाई आग्रह गरेका छन्। सम्बोधनको क्रममा थकित देखिएका जेलेन्स्कीको बोली पनि केही अड्किएजस्तो सुनिन्थ्यो। रुसविरुद्ध युक्रेनले गरिरहेको रक्षात्मक युद्ध पाँचौँ वर्षमा प्रवेश गरिरहँदा उनी आफैँ पनि अझै युद्धकै कुरा गरिरहेकोमा ...
: चिनियाँ राष्ट्रपति सी जिनपिङ ११ वर्षको लामो अन्तरालपछि औपचारिक राज्यभ्रमणका क्रममा अमेरिका पुगेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य विमानस्थल 'जोइन्ट बेस एन्ड्र्युज' पुगेर सीलाई आफैं स्वागत गरेका छन्। १९६२ पछि पहिलो पटक कुनै अमेरिकी राष्ट्रपतिले यस एयरबेसमा कुनै विदेशी नेताको व्यक्तिगत रूपमा स्वागत गरेका हुन्। विदेशी समकक्षीलाई स्वागत गर्न अमेरिकी राष्ट्रपति ...
संयुक्त राष्ट्रसंघको महासभामा इरानी राष्ट्रपति मसुद पेजेस्कियानले सम्बोधन गरेका छन् । उनले सम्बोधन गर्दा अमेरिकी प्रतिनिधिमण्डल भने महासभामा उपस्थित थिएन । पेजेस्कियानले सम्बोधन सुरु गरेलगत्तै अमेरिकी प्रतिनिधिमण्डल महासभाबाट बाहिरिएका थिए । यसअघि हिजो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्बोधन गर्दा इरानी र क्युबाली प्रतिनिधिमण्डल महासभाबाट बाहिरिएका थिए । महासभालाई सम्बोधन गर्दै इरानी राष्ट्रपति पेजिस्कियानले अमेरिका र इजरायलको आक्रमणको ...
। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले ओपनएआईद्वारा विकसित आर्टिफिसियल इन्टेलिजेन्स (एआई) एजेन्टले आफ्नो सरकारी वेबसाइटमा अनधिकृत पहुँच बनाएको पुष्टि गरेका छन् । प्रधानमन्त्री अल्बानिजका अनुसार गत जुन महिनामा ओपनएआईको उक्त एआई एजेन्टले सर्भिसेस अस्ट्रेलिया अन्तर्गतको मेडिकेयर स्टाटिस्टिक्स रिपोर्टिङ सर्भिस पोर्टलमा अनधिकृत रूपमा पहुँच पुर्‍याएको थियो । यस साइबर घटनालाई अस्ट्रेलिया सरकारले अत्यन्त गम्भीर रूपमा लिएको छ । घटनाको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम